अध्यावधिक गरिएको : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)को केन्द्रिय कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचनको नतिजा अनुसार वाग्लेले ८५९ मत अर्थात ५९.०८ % मत प्राप्त गर्दै अध्यक्ष पदमा जीत हासिल गरेका छन् ।
त्यस्तै उनका प्रतिद्वन्धी र मैदानमा उत्रिएकी साहित्यकार विमला निरौला पराजित भएकी छिन् । उनले कूल ५९५ अर्थात ४०.९२ % मत ल्याएकी निर्वाचन समितिले जानकारी दिएको छ ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुवेदी, क्षेत्रिय उपाध्यक्ष अमेरिकाका लागि सुदिपभद्र खनाल, क्षेत्रिय उपाध्यक्ष एसियाको लागि सरिता अर्याल तथा महासचिवमा राजु सिटौला बिजयी भएका छन् ।
निर्वाचन नतिजाको घोषणा प्रत्यक्ष प्रसारणबाट सामाजिक सॅजाल( फेसवुक)बाट प्रत्यक्ष रुपमा गरिएको छ । बिजेता वाग्ले तथा उपविजेता निरौलाले समेत छोटो मन्तव्य राखे ।निरौलाले वाग्लेलाई बधाई दिईन भने उन्ले आफूलाई मत दिने र नदिने दुवैलाई धन्यवाद दिईन । प्रमुख निर्वाचन आयुक्त गुणराज लुईटेलले नतिजाको घोषणा गरेका हुन। नवनिर्वाचित अध्यक्ष वाग्लेले सबैलाई धन्यवाद दिदै विमला निरौला चेली जस्तै हुनभन्दै मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।
वर्तमान अध्यक्ष गोवर्धन पूजा तथा पूर्व अध्यक्ष पदम विश्वकर्माले पनि छोटो मन्तव्य राखे। यसैगरी उपस्थित भएका बिजयी उम्मेदवारले पनि १-१ मिनेट बोलेका थिए । निर्वाचन समितिमा रहेका प्रमुख निर्वाचन आयुक्त गुणराज लुइँटेल ,आयुक्त डा कविता घिमिरे तथा आयुक्त चुडामणि खनालले पनि बोलेका थिए ।
विजयी सवैमा ईनेप्लिज परिवार हार्दिक बधाई!
बिस्तृत जानकारी :
प्रतिक्रिया