युरोकपमा बेलायतलाई २-१ ले हराउदै स्पेनलाई उपाधी

इनेप्लिज २०८१ असार ३० गते २२:५८ मा प्रकाशित

युरोकपमा बेलायतलाई २-१ ले हराउदै स्पेनले उपाधि प्राप्त गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि जितेको छ ।

यो जीत संगै स्पेन चौथोपटक युरोपियन बिजेता भएको छ भने इंग्ल्यान्डले उपविजेतामै चित्त बुझाउनु परेको छ ।

निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुँदा स्पेनका मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई बिजयी बनाए । मध्यान्तर सम्म अगाडी गोलरहित बराबरीमा खेल सकिएको थियो ।

तर दोस्रो चरणमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । त्यस्तै ७३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

स्पेनले युरोकपकाे उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो ।

इंग्ल्यान्ड युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। युरोकपमा स्पेनले सबै सात खेलमा जित हात पारेको थियो ।

प्रतिक्रिया