तनहुँमा चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सब : दर्जनौं चारुकार पुरस्कृत र सम्मानित

इनेप्लिज २०८१ असार ३१ गते १०:३९ मा प्रकाशित

तनहुँ, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घा तनहुँमा आयोजित चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सबको अवसरमा आयोजित दुई दिवसीय कार्यक्रममा नेपाल , भारत , जापान, बेलायतमा बसेर गजल शुद्धीकरण अभियान अन्तर्गत चारु साहित्यको उन्नयन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चारुकारलाई सम्मान गरिएको छ। सो अवसरमा २७ जना विशिष्ट चारुकारलाई चारु एम्बेस्डर सम्मान , ५४ जना चारुकारलाई आदिकवि भानुभक्त आचार्य चारु सम्मान , यो वर्ष चारु सङ्ग्रह प्रकाशित गर्ने पी एस यादव दिल्ली , महेश मार्सेली सिराहा र ज्ञान प्रकाश उपाध्याय संभल उत्तरप्रदेशलाई चारु प्रवीण पदक र नगद पुरस्कार , चारु गीत लेख्ने चारुकार लक्ष्मीप्रसाद मिश्र लमजुङ र चारु गीत गाउने गायिका बबिना भट्टराई काठमाडौलाई नगद पुरस्कार सहित चारु सम्मान प्रदान गरिएको थियो। सो समारोहमा टीकाराम पुरी, रमेश मिश्रा , सुन्दरप्रसाद रिजाल र अम्बिका खरेल उप्रेतीले आआफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार वितरण गरिएको थियो। समारोहमा चारु प्रतिष्ठानले डा घनश्याम नेउपाने परिश्रमीलाई मनु ब्रजाकी चारु सम्मान र गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीलाई नेपाल भारत सेतु चारु सम्मान प्रदान गरेको छ। ती सबै पुरस्कार र सम्मान भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, भानु विकास समितिका अध्यक्ष ऋषिराम पन्त र कार्यकारी निर्देशक शंकर रानाभाट र चारु प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थीको हातबाट प्रदान गरिएको थियो।

चारु एम्बेस्डर चारु सम्मान र आदिकवि भानुभक्त आचार्य चारु सम्मान प्राप्त गर्ने विश्वभरिका चारुकारहरूमा विनोद स्पन्दन पोर्चुगल, अलख निरंजन लोहार भारत, टंक चन्द निर्भीक अमेरिका, म्यामराज राई जापान, दीपक गोस्वामी भारत, चन्द्रवीर सोलंकी भारत, तेजप्रसाद खनाल दाङ , सन्जना शर्मा दाङ , भवानी पोखरेल कपिलवस्तु , डिल्लीराज घिमिरे भारत, सोमनाथ लुइँटेल पाल्पा , प्रेम थापा बागलुङ ,पवन कुमार बुढाथोकी स्रष्टा साँझ अमेरिका काठमाडौ , हरिराम पौडी इमेज एफएम काठमाडौ , ध्रुब गजुरेल काठमाडौ ,अनुराग अरुण स्रष्टा साँझ अमेरिका काठमाडौ, दुर्गा क्षेत्री नवलपरासी , जनार्दन अधिकारी धड्कन काठमाडौ ,यज्ञलाल सुवेदी बुटवल ,रसज्ञ छहरा कावासोती, सुजाता राई मोरङ , अमृता रसाइली रामदाम चितवन ,अम्बिका खरेल उप्रेती मोरङ ,राधिका पन्थी मोरङ , चूडा निर्भीक गोर्खा , अतुल कुमार शर्मा भारत, शिव कुमार चन्दन भारत हुनुहुन्छ । त्यस्तै राधा न्यौपाने , नवलपरासी , नवीन बराल लमजुङ ,घनश्याम रेग्मी नेपालगंज, छत्रपती दाहाल, काठमाडौ , मेघनाथ बन्धु खनाल , झापा, मिरा ज्ञवाली, रुपन्देही , भगवती दवाडी, झापा, निरु गौतम , मोरङ, श्रीकृष्ण शर्मा , पोखरा ,रमा खतिवडा, पोखरा, घनश्याम पौडेल , पोखरा ,रामप्रसाद पुरी, खोटाङ ,सीता पन्थी , वीरगन्ज ,अरुण खड्का , काठमाडौ ,दीपक पनेरू , सर्लाही, बाबुराम पाण्डे , अर्घाखाँची,मनोज मानव,भारत, निसार अहमद निसार भारत , डॉ. वासुदेव यादव भारत ,, श्री नेतराम राठियाभार, , भारत, श्री मदन मोहन शर्मा ‘ सजल ‘ ,भारत, श्रीमती उपमा आर्य ‘ सरल ‘ , भारत, श्री शांतनु साय ‘शांत’,भारत, श्री दीनबंधु आर्य ‘ सरल ‘, भारत, श्री सुधीर सिंहसुधाकर, भारत, श्री भरत नायक ‘बाबूजी’,भारत, निर्भय गुप्ता ‘ लिंजीर ‘ ,भारत, डा. प्रवीण कुमार श्रीवास्तव , भारत, श्रीमती स्मिताश्रीवास्तव,भारत, अरविंद झा ,लखनऊ ,श्रीमती ज्ञानती सिंह,भारत, कर्मेश सिन्हा ‘ तनहा ‘ दिल्ली, रमेश चंद द्विवेदी,भारत, विजय आनन्द ,भारत साहित्य कुमार चंचल, नोएडा , सरस्वती सुमन,भारत, तूलिका सेठ, भारत , सत्य कुमार ‘प्रेमी’,भारत , अंजना जैन, भारत , अर्चना झा, भारत, सविता सिंह ‘शमां’, भारत, हेमबाबु लेखक र अनिल चन्द’अङ्कुर’ महेन्द्रनगर, कञ्चनपुर ।हुनुहुन्छ ।त्यस्तै पुरुषोत्तम उपाध्याय दाहाल, नीता गुरुङ र पृतम आचार्य गौहाटी असम हुनुहुन्छ ।

चारु प्रतिष्ठानको सातौं वार्षिकोत्सबमा महेश मार्सेलीको चारुसङ्ग्रह दृश्य अदृश्य, दीपक गोस्वामीको स्वाब में क्या है अन्तर्राष्ट्रिय चारु सङ्ग्रह , ज्ञान प्रकाश उपाध्यायको मृत्युमेघ चारु समाविष्ट महाकाव्य , तेजप्रसाद खनाल अमृता रसाइली र यज्ञलाल सुवेदीको बगैंचा संयुक्त चारुसंग्रह विमोचन गरिएका थिए। असार २८ गते चारु विशेष कार्यक्रम र २९ गते गीतल प्रतिष्ठानबाट नाटक विशेष कार्यक्रम सम्पन्न भएका थिए।

!अविरल वर्षा , बाढी पहिरो , कहालीलाग्दो दुर्घटना र बाह्र घण्टाको बाटो अवरोध सहेर अति कष्टका साथ तनहुँमा सम्पन्न चारु प्रतिष्ठानको सातौं वार्षिकोत्सवर २११ औं भानु जयन्ती समारोहमा उपस्थित हुनुहुने नेपाल भारतका आदरणीय साहित्यकारज्यूहरूमा हार्दिक आभार टक्राउँदै धन्यवाद ज्ञापन गर्दछु। यो कार्यक्रमको मूल आयोजक भानु विकास समिति , तनहुँ रहेको थियो। चारु प्रतिष्ठान, कर्मदा साहित्यिक मंच र गीतल प्रतिष्ठानले नेपाल भारतका सुप्रसिद्ध साहित्यकारलाई निम्तो गर्ने र भानु विकास समितिले खाने, बस्ने र मायाको चिनोको लगायत सबै कुराको व्यवस्था गर्ने दायित्व थियो। पाल्नुहुने पाहुना साहित्यकारलाई वर्षा , पहिरो ,जाम र अन्य विविध कारणले गर्दा चाहेजस्तो सम्मान र बस्नेखाने व्यवस्था गर्न नसकिएको हुनसक्छ । चारु प्रतिष्ठान सबैखाले त्रुटि र कमजोरी प्रति क्षमाप्रार्थी छ।

यसपटक चारु प्रतिष्ठानले भारत र नेपालका साहित्यकारलाई भानु जन्मस्थल अवलोकन गराउने र तनहुँलाई साहित्यिक पर्यटन विकास गर्ने पवित्र उद्देश्य राखेर स्थानीय जिम्मेवार संस्थासँग सहकार्य गरेको थियो। यो उद्देश्य आंशिक पूरा भए पनि व्यवहारिक पक्षमा साना ठूला थुप्रै गल्ती कमजोरी ( खास गरी खाने, बस्ने र सम्मान गर्ने ) भएको स्वीकार गर्दै भविष्यमा अर्को ठाउँको संस्थासँग सहकार्य गर्दा के कसरी गर्ने/ नगर्ने सम्बन्धमा प्रतिष्ठानले ठूलो पाठ सिकेको जानकारी गराउँदछौंँ ।

हाम्रा कमीकमजोरीलाई तनहुँमै छोडेर राम्रो भावना बोकी आआफ्नो गृह तर्फ सकुशल प्रस्थान गर्नुहुन हार्दिक अनुरोध छ। आउन चाहेर पनि प्रतिकूल मौसमका कारणले कार्यक्रम स्थल पुग्न नसक्ने साहित्यकार पनि धन्यवादका पात्र हुनुहुन्छ । हाम्रो आगामी कार्यक्रम निकट भविष्यमा मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ ।

प्रतिक्रिया