युग देखि युगसम्म

इनेप्लिज २०८१ साउन १ गते १०:२६ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

सारा बाचा बन्धन तोडेर,
आज मलाइ दुखी बनाएर,
जान त जान्छौ तिमी मिला,
दिलको भारी कहाँ बिसाउछौ,
कुन ठाउँ मा बास बस्छौ?
एक्लै कसरी राती निदाउछौ?

म कुरेर बसेको हुने छु,
किनारा नभएको तिम्रो दिल पारी,
केही भावना केही तिर्सना,
एउटा पोको पारी तिम्रो लागि ।

न जलाउ मेरा दिलका पाना,
अहिले नै खरानी नबनाउ ,
तिम्रा केही चाहना केही सम्झना,
लुकाएकी छु एउटा् पोको बानी ।

आफ्नो दिलको पर्दा खोली ,
आउ आज प्रेमको दिप बाली ,
त्यही दिपको प्रकाश मा पोलि देउ ,
दिलका दुष्ट भावना पोको पारी ,

यो कोपिलामात्र लागेको जवानी ,
फकृन बाकी हुदा हुँदै निमोठेर ,
तिमी हिडेकी छौ आज साझ पारी ,
आखाका निद्रा समेत लगिछौ चोरी ,

तिमिले आँखा झिम्काएको सम्झिदा ,
दिलका कुरा म भुलि हाल्छु,
तिम्रो यादमात्र बाकी रहन्छ ,
दिनभरी मलाइ सताउछ मिला ।

अनुहारको रङ्ग पखालिएर बेरङ्गी भए ,
इच्छा र चाहना गलेर थला परे ,
तिम्रो याद अनि पुराना घटना ,
दिलभित्र पोको बनाइ मिला ,
तिमी फर्किने बाटो हेरि रह्न्छु,
औसि को रातभरी दुख नमानी ।

हिजो आज मिला कराइ रहन्छे ,
आँखा झिमिक झिमिक पारी रहन्छे
बादलबाट च्याएर भनी रहन्छे ,
दुख नमानी तिमी पर्खी राख ,

मेरो माया तिमीलाई मिलन ,
यो युग देखि त्यो युगसम्म,
अहिले नभेटे पछि भेटने छु,
अर्कि जुनिसम्ममा मिलन ।

खगेन्द्र प्रसाद आचार्य
काठमाडौ

प्रतिक्रिया