समून्द्रपार गएर बिधावारिधि गर्ने प्रथम नेपाली वैज्ञानिक

सुरेन उप्रेती पाँचथर हाल क्यानडा २०८१ साउन २ गते २१:३८ मा प्रकाशित

नेपाली शब्दकोशले विज्ञानलाई बिभिन्न रूपमा परिभाषित गरेको पाइन्छ । विज्ञानलाई ईश्वरको आत्मा भनिन्छ । विज्ञानलाई भौतिक विषयको तत्व सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र भनेर व्याख्या गरिएको छ । नेपालमा विज्ञान बिषयको वेताहरूको नाम खोज्ने हो भने औँलामा गन्न सकिने नामहरु छन् । विज्ञानमा पनि बिभिन्न विज्ञानहरू छन् । जीवविज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान आदिआदि।

समून्द्रपार गएर रसायन विज्ञानमा विधाबारिधि गर्ने प्रथम नेपाली बैज्ञानिकको नाम हो ध्रुवमानसिंह अमात्य । सन १९३१ अगष्ट १३मा पिता बेदमानसिँह र माता चन्द्रकुमारी अमात्यका सुपुत्रका रूपमा जन्मनु भएको थियो । ध्रुवमान सिँह अमात्यले सन १९४८मा त्रिचन्द्र कलेजबाट आइएससी उतिर्ण गर्नु भयो । पटना साइन्स कलेजबाट १९५०मा बिएससी र सन १९५२मा उच्च अंकका साथ एमएससी उतिर्ण गर्नु भयो । उक्त अवशरमा भारतका प्रधानमन्त्री जहारलाल नेहरूले श्रीअमात्यलाई सम्मान गर्नु भएको थियो ।

श्री अमात्य यतिमै सिमित भएर रहन सक्नु भएन । महिनौ सम्मकोजल र थलको यात्रा गरेर अध्ययनका लागि तात्कालिन कहिलै सूर्य नअस्ताउने देशका नामले परिचित बेलायत पुग्नु भयो । सन १९५६मा ईम्पाइरल कलेज साइन्स र टेक्नोलोजीबाट रसायन शास्त्रमा विधावारिधी गर्नु भयो । उहाँको तीक्ष्ण मष्तिक र मेनती श्वभाव देखेर सबै प्रभावित भएका थिए । उहाँलाई कलेजमै रहेर अध्यापन र अनुसन्धान गर्नका लागि कलेजले पटकपटक अनुरोध गर्यो । तर ध्रवमानलाई मातृभूमिको माया र मुलुकमै केही गर्नु पर्छभन्ने राष्ट्रवादी सोचले बेलायत बस्न दिएन ।

उहाँले सन १९५७मा नै नेपाल आएर त्रिचन्द्र क्याम्पसमा रसायन शास्त्रको प्राध्यापन गर्न शुरू गर्नु भयो । सन १९५७ देखि सन १९६०सम्म त्रिचन्द्र कलेजमा रसायन शास्त्रको प्राध्यापक भएर सेवा गर्नु भयो । सन १९६० देखि १९६२ सम्म केन्द्रिय क्याम्पस किर्तिपुरमा रसायन शास्त्रको प्राध्यापक भएर प्राध्यापन गर्नु भयो । सन १९६३ देखि १९६७ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भएर नेपाल सरकारको जिम्मेवारी पदमा रहेर राष्ट्रको गर्नु भयो ।

तर योजना आयोगमा रहेर काम गर्दा उहाँको मन रमाउन सकेन । उहाँ फेरि प्राध्यापन कार्यमा फर्कनु भयो । सन १९६७ देखि १९८५ सम्म किर्तिपुर क्याम्पसमा रसायन शास्त्रको बिभागिय प्रमुख (HEAD OF THE DEPARTMENT) भएर प्राध्यापन गर्नु भयो । उहाँले पढाएका बिधार्थीहरूमा प्रा डा सुरेशराज शर्मा, डाक्टर पन्त जस्ता थुप्रै बिधार्थीहरूले उच्च सम्मानका साथ उहाँलाई सम्झने गर्दछन् । नेपालमा रसाशयन शास्त्रको अध्यापन र अनसन्धानमा ठूलो योगदान पुर्यउनु भएको छ । उहाँको सम्मानमा त्रिभुवन यूनिभर्सिटी किर्तिपुर क्याम्पस रशायन शास्त्र विभागले प्राङगणमा प्राडा ध्रुवमानसिंह अमात्यको प्रतिमा स्थापना गरेको छ । बिधार्थि र उहाँका अनुयायीहरूले उहाँको प्रतिमामा नतमष्तक भएर आदर प्रकट गर्ने गर्दछन् ।

श्री अमात्य बेलायत, अमेरिका, तथा यूरोपका अन्य विकशित देशहरूमा रहनु भएको भए उहाँको तिक्ष्ण र अध्ययन, अनुसन्धानले नोवेल पुरस्कार प्राप्त हुन सक्ने थियो भन्ने कुरा उहाँलाई चिन्नेहरूले बताउँछन् ।ध्रुवमानसिंह अमात्यको पृय कार्यभनेको पठन थियो । पृयसाथी पुस्तकहरू थिए । घण्टौँसम्म एकै ठाउँमा बसेर अध्ययन गरी रहनु हुन्थ्यो । नयाँ नयाँ अनुसन्धान र अध्ययनमा लागीरहने उहाँको बानी थियो ।

घरमा बस्दा सँधै कोठा थुनेर अध्ययन गरीरहनु हुन्थ्यो । उहाँको श्वभाव लज्जालु प्रकृतिको थियो । बिहान बेलुका खानाखान आमाले बोलाउँदा विवाह गर्नु भन्ने त होला नी भनेर ढोका पनि खोल्न मान्नु हुन्न थियो रे उहाँलाई जान्नेहरू भन्छन् ।तर बुबाआमाका आग्रहलाई स्वीकारेर विवाह गर्नु भयो । उहाँको पत्नीको नाम सेविका अमात्य थियो । प्राध्यापक डाक्टर ध्रुवमान सिँह अमात्य र सेविका अमात्यका दुई छोराहरू छन् । नारायण अमात्य र हरि अमात्य उहाँहरूका छोराहरू हुन् । हाल नारायण अमात्य सपरिवार अमेरिकामा बस्नु हुन्छ । उहाँको अमेरिका बसाई भने प्रा डा ध्रुवमानसिंहलाई मन पर्दैन थियो । जस्तो भए पनि आफ्नै देशमा बसेर देशको सेवा गर्नु पर्छ भनेर छोरालाई सँधै भन्ने गर्नु हुन्थ्यो ।

प्राडा ध्रुवमानसिंह अमात्य आध्यात्म र धार्मिक ग्रन्थहरूलाई पनि रूचीका साथ अध्ययन गर्नु हुन्थ्यो । धर्म र संस्कृतिले मानिसलाई सत्मार्गमा हिँडाउँछ भन्ने उहाँको विश्वास थियो । अंग्रेजी र नेपाली भाषाका अतिरिक्त संस्कृत भाषामा पनि उत्तिकै दख्खल थियो । उहाँले श्रीमद्भभागवत गीतालाई अंग्रेजीमा अनुवाद गरेर प्रकाशित गर्नु भएको थियो।

त्यस्तै गरेर The moving finger writes भन्ने पुस्तक प्रकाशन गर्नु भएको थियो । उहाँका थुप्रैं लेखहरू वेलायतका प्रशिद्ध जर्नलहरूमा प्रकाशित भएका थिए ।

संयुक्त राष्ट्र संघको विज्ञान तथा प्रविधी सम्मेलन सन १९६३ फेव्रवरी ३ देखि २० सम्म जेनेभामा भएको थियो । सो सम्मेलनमा डाक्टर अमात्यले अविकशित र अल्पविकशित देशहरूमा विज्ञान तथा प्रविधिले कस्तो भूमिका खेल्न सक्छ । भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

विज्ञान र प्रविधिको क्षेत्रमा विकाश हुन नसक्नाले सिँगो नेपालको विकाश र निर्माणका कामहरू हुन सकेका छैनन् । अनुसन्धान र आविष्कारहरू हुन सकेका छैनन् भन्ने कुरा प्रस्तुत गर्नु भएको थियो । उहाँको विद्वता र बैशिष्ट ज्ञानलाई नेपालले कती चिन्न सक्यो तर अमेरिकाबाट प्रकाशित हुने Who’s who in the world (1993-1994) को एघारौँ संस्करणमा प्राध्यापक डाक्टर ध्रुवमानसिंह अमात्यको नाम प्रकाशित भएको छ ।

संयुक्त राष्ट्रसंघ दिवस मनाउँदा राजा महेन्द्रको आमन्त्रणमा कार्यक्रममा सहभागी हुनु भएको थियो । नेपाल र नेपालीले पहिचान गर्न नसकेका हिराहरू हामीहरू भित्रै थिए । अझै कती धेरै कस्तूरीहरू अमूल्य बिना लिएर हाम्रै वरिपरि घुमिरहेका छन् । हामी ती अमूल्य निधिहरूलाई पहिचान गर्न नसकेर भौतारिरहेका छौं । बैज्ञानिक महाविर पुनले अनुसन्धान केन्द्र निर्माणका लागि किताब बेचेर हिंड्नु पर्ने अवस्था छ ।

सन्दुक रूइतले आँखाको लेन्स निर्माणका गरेर विश्वलाई पुर्याउनका लागि आर्थिक जुटाउन संघर्ष गर्नु पर्ने अवस्था छ । नेपालका बैज्ञानिकहरूले निर्माण गरेका पानीले चल्ने मोटरसाइकल र ब्याट्रिबाट चल्ने गाडीहरूले स्विकृति पाएका छैनन् । भारतबाट ४०० प्रतिशत सम्म कर तिरेर गाडीहरू आयात गर्न नेपालीहरू बाध्य छन् । राष्ट्रका दूरदर्षी नेताहरू एक कुइण्टल सुनलाई जलाहारी बनाएर तहलगाउँछन् । विदेशीहरूसँग पैसा मागेर देश धनी बनाउने योजना पेश गर्दछन् । यूवाहरूलाई विदेशमा काम गर्न पठाएर देश धनीबनाउने दूरदर्षिता प्रकट गर्दछन् । एकान्तमा अरबौँको लगानीमा भ्यूटावर बनाएर देश विकाश गरेको नमूना प्रदर्शन गर्दछन् । एउटा पत्रकारले सरकारका सबै अंगहरूलाई नियन्त्रण गरेको कुरा सामाजिक सन्जालमा व्याप्त छन् ।

न्यायपालिकामा खुल्ला लेनदेनहरू भएका खवरहरू बग्रेल्ती छरिएका छन् । जनताको जीवनस्तर झन दयनिय बन्दै गएको छ ।बिज्ञान र प्रविधि नै विकाशको मेरूदण्ड हो । सो कुरालाई आत्मसात गरेर बढ्न सकेमा मात्र देश सम्बृद्धि तर्फ उन्मुख हुने छ । पुराना बैज्ञानिकहरूलाई पहिचान गरेर र सम्मान दिनु सक्नु पर्दछ । नयाँ प्रतिभाहरूलाई प्रोत्शाहन दिनु आवश्यक छ । तबमात्र नेपालले सम्बृद्धि तर्फ उन्मुख हुने कुरामा दुईमत नहोला ।

प्रतिक्रिया