पामबिचमा भानु जयन्ति तथा साधारण सभा सम्पन्न

इनेप्लिज २०८१ साउन ५ गते २:४७ मा प्रकाशित

आन्ध्र महासागरको किनारामा अबस्थित फ्लोरिडा राज्यको रमणिय शहर वेस्टपाम बिचमा बि. स. २०८१, असार ३० गते तदनुसार जुलाई १४, २०२४ आइतबारको दिन २११ औं भानु जयन्ति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टरको १८ औं साधारण सभा सम्पन्न भयो।

कार्यक्रमको संचालन मायामी निबासी कबियत्री प्रमिता रेग्मीले गर्नु भएको थियो। अनेसास फ्लोरिडा अध्यक्ष डा. अमर कार्कीको सभापतित्वमा भएको यस कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोबर्धन पुजा प्रमुख अतिथी हुनुहुन्थ्यो भने मदन पुरस्कार बिजेता प्रख्यात लेखिका डा. निलम कार्की निहारिका, साहित्यकारहरू भारती गौतम र डा. शिब गौतम र नेपालको राष्ट्रीय कुस्ती खेलाडी तथा गायिका अस्मिता सुनुवार जुरेली बिशेष अतिथीको रुपमा उपस्थित हुनु हुन्थ्यो।

कार्यक्रमको शुभाराम्भ साहित्यकार भगबती श्रेष्ठ र आदरणिय जेस्ठ नागरिक मित्रा बस्नेतले पानसमा बत्ति बालेर सयुंक्त रुपमा गर्नु भएको थियो। स्मारिका नेपाल, भगबती श्रेष्ठ र भाइबहिनीहरूको आवजमा नेपाल र अमेरिकाको राष्ट्रीय गान सम्पन्न पस्चात कार्यक्रमका सभापति डा. अमर कार्कीले सबै अतिथीहरूको स्वागत गर्नु भएको थियो। साहित्य प्रेमी तथा अग्रज साबित्री श्रेष्ठले भानुभक्तको रामायणका केही स्लोकहरू बाचन गरेपछि कार्यक्रम अघि बढेको थियो।

कार्यक्रममा रेनु शर्मा, सृजना नेपाल, जानुका ढुंगेल, शिब गौतम र दिप कार्कीले आफ्ना चुस्त सृजनाहरू सुनाउनु भयो भने सानो भाइ अभिक शाहले भानुको बारेमा छोटो निबन्ध र भानुभक्तको स्केच प्रस्तुत गरेका थिए। आर्नभ ढकाल ले सन्चालन गरेको अनलाईन गेम Kahoot ले सबैलाई रमाइलो पारेको थियो। भानुभक्त र नेपाली साहित्यको बारेमा प्रस्नहरू समाबेस गरिएको यस खेलमा प्राय सबै आगन्तुकहरूले भाग लिनु भएको थियो।

‘चिर हरण’ र “योग माया’ जस्ता चर्चित पुस्तकहरूका पाठकहरू आफ्ना प्रिय लेखिका निलम कार्की निहारिकालाई आफूहरू माँझ पाउदा हर्षित भएका थिए। सम्बोधनको क्रममा लेखक निहारिकाले नेपालको पुरानो इतिहासलाई पनि छुनु भएको थियो। त्यसैगरि गोबर्धन पुजाले अनेसास केन्द्र र फ्लोरिडा च्याप्टरको लामो सम्बन्ध र नेपाली साहित्यको बिकासको बारेमा चर्चा गर्नु भएको थियो।

अनेसास फ्लोरिडा च्याप्टर र नेपालीज एसोसियसन अफ साउथ अमेरिका, नासाको पूर्ब अध्यक्ष कृश्न श्रेष्ठको निर्देशन तथा ब्यबस्थापनमा छोटो मिठो नाटक ‘घाँसी’ पनि प्रस्तुत गरिएको थियो। अमर कार्कीले ‘घाँसी’ र बिनोद बस्नेतले ‘भानुभक्त’ को भुमिका निभाउनु भएको थियो।


कार्यक्रमको लागि फ्लोरिडा निबासी नेपाली समुदायका सदस्यहरूले आफैले मिठो मिठो परिकार बनाएर सहयोग गर्नु भएको थियो। च्याप्टर उपाध्यक्ष सुनिता श्रेष्ठले यसको लागि संयोजकको भुमिका निभाउनु भएको थियो। संस्थाको तर्फबाट सुनिता श्रेस्ठले कार्यक्रमका प्रायोजकहरू धर्म खनाल, कुमन ट्युसन सेन्टर (प्रबत जोशी र रोजिना श्रेष्ठ), राम थापा तथा सम्पूर्ण स्वयमसेबकहरूलाई धन्यबाद ग्यापन गरेपछि महासचिब धर्म खनालले अनेसास फ्लोरिडा च्याप्टरको बार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो।

वेस्टपाम बिच शहरबाट झन्डै ३ घन्टा परको ओरलान्डो शहरबाट आउनु भएका दुई प्रतिभाका धनि बहिनीहरू बिरजला लोकान्द्री र धनिसा थापाले नृत्य मार्फत सबैलाई मनोरन्जन प्रदान गर्नु भएको थियो। नेपालबाट हाल तालिमको लागि अमेरिका आउनु भएकी नेपाली रास्ट्रीय कुस्ती खेलाडी , अभिनेत्री तथा गायिका अस्मिता सुनुवार जुरेलीले आफ्नो सुमधुर स्वरले पुरै माहोल सँगितमय बनाइदिनु भएको थियो।

उक्त समारोहमा भूतपूर्ब अध्यक्ष कृश्न श्रेस्ठ प्रमुख आयुक्त र भूतपूर्ब अध्यक्षहरू दिप कार्की र बिकास देबकोटा आयुक्त रहनु भएको निर्बाचन समितीले च्याप्टरको नयाँ कार्यसमितीको निर्बाचन र पदस्थापना सम्पन्न गराएको थियो। डा. अमर कार्कीको अध्यक्षतामा गठन भएको यस कार्यसमिती (२०२४-२०२६) मा धर्म खनालले बरिष्ठ उपाध्यक्ष, प्रमिता रेग्मीले महासचिब र गोपेश मास्केले कोषाध्यक्षको कार्यभार सम्हाल्नु हुने भएको छ। क्षत्रीय उपाध्यक्ष्यमा तालाहासीबाट मेघराज अधिकारीले प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने कार्यकारी सदस्यहरूमा बिनु पाठक, डा. चेबन आचार्य, लक्ष्मी खतिवडा र बिष्णु ढकाल रहनु भएको छ।

त्यसैगरि कृश्न श्रेष्ठको संयोजनमा थालेको अनेसासको नयाँ सदस्यता बितरण अभियानबाट चार जनाले आजबिन सदस्यता र ३७ जनाले बार्षिक सदस्यता ग्रहण गर्नु भएको छ।

नेपालीज एसोसियसन अफ फ्लोरिडा (नाफ) का बर्तमान अध्यक्ष डा. निरज श्रेष्ठ र भूतपूर्ब अध्यक्षहरू राम थापा र सन्जय बज्राचार्य र अनेसास फ्लोरिडा च्याप्टरको भूतपूर्ब अध्यक्ष तथा केन्द्रको बर्तमान कोषाध्यक्ष निजानन्द मल्लको सहभागिता रहेको यस कार्यक्रममा साहित्यकार डा. शिब गौतम र भारती गौतमले पनि छोटो मन्तव्य दिनु भएको थियो।

र अन्तमा कार्यक्रममा पाल्नु भै कार्यक्रमको शोभा बढाइदिनु हुने सम्पूर्ण अतिथीहरू र कार्यक्रम सफल बनाउन अहम भुमिका निभाउनु हुने सम्पूर्ण आमा बुबा, दिदी बहिनी, दाजु भाइ र प्यारा भाइ बहिनीहरूलाई अनेसास फ्लोरिडा च्याप्टर, नासा र नाफको भूतपूर्ब अध्यक्ष बिमल नेपालले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टर

प्रतिक्रिया