अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीमा नेपाली मूलका एक दशक भन्दा अगाडी अमेरिका आएका युवा समाजसेवी तथा सफल व्यवसायी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।
उनलाई एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले जुलाई २३ ,२०२४ देखि जुलाई २३ ,२०२८ सम्मको लागि नियुक्त गरेको हो । उनलाई ४ बर्षको अवधिको लागि आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त गरिएको छ ।
बिभिन्न संघ/संस्थामा संलग्न कार्की अमेरिकाको पश्चिमी क्षेत्रका युवा समाज सेवी तथा सफल व्यवसायी हुन् । उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका आएका कार्कीको मूल घर बिराटनगर हो । उनि पेशाले आर्किटेक्ट अर्थात् अभियन्ता(इन्जिनियर )हुन् । उनको पृष्ठभूमि नै इन्जिनियर भएको र नेपालमा आवास तथा सामुदायिक बिकाशमा समेत योगदान गरेको अनुभवलाई मध्यनजर गर्दै एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले उनलाई मनोनयन गरेको हो ।
यस नियुक्तीले नेपालीहरुले अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्षम हुन्छन भन्ने कुरालाई थप पुष्टी गरेको छ ।
प्रतिक्रिया