मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि १ दर्जन भन्दा ज्यादा कलाकारहरु अमेरिका प्रस्थान गर्ने भएका छन् ।
विश्व कै सम्राट राज्य न्यूयोर्कमा आगामी अगस्त ३ शनिबारका दिन हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ उनीहरु सहभागी हुन् आउने भएको आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सैलेश श्रेष्ठले दिएका छन् ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ । यस बर्ष पनि अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।
नेपालबाट प्रस्थान गर्ने कलाकारहरुमा क्रमस नायिका आँचल शर्मा ,कलाकार अनुप बिक्रम शाही ,नायिका वर्षा राउत ,उषा उप्रेती ,पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ ,प्रिया रानी लामा -२०१९ की मिस कस्मोपोलिटन वर्ल्ड,डा उदिप श्रेष्ठ ,सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडल/सुगठन उधमी ,मिस नेपाल अर्थ २०२२ डा सारिषा श्रेष्ठ ,मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ रहेका छन् ।
को हुन् यी आउने कलाकारहरु ,छोटो परिचय :
आँचल शर्मा : आँचल शर्मा नेपाली कलाकार तथा मोडल(नमुना)हुन् । उनले २०० भन्दा ज्यादा संगीत भिडियो (श्रब्य दृश्य)मा प्रस्तुती दिई सकेकी छिन। उनले अभिनय गरेका चलचित्रहरुमा शत्रु गेट तथा नाइ नभन्नु ल ४ आदी रहेका छन् ।
वर्षा राउत : वर्षा राउत नेपाली चलचित्रकी प्रसिद्ध कलाकार हुन् । उनले छक्का पन्जा ,छक्का पन्जा-२ ,जात्रै जात्रा लगायत लोकप्रिय चलचित्रमा अभिनय गरेकी छिन ।
डा उदिप श्रेष्ठ : उदिप श्रेष्ठ चिकित्सक तथा उद्यमी हुन् । उनि हेल्दी च्वाइस एसथेटिक अस्पताल प्रा लि का प्रमुख हुन् ।
अनुप बिक्रम शाही : उनि एक प्रसिद्ध नेपाली कलाकार हुन् । उनले ३० भन्दा ज्यादा चलचित्रमा अभिनय गरेका छन् । उनि म्यानहन्ट अन्तर्राष्ट्रिय नेपाल २०१३ का बिजेता हुन् भने सन् २०१६ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।
अन्शिका शर्मा : सन् २०२० की मिस युनिभर्स नेपाल (ब्रम्हाण्ड सुन्दरी नेपाल)हुन् । र ,उनले बिश्व ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनि सन् २०२० को ओसीआनियाकी उप बिजेता हुन् ।
सरिशा श्रेष्ठ : सरिशा श्रेष्ठ सन् २०२२ की मिस नेपाल अर्थ हुन् । उनको एक सरर बग्यो हावा नामक सांगीतिक भिडियो अत्यन्तै चर्चित र प्रसिद्ध भएको थियो ।
सुबेक्षा खड्का : सुबेक्षा खड्का एक कलाकार हुन् । साथै उनि टिभी(दूरदर्शन)की कार्यक्रम प्रस्तोता पनि हुन् । सन् २०१२ की मिस नेपाल इन्टरनेसनल तथा २०१७ की मिस युनिभर्स नेपाल पनि हुन् ।
सागरिका श्रेष्ठ : उनि कान्तिपुरद्वारा संचालित कल काठमाडौँ तथा गुड मर्निङ्ग नेपाल कार्यक्रमकी कार्यक्रम प्रस्तोता तथा संचालिका हुन् । हाल उनि न्यूयोर्कमा उच्च शिक्षाको लागि जन सम्पर्क तथा संचार बिषयमा अध्ययनरत छिन ।
उषा उप्रेती : उषा उप्रेती मनोरंजन दुनियाकी एक चर्चित कलाकार हुन् । उनले २०० भन्दा ज्यादा म्युजिक भिडियो (श्रब्य दृश्य )मा अभिनय गरेकी छिन । र ,टिकटकमा उनि अत्यधिक चर्चित छिन ।
भावना कल्वानी : उनि एक प्रसिद्ध मोडेल (नमुना) तथा उधमी हुन् । उनि जिमवल्फ़ नेपालकी सह संस्थापक हुन् ।
प्रिया रानी लामा : प्रिया रानी लामा एक सुप्रसिद्ध मोडल , भिडियो(श्रब्य दृश्य )की कलाकार, सुन्दरी प्रतियोगिताकी प्रशिक्षक समेत हुन् । मलेसियामा सन् २०१९ मा भएको मिस कस्मोपोलिटन बिजेता हुन् । प्रिया रानी लामा मिस कस्मोपोलिटन वर्ल्ड हुन् ।
साथै आगामी अगस्त ३ का दिन हुने प्रतियोगिताको लागि मिस पपुलर २०२४ अर्थात् लोकप्रिय सुन्दरी २०२४ को लागि मतदान बिधुतिय रुपमा प्रारम्भ गरिएको छ । यस बर्ष देखि अन्तिम समापन समारोह(ग्राण्ड फिनाले )को को लागि सिधै १० जना मनोनित हुनेछन् ।
बिगत बर्ष झैँ यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै प्रशिक्षक तथा उपादेशक (मेन्टर तथा र्याम्प वाक ट्रेनर )को रुपमा २०१९ की मिस कस्मोपोलिटन प्रिया रानी लामाले गर्ने छिन ।
यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२४ को शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुमा क्रमस मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,मेरिल्याण्डकी न्यान्सी क्षेत्री ,न्यूजर्सीकी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल ,टेक्ससकी सरिता थागुना ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।
मिस नेपाल नर्थ अमेरिका बिश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रुपमा हेरिन्छ । स्थापना काल देखि नै व्यवसायिकताको परिचय दिदै बिगतका सबै प्रतियोगिताहरु उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://www.missnepalnorthamerica.com/
प्रतिक्रिया