फ्रान्समा ओलम्पिक उद्घाटन सुरु भएको छ । पेरिसको चिसो रातमा झण्डा फहराउँदै ओलम्पिक गान बजाइदै विविध प्रस्तुतीसंगै सुरुवात भएको छ । १४ पटकका फ्रेन्च टेनिस विजेता राफेल नाडालले उद्घाटन समारोहमा मशाल बोकेका थिए ।
पेरिस खेलकुद समाप्त नहुन्जेल अर्को दुई हप्तासम्म यो ज्वाला आफ्नो भाँडोमा बालिने छ । समापन समारोहको समयमा यो निभाइनेछ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ओलम्पिकको उद्घाटन घोषणा गरेपछि फ्रान्सका दुई झण्डा वाहकहरूले ओलम्पिकको सपथ लिएपछि ज्वाला प्रज्वलित भएको थियो। ओलम्पिकको मशाल( टर्च) वाहकहरुले पेरिसको सडकमा पैदल यात्रा गरेका थिए ।
थुप्रै कलाकारहरुको प्रस्तुतसंगै लेडी गागाको बिशेष प्रस्तुती रहेको थियो । सेलिन डियोनले ओलम्पिक उद्घाटन समारोहमा बेजोड प्रस्तुती गरिन । ओलम्पिक खेलको उद्घाटन समारोहमा भेषभूषा (फेसन )प्रदर्शन समेत गरियो ।
पहिलो पटक ओलम्पिक उद्घाटन समारोह रंगशालामा नभई पेरिस शहरको सेइन नदीको किनारामा भएको छ । फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनका अनुसार सेइन नदीको किनारमा उभिएका लगभग १०४,००० मानिसहरूले हेरेको बताए ।
प्रतिक्रिया