युक्रेनी पुरुष भकुण्डो टोलीले ओलम्पिकमा मोरक्कोलाई २-१ ले हरायो

इनेप्लिज २०८१ साउन १३ गते ११:५८ मा प्रकाशित

युक्रेनी पुरुष भकुण्डो (फुटबल) टोलीले नाटकीय शैलीमा ओलम्पिकमा पहिलो जीत दर्ता गरेको छ ।

युकेनी पुरुष भकुण्डो टोलीले एक ओलम्पिक खेलमा आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको छ । बिश्व कै भकुण्डो खेलमा वरियताक्रममा १३ औ स्थान रहेको मोरक्कोलाई २-१ ले हराउन सफल भएको छ ।

इहोर क्रास्नोपिरले ९८औं मिनेटमा गोल हाने पछि युक्रेनी पुरुष भकुण्डो टोलीलाई जीत हासिल भएको हो ।

मध्यान्तर अगाडी युक्रेनले अग्रता लिएको थियो तर मध्यान्तर पछि मोरक्कोले पेनाल्टी मार्फत गोल गरेको थियो । पेरिस खेलमा युक्रेनले पुरुष भकुण्डो प्रतियोगितामा भाग लिएको पहिलो पटक हो। यो हप्ताको सुरुमा इराकसँग आफ्नो उद्घाटन खेल २-१ ले पराजित भएको थियो।

युक्रेन बिश्व भकुण्डो खेलमा वरियताक्रममा २५ औ स्थानमा रहेको छ ।

प्रतिक्रिया