नेपाल व्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइन्दाबाट शनिवार अनामनगर काठमाडौंमा आयोजित एक भव्य समारोहामा कथाकार गोपी मैनालीको कथासंग्रह विशृंखलित सपनाको लोकार्पण गर्नु भयो ।
कार्यक्रममा साहित्यकार र प्रशासकहरुको बाक्लो उपस्थिति थियो । मैनालीको कथासङ्ग्रह लोकार्पण गर्दै प्राज्ञ काइँलाले बरिष्ठ समालोचक एवम् निबन्धकारबाट स्तरीय कथा नेपाली वाङ्मयमा प्राप्त भएकोमा कथाकारलाई बधाइ दिंदै समाजका विषयबस्तुुलाई सरल ढंगबाट प्रस्तुत गर्नुभएको बताउदै आउदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुुभकामना दिनु भयो ।
गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले त्यही स्तरको कथा दिएकोमा उहाबाट प्रसन्नता व्यक्त भएको थियो । कृतिमाथि समालोचक प्रा डा लेखप्रसाद निरौलाले समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुुति र कथाबस्तुका आधारमा मैलालीका कथा निकै उच्च कोटीको भएको विचार ब्यक्त गर्दै प्रत्येक कथा मानवीय संवेदना र अनुुभूतिको विशिष्ट प्रस्तुुति भन्नुभयो । अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवदना, मनोविज्ञान, सामाजि परिवेश, माया, बात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गर्नु भयो । संवैधानिक निकायबा पूर्व प्रमुख तथा प्रशासकहरुका तर्फबाट पूर्व महालेखा परीक्षक टंकमणि शर्माले इमान्दारिता र सदाचारिताका उलाहरणीय पूर्व प्रशासककाट यति राम्रा कथा सिर्जना भएकोमा बधाए दिदै सबै पूर्व प्रशासकहरुलाई आफूले भोगेदेखेको कुरा लेखेर राष्ट्रसेवा गर्न आवह्वान गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ कथाकार विजय चालिसे र प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गर्नु भयो । विजय चालिसेले जसरी निवन्त्र र समालोचनामा अव्वल उपस्थिति जनाएर मैनालीले प्रशासनमा जस्तै उदाहरणीयता साहित्यमा देखाएका छन्, कथामा पनि त्यस्तै स्थान औल्याउने छन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कलाकारका तर्फबाट नायक सरोज खानाल, साहित्य प्रतिष्ठानहरुका तर्फबाट सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, समस्त साहित्यिक पत्रकारका तर्फबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्टिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले शुुभामना दिनु भएको कार्यक्रममा कथाकार गोपी मैनालीले समाजमा रहेका पात्रहरुलाई उठाएर आफ्नै समय, समाज र पात्रहरुको अनुुभूति टिपेर कथा लेखेको उल्लेख गर्नु भएको थियो ।
परिवारका तर्फबाट लेखकका दाजु एवम् लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असविलो हुन्छ भन्दै दार्शनिक र साहित्यिक सन्दर्भको उल्लेख गर्दै आफ्ना भाइ, सन्तानहरुले नति राम्रो गरेपनि अरु राम्रो गरुन भनेर अगिल्तिर प्रसंशा गर्न नहुने कुरा यल्लेख गर्नु भयो । सुरभि साहित्य प्रतिगठानका अध्यक्ष बरिष्ठ आख्यानकार बाजुराम पौडेलले अध्यक्ष्ताको आशनबाट मन्तव्य दिदै नेपली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन सुरचि साहित्य प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नु भएको थियो । कार्यत्रलममा संवैधानिक निकायका पूर्व प्रमुखहरु, पूर्व गभर्नरहरु, पूर्व प्रहरी प्रमुखहरु, समाजसेवीहरु, पत्रकारहरु, पुरानो पुस्ता, चालिको दशकबाट साहित्यमा कलम चलाउने पुस्ता र नवीन पुस्ताका सर्जकहरु, पत्रकारहरु, गीतकारहरु, चलचित्रकर्मीहरु र साहित्यानुरागीको ठूलो उपस्थिति थियो ।
प्रतिक्रिया