राइफल चलाउने प्रतियोगितामा दक्षिण कोरियाकी १६ बर्षिय किशोरी बनिन स्वर्ण पदक विजेता

इनेप्लिज २०८१ साउन १४ गते ११:२७ मा प्रकाशित

राइफल चलाउने प्रतियोगितामा दक्षिण कोरियाकी १६ बर्षिय किशोरी स्वर्ण पदक विजेता बनेकी छिन् । दक्षिण कोरियाकी बान ह्यो जिनलाई स्वर्ण पदक हात लागेको छ ।

बान ह्यो-जिन मात्र केवल १६ वर्षकी छिन् । उनले १० मिटर एयर राइफलको अन्तम चरणमा चीनकी ह्वाङ युटिङलाई बन्दुक चलाउने प्रतियोगितामा हराउँदै विजयी भएकी हुन् ।

सिएनएनका अनुसार दुवैले टोकियो ओलम्पिकमा २५१.८ को ओलम्पिक कीर्तिमानको बराबरी गरेका थिए।

मैले अन्तिम दुई प्रहार त्यति नजिक हुने आशा गरेको थिइनँ तर अन्तिम दुई प्रहारहरू गर्दै गर्दा मैले स्वर्ण पदक जित्न सक्छु र यो प्रमाणित गर्ने ठूलो मौका भन्दै मैले अन्तिम प्रहारहरुमा धेरै ध्यान दिएँ,’ बानले अन्तिम खेल पछि भनिन ।

“मलाई ओलम्पिक किर्तिमान र ओलम्पिक अभिलेख बारे थाहा थियो, र ,म मेरो नाम इतिहासमा राख्न चाहन्थे। त्यसैले मैले कडा मेहनत गरें, “बानले थपिन ।

ह्वाङले रजत पदक जितिन् भने स्विट्जरल्याण्डकी अड्री गोग्नियाटले कास्य पदक जितिन्।

प्रतिक्रिया