अमेरिकी महिला टोलीलाई जिम्न्यास्टिकमा स्वर्ण पदक

इनेप्लिज २०८१ साउन १५ गते २३:३३ मा प्रकाशित

अमेरिकी महिला टोलीलाई जिम्न्यास्टिकमा स्वर्ण पदक प्राप्त भएको छ । जिम्न्यास्टिककी चर्चित खेलाडी सिमोन बाइल्सको उत्कृष्ठ प्रदर्शनको कारण जिम्न्यास्टिकमा अमेरिकी टोलीलाई स्वर्ण पदक दिलाएकी छिन् । महिला टोली जिम्न्यास्टिकको अल राउण्डर(चौतर्फी )मा बिजेता बनेका हुन् ।

तीन वर्ष अघि टोकियोमा रजत जितेपछि अमेरिकी महिला जिम्न्यास्टिक टोलीले २०२४ ओलम्पिकमा मंगलबार सम्पन्न अन्तिम खेल स्वर्ण पदक हात पारेको छ । सिमोन बाइल्सले उत्कृष्ठ प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भएकी छिन् । एनबिसी४ का अनुसार जोर्डन चिलीससँगै बाइल्सले अन्तिम चरणको चारैवटा खेलमा प्रतिस्पर्धा गरेकी थिईन।

त्यस्तै सुनी लीले र जेड केरीको पनि प्रस्तुती रहेको थियो । यो सॅगै अमेरिकी टोली सबै स्वर्ण पदक विजेता भएका छन्।

यो चौथो पटक अमेरिकी महिला जिम्न्यास्टिक टोलीले ओलम्पिकमा स्वर्ण जितेको छ । सिमोन बाईल्सले टोलीलाई जित दिलाउन श्यानन मिलरको सात पदकलाई उछिनेर आठ पदकका साथ ओलम्पिक इतिहासमा सबैभन्दा ज्यादा पदक जित्ने अमेरिकी जिमनास्ट बाँकी एनबिसी४ ले जनाएको छ ।

जिम्न्यास्टिक महिला टोलीले इटाली (१६५.४९४) र ब्राजिल (१६४.४९७) लाई १७१.२९६ अंक बटुल्दै पराजित गरेको छ ।

प्रतिक्रिया