शशी के.सी । अहिले साउनको महिना हो । यो एक महिना संसारभरका हिन्दु धर्म मान्नेहरूले शिव भगवानको पूजा, ब्रत आदी गरेर मनाउँछन् । साथै साउनको सोमबार ब्रत बस्ने पनि चलन छ । नेपालीको हकमा ब्रत चाहीं बिबाहित महिलाहरूले आफ्नो श्रीमानको दिर्धायु र सुस्वास्थको कामनाको लागि ब्रत लिने गर्छन् ।
त्यस्तै साउनमा हरियो चुरा लगाउने चलन छ । हुन त मैले थाहा पाएसम्म हामी सानो हुँदा यो चलन तेती थिएन । तर आजकल चाहीं निक्कै बढेको छ । हरियो चुरा आफु मात्र लगाउने हैन की नेपाली दिदी बहिनीहरू एकआपसमा हरियो चुरा उपहार पनि दिने गर्छन् ।
उपहारको कुरा गर्दा धेरै बर्ष अगाडीको एउटा घटना याद आउँछ । अमेरिका आएको भर्खर केही समयमात्र भएको थियो । एकदिन छोरालाई स्कुल लिन गएको थिंए । म लगाएत अरू अभिभावकहरू पनि ढोका बाहिर कुरिरहेका थिए । एक जना फूलको गुच्छा लिएर आयो र कसैको नाम भन्यो । त्यो फूल स्कुलकी प्रीन्सिपलको लागि रहेछ । उनले फूलको गुच्छा लिईन र त्यँहा राखिएको कार्ड खोलेर हेरिन । अनि छेउमा रहेकी अर्को टिचरलाई भनिन् “मेरो श्रीमानले पो धन्यवाद भनेर पठाएको रहेछ । हिजो मैले उसको साथीहरूलाई डिनर बनाएर खुवाएको थिंए ।”
उनीहरूको कुरा सुनेर मत मनमनै चकित ! घरमा आएका पाउनालाई खाना पकाएर खुवाउँदा श्रीमानले फूलको गुच्छा उपहार, त्यो पनि “धन्यवाद” भनेर पठाउने ! गज्जबै चलन रहेछ अमेरिकामा जस्तो महशुस भयो । ओहो, नेपालमा कतै नदेखेको र नसुनेको !
हुन त यो घटना धेरै बर्ष अगाडीको हो । आजकल त नेपाली माझ पनि श्रीमान श्रीमतीले खुलेर माया देखाउने र एकआपसको प्रशंसा र आदर गर्ने चलन निक्कै बढेको छ । झन् सोसलमिडिया आएदेखि त भन्न नसकेका मायाका शब्दहरू पनि बिभिन्न सोसलमिडियामा लेखेर पोख्ने गर्छन् ।
घरमा आएका पाउनालाई खाना पकाएर खुवाउँदा श्रीमानले फूलको गुच्छा उपहार, त्यो पनि “धन्यवाद” भनेर पठाउने ! गज्जबै चलन रहेछ अमेरिकामा जस्तो महशुस भयो ।
तर सबैले तेसो गर्न सक्दैनन् । समाजको डर, घर परिवारको ईज्जत साथै लजाउने स्वभावले गर्दा खुलेआम एकआपसमा माया प्रकट गर्न अझै हिच्किचाउनु पर्ने स्थिति छ ।
शायद तेसैको समाधान “ साउनमा हरियो चुरा” लगाएर आफ्ना मन भित्र लुकाएर राखेको श्रीमान् प्रतिको प्रेम दर्शाउन खोजेको पो होकी जस्तो लाग्छ ।
हुन त तर्क गर्नेले हरियो चुरा लगाउँदैमा प्रेम गरिएको मानिन्छ र भन्लान् । तर माथि उल्लेख गरिएको जस्तो फूलको गुच्छा पठाउँदैमा पनि त प्रेम नै गरिएको कसरी मान्नु र होईन् त ? ठिकै छ त “देश अनुसार भेष” चाहे हरियो चुरा लगाएर होस् या फूलको गुच्छा उपहार नै दिएर किन नहोस् ! जसलाई जसरी उचित लाग्छ तेही माध्यम प्रयोग गरेर प्रेम प्रकट गर्दा भै गो नी त । आखिर दिएर र लाएर खुसी मिल्छ भने !
अझ नेपालको कुरा गर्दा , नेपालमा चुरा बेच्ने प्राय: महिला नै छन् ! हरियो चुरा किनिदिएर तिनीहरूको व्यापार व्यवसाय बढाउन मद्दत गरौं। महिला नै महिलाका साथी किन नबन्ने !
ठिकै छ त “देश अनुसार भेष” चाहे हरियो चुरा लगाएर होस् या फूलको गुच्छा उपहार नै दिएर किन नहोस् !
तर खै किन हो एकथरी महिला दिदी बहिनीहरू साउनमा हरियो चुरा लगाएको पनि बिरोध नै गरेर लेखेको देख्छु । तेस्तै अरूबेला अठार घण्टा केही नखाई “फास्टिगं” गरेको स्वास्थको लागि राम्रो हुन्छ भन्नु हुन्छ । तर फेरी तीजमा महिलाहरूले श्रीमानको लागि ब्रत बसेको पनि बिरोध नै गर्नु हुन्छ ? कतै उँहाहरू आफ्नो श्रीमानसँग खुसी हुनु हुन्न रहेछ वा श्रीमानबाट पीडित नै पो हुनुहुँदो रहेछ की क्या हो । नत्र तेत्रा बिरोधका लेख किन ? बुझिन मैले , बुझाईदेउ कसैले ?
ठिकै छ त “देश अनुसार भेष” चाहे हरियो चुरा लगाएर होस् या फूलको गुच्छा उपहार नै दिएर किन नहोस् !
प्रतिक्रिया