बिश्वकै तेज धावक अमेरिकी नोआ लायल्सले पेरिस ओलम्पिकमा १०० मिटर दौडमा स्वर्ण पदक जिते

इनेप्लिज २०८१ साउन २० गते २३:५९ मा प्रकाशित

बिश्वकै तेज धावक अमेरिकी नोआ लायल्सले पेरिस ओलम्पिकमा १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पेरिस ओलम्पिकमा १०० मिटर दौडमा स्वर्ण पदक जितेका लायल्स विश्वकै तीव्र गतिका व्यक्ति बनेका छन् ।

लायल्स गत वर्ष पनि १०० मिटरमा विश्व च्याम्पियन बनेका थिए । पेरिस ओलम्पिकको १०० मिटर दौडमा अमेरिकी धावक लायल्सले जमैकाका किशान थम्पसनलाई पछि पार्दै विश्वको सबैभन्दा छिटो दौडने पुरुषको उपाधि जितेका छन्।

लायल्सले ९.७९ सेकेन्डमा पूरा गरे भने आधिकारिक रूपमा ९.७८४ हो । थम्पसनलाई केवल मात्र .००५ सेकेन्डले पछि पार्दै स्वर्ण पदक हात परेका छन् ।

अमेरिकाका फ्रेड केर्लीले ९.८१ सेकेण्डमा कास्य पदक जितेका छन् ।

लायल्सले ९.७९ सेकेण्डको व्यक्तिगत उत्कृष्ट समय बनाएका ठुये । थम्पसनको व्यक्तिगत उत्कृष्ट ९.७७ सेकेन्ड रहेको थियो भने तर पेरिसमा त्यो तोड्न सकेनन ।

सन् २००४ मा जस्टिन ग्याटलिनले एथेन्समा उपाधि हात पारेपछि अमेरिकीले १०० मिटर दौड जितेको यो पहिलो पटक हो । विश्व कीर्तिमानधारी युसेन बोल्टले विगत दुई दशकदेखि आफ्नो वर्चस्व कायम राखेका थिए ।

लायल्स गत वर्षदेखि १०० मिटरमा विश्व बिजेता खेलाडी थिए। बुडापेस्टमा भएको खेलमा उनले ९.८३ दौडमा स्वर्ण जितेका थिए ।

२०० मिटरमा आफूलाई सर्वोत्कृष्टका रूपमा स्थापित गरिसकेपछि २७ वर्षीय लायल्स १०० मिटरमा विश्वकै उत्कृष्ट खेलाडी बनेका छन् । लायल्सले आफ्नो लक्ष्य दोहोरो स्वर्ण जित्ने र १०० मिटर दौड ती दुईमध्ये सबैभन्दा कठिन भएको बताए। उनले सन् २०२३ मा भएको विश्व प्रतियोगितामा १०० र २०० दुवै जितेका थिए।

२०० मिटरको दौड परीक्षण सोमबार दुरू हुने र अगस्त ८ मा अन्तिम निर्णायक खेल हुनेछ ।

लायल्स आगामी अगस्त ९ मा ४x१०० मिटर रिलेमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ किनकि उनले विश्व च्याम्पियनसिपमा बुडापेस्टमा गरेको जस्तै तीन वटा स्वर्ण जित्ने प्रयास गर्नेछन् ।

प्रतिक्रिया