वासिंटन, डि.सी. खगेन्द्र अधिकारी
बांग्लादेशी शासकको पतन संगै यो लहरले अन्य दक्षिण एशियाई मुलुकमा समेत अदूरदर्शी राजनीतिक अवस्था भूषको आगो झैं दन्किन सक्छ।
दक्षिण एशियाई भू-राजनीतिक तौडतरिकामा र शासकीय सिंहावलोकनको अदूरदर्शीताका सन्दर्भमा जानिेफकार हुँन धेरै नै जरुरी छ। लगभग तीन बर्षको अवधिमा दक्षिण एशियाली क्षेत्रमा पर्ने देशहरु अफगानिस्तान, श्रीलंका र बंगालादेशका शासकहरु क्रमशः राष्ट्रपति अशरफ घानी, गोटाबाय राजापाक्षे र प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश छाडेर अर्काको मुलुकमा एक्कासी शरण लिन बाध्य हुँनु परेको घटना हामी समक्ष प्रस्तुत भएकै छ। यो सन्नाटा, यो लहर र यो मौसम अब यत्तिकै रोकिन्छ भन्न धेरै नै मुश्किल छ।
यस प्रकारका अनेकानेक र अस्वस्थ राजनीतिक बाछिटाले विश्व परिवेशका अन्य मुलुकहरुमा पनि बिगार गर्न नसक्ला भन्नेमा मत मतान्तर नहोला भन्ने बिस्वास लागेको छ।
परिणाम जन्य परिघटनाहरु र विश्व-व्यापी घटनाक्रमको सिंहासन अनुपयुक्त भए पश्चातका लेनदेनहरु प्रति ध्यानाकर्षण नगरी सीमित घेरा भित्र रहेर अदूरदर्शि शासकहरुले जनपक्षिय र जनप्रिय सेवाका परिणाम प्रति हेक्का नराखेर केवल शक्ति र सत्ताको सुविधा माथि हालीमुहाली गर्नका खातिर मात्र निरन्तर, सहज र स्थिर राख्ने धृष्टता गरेमा त्यो नरहन पनि सक्छ।
निरंकुश तवर बाट घटिया रुप प्रदर्शन गर्दै निहित वा असीम स्वार्थ सिद्ध गर्नका लागि सार्वभौम जनताको सार्वभौमिक र संवेदनशील संवैधानिक अधिकार र स्वतन्त्रता माथि उथल-पुथल गर्न वा यस वा त्यस नाटकीय वहानावाजीमा मात्र सीमित गराउँने धृष्टताको परिपोषक भएमा यसको सानो झिल्कोले पनि निमिष भरमा मुस्लोको रुपमा परिवर्तित भै बिद्रोहको राँको बाल्न सक्षम हुनेछ र यस राँकोको ज्वालले परिस्थितिजन्य अवस्थामा जो कसैलाई जुनसुकै बखतमा पनि नराम्रो गरि पोल्न सक्छ भन्ने बिस्वासलाई हामी सबैले आत्मसात् गर्न जरुरी छ।
यसरी मर्मस्पर्शी जन उत्तरदायित्व प्रति सबैले हरबखत संवेदनशील रहनु पर्ने र जो कसैले पनि भूल्न नहुने भन्ने बिस्वास सहित यसको यथोचित सोचमा आधारित भएर सार्वजनिक सेवाका क्षेत्रमा क्षमतावान रहन र सहन आग्रह गर्नु आवश्यक छ भन्ने धारणा हाम्रो साझा बुझाई हो भन्ने बिस्वास लागेको छ।
आगे
आपकी मर्ज़ी, धन्यवाद।
(लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ)
प्रतिक्रिया