अमेरिकाको ५० वटा राज्य तथा ७ महादेशमा गल्फ खेलेका नेपाली मूलका थापाको गल्फ यात्रा नामक पुस्तक बिमोचन , प्रकाशक समेत फ्लोरिडाबाट आए

इनेप्लिज २०८१ साउन २२ गते २२:२६ मा प्रकाशित

अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका बिनोद थापा(बेन)ले प्रकाशित गरेको मेरो गल्फ यात्रा नामक पुस्तकको बिमोचन गरियो । उनले उक्त पुस्तकलाई माई गल्फ जर्नी नाम दिएका छन् ।

सम्भवत बिश्व कीर्तिमानी गल्फ खेलाडी बिनोदको उक्त पुस्तकको बिमोचन भर्जिनिया राज्यको साउथ राइडिङ्गमा सम्पन्न भयो । पुस्तक बिमोचन तथा हस्ताक्षर कार्यक्रम शुक्रबार जुलाई १९ मा गरिएको थियो । पुस्तक बिमोचन अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो ।

उक्त बिमोचन कार्यक्रममा बिनोद थापाले धेरै सकारात्मक प्रतिक्रियाहरू पाइरहेको बताए । उनले मन्तब्य पनि राखे । उक्त कार्यक्रममा उनका परिवारका अन्य सदस्यहरू सहित नेपालबाट आएकी उनकी आमाको समेत उपस्थिति रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रायः उनका गल्फ साथी र केहीले परिवारहरु समेत ल्याएका थिए । साथै प्रकाशक फ्लोरिडाबाट समेत आएको र कार्यक्रमको लागि पुस्तकहरू ल्याएका थिए ।

उनले मन्तब्यमा बेन अर्थात् बिनोद उनीहरूसँग काम गरेको मध्ये सबैभन्दा राम्रो लेखक भएको भन्दै प्रशंसा गरे । तर पुस्तक जुलाई २३ देखि नै बिधुतिय रुपमा उपलब्ध गरिएकोले पाठक ,आफन्त र यस बिषयमा रुची भएकाहरुले पहिले नै अग्रिम रुपमा मगाएका थिए । अमेरिका र अन्य देशहरूबाट केही राम्रा टिप्पणीहरूका साथ सन्देशहरू प्राप्त हुन थालेको बिनोदले बताए ।

पुस्तक हस्ताक्षर कार्यक्रममा एकजना सहभागीले सबै ५० अमेरिको राज्यहरुका राजधानी र ७ महादेशमा गल्फ खेलेको.यो पुस्तक गिनिज वर्ल्ड रेकर्ड हुनै पर्ने ,हैन भन्दै प्रश्न गरेका थिए ।

बिनोदले ५० अमेरिकी राजधानी र ७ महादेशमा गल्फ खेलेको जवाफ दिए । उनले अगाडी भने सायद अरू कसैले यस्तो गरेको छैन तर मेरो लक्ष्य गिनिज वल्र्ड रेकर्ड तोड्ने थिएन । त्यसपछि अन्य दुई व्यक्तिले यही विषयमा प्रश्नहरू गरेका ठुये । त्यसपछि पुस्तक प्रकाशकले हामी यसलाई हेर्छौं भनि जवाफ दिएका थिए ।

त्यस्तै पुस्तकलाई कसरी प्रचार गर्न सक्छौं भन्दै अर्को प्रश्न सोधिएको थियो । निर्देशकले बेन /(बिनोद)को सामाजिक सञ्जालमा छैन तर उनलाई हामीले तपाइहरुका साथीहरू, परिवारहरूमा पुग्न सामाजिक संजालमा राख्न मद्धत गर्नु पर्ने बताए।

अमेरिकाको ५० वटा राज्यका राजधानी ,७ वटा महादेश सहित बिश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा खेल खेल्ने नेपाली मूलका सम्भवत पहिलो नेपाली अमेरिकी हुन् ।

पुस्तक अहिले एमाजोनबाट खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।

उनले पुस्तकको बारेमा यस्तो लेखेका छन् :

सन् १९९३ मा बिनोद (बेन)थापा पहिलो पटक गल्फ क्लब गएका थिए । काठमाडौं, नेपालमा हुर्केका उनी सानै उमेर देखि देशभरि बस(सार्वजनिक यातायात )मा यात्रा गर्थे । बेन सधैं घुम्न र संसारको खोजीमा रमाइलो गर्थे। गल्फ खेल क्षेत्रमा प्रवेश गरे पछि उनले अमेरिका र विश्वभरका प्रत्येक महाद्वीपमा हरेक राजधानीमा गल्फ खेल्ने प्रतिबद्धता जनाए।

उक्त प्रतिबद्धता जनाए पछि उनको सपना ३१ बर्ष पछि साकार भएको छ । उनले लिएको अठोट पूरा भएकोमा उनि खुसी छन् ।

उनले यो पुस्तक आफ्ना कथाहरू मात्र नभई उनीहरूका कुराहरू पनि शेयर (साझा)गर्न र यसले आगामी वर्षहरूमा उनको गल्फ यात्रा जारी राख्न कसरी प्रेरित गरेको छ भन्दै यो पुस्तक लेखेको उल्लेख गरेका छन् ।

को हुन् विनोद (बेन) थापा :

विनोद (बेन) थापा एक शौकीन गल्फर (गल्फ खेल खेल्ने )र विश्व यात्री हुन् जसले सिस्टम इन्जिनियरिङ(प्रणाली अभियन्त्रणा)मा २५ वर्षभन्दा बढी समय देखि काम गरेका छन्।

नेपाली मूलका बेन थापा सधैं घुमफिर गर्न रमाइलो मान्दछन । बेनले पहिलो पटक पारिवारिक बिदामा गल्फ खेल्दा माया पाएको पुस्तकमा उल्लेख गरेका छन् । उनले प्रत्येक अमेरिका ५० वटै राज्यको राजधानीमा गल्फ खेलका छन् । उनले भ्रमण गरेका ४५ मध्ये ३१ देशहरूमा र सबै ७ महादेशहरूमा गल्फ खेलेका छन्। बेन आफ्नी श्रीमती र छोराछोरीहरूसँग साउथ राइडिङ्ग मै बसोबास गर्छन ।

साथै गल्फ खेल बाहेक उनि अमेरिकी फुटबल ,बास्केटबल ,बेसबल पनि त्यतिकै मन पराउछ्न । उनले नेपालको यात्रा बारे तथा अन्य बिषयमा लेखेका लेखहरु वाशिंगटन पोष्टमा पनि प्रकाशित भएका छन् । उनि गल्फ र ट्राभल्स (यात्रा)सम्बन्धी ब्लग पनि लेख्छन ।

बेनको प्रेस रिलिज २४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क (पत्रपत्रिका)मा पठाईएको थियो :

https://mygolfjourneybook.com/

त्यस्तै इआइएन प्रेसले अमेरिका लगायत बिश्वभरिका १६३ वटा पत्रपत्रिकामा पठाईएको र प्रकाशित भएको लिंक समेत ईआइएनको प्रेस रिलिज पिडिएफमा हेर्न सकिनेछ ।

प्रतिक्रिया