अमेरिकाको ओहायोमा पहिलो इस्का ओपन कराते च्याम्पियनसिप सम्पन्न

इनेप्लिज २०८१ साउन २२ गते २३:२७ मा प्रकाशित

अमेरिकाको ओहायोमा पहिलो इस्का ओपन कराते च्याम्पियनसिप सम्पन्न भएको छ । गत अगस्त ३ शनिबारका दिन उक्त खुला कराते प्रतियोगिता ऐतिहासिक रुपमा समापन गरिएको छ।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक इन्टरनेसनल सितेरियो कराते एसोसियसन रहेको थियो भने नर्थल्यान्ड हाई स्कूल कोलम्बस ओहायोमा प्रतियोगिता आयोजना गरिएको थियो।

इन्टरनेसनल सितेरियो कराते एसोसियसन (ISKA) ले पहिलो पटक अमेरिकाको ओहायो राज्यको कोलम्बसमा राष्ट्रिय स्तरको खुल्ला कराते प्रतियोगीता गत अगस्त ३ तारीक आयोजना गरेको थियो। उक्त प्रतियोगीतामा ओहायो, पेन्सिल्भिनिया,केन्टकी ,न्यूयोर्क, कोलोराडो र एरिजोना गरि अमेरिकाका ६ वटा राज्यबाट काता र कुमुते दुइ बिदामा कुल २३१ जना कराते खेलाडीले प्रतिस्पर्दा गरेका थिए।

कुल २४२ वटा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्दामा ड्रुक इन्टर्नेशनल शितोरियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनियाले जम्मा २५, बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोले १९, र इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायोले ११ वटा स्वर्ण पदक प्राप्त गरेर पदक तालिकामा डिस्का, बक्नर मार्सल आर्ट्स र इस्का क्रमश पहिलो, दोश्रो र तेस्रो भएका थिए।

प्रतियोगितामा ड्रुक इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनियाका ६२ ,इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायो क ५० ,ड्रुक शितो काइ, रेनाल्ड्सबर्ग ओहायोका ३३ ,बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोका २८,सिबुकान मार्सल आर्ट्स, कोलम्बस ओहायोका १०,शितो रियो कराते डो, कोलम्बस ओहायोका ०६,ट्रान्सअमेरिकन एसोसियसन अफ शितो रियो, ल्यनकास्टर पेन्सिल्भिनियाका ३,च्येम्पिअन मार्सल आर्ट्स, न्यूयोर्कका ०३ , मास्टरस मार्सल आर्ट्स, फ्लोरेन्स केन्टकीका ०३ ,ओकनावा डोजो, डेन्भर कोलोराडोका ०२ ,ग्रेट लेक्स सेवा काइ, टोलेडो ओहायोका १ एरिजोना वादो कराते, एरिजोनाका १ तथा अन्य खेलाडीहरु ३० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा मुख्य रेफ्रीको नेत्रितो बिस्व कराते फेडेरेसन रेफ्री समितिकी सचिव र अमेरिकन कराते फेडेरेसन रेफ्री समितिकी मुख्य रेफ्री सेन्से फारिवा मदानीले गर्नु भएको थियो। उहाले अगस्त २ शुक्रबार नयाँ र पुराना गरि २६ जना रेफ्रीहरुलाई करिब ५ घण्टा प्रशिक्षण दिनु भएको थियो भने केहि नयाँ रेफ्रीहरुलाई रेफ्रीको प्रमाणपत्र समेत बितरण गर्नु भएको थियो ।

ह्यू यस ए कराते फेडेरेशनबाट मान्यता प्राप्त नव प्रशिक्षित रेफ्रीहरुमा मालती राई, सुभम दाहाल, आशिका राई, हार्दिक बास्तोला, भिजन ओली, दर्शन अधिकारी,धिरज न्यौपाने ,निम लामा र कमल गुरुङ रहेका थिए। प्रतियोगीता ब्यबस्थापन समितिको नेतृत्व ईस्काका प्रमुख र मुख्य प्रशिक्षक समेत रहेका सेन्से शिव जोगीले गर्नु भएको थियो ।

साथै समितिका अन्य सदस्यहरुमा नेपाली भाषा तथा कला केन्द्र, सिनसिनाटीका प्रमुख तारा दाहाल, हेल्दी होम केअर सिनसिनाटी र हेल्दी एडल्ट डे केअर केण्टुकीका प्रमुख लिला कुइकेल, डिस्काका प्रशिक्षक दोए रने राई र सेन्से टि एन नेपाल,ड्रुक शितो काइका मुख्य प्रशिक्षक मणि राई ,ईस्काका प्रशिक्षक सेन्से साएल जोगी, लन अफिसर चरण बजगाई, स्वालगनशील किरात परिवारका डम्बर राइ ,गोर्खा कम्ब्याटका मुख्य प्रशिक्षक सजित तामांग र स्वयम सेवक मनिष कार्की रहेका थिए ।

कार्यक्रमको उद्घोषक बामाका प्रमुख र साहित्य परिषद् भूटानका सचिबखेम रिजाल र लन अफिसर चरण बजगाईले गर्नु भएको थियो।

उक्त एक दिबशिय प्रतियोगीता जम्मा पाँच ओटा रिङ्गमा खेलाइएको थियो, जसको नेतृत्व सेन्से सेन्थिल थियागरजन, सेन्से शान्ता ठोकर, सेन्से डक्टर हेमन्त घिसिङ्ग, सेन्से टि एन नेपाल र सेन्से माया लेप्चाले गर्नु भएको थियो।

पाँच वटा रिङ्गमा भएको खेलमा कुल ३१ जना रेफ्रीहरु अनुबन्दित थिए। बिहान ठिक ९ बजे शुरु भएको प्रतियोगीता बिना कुनै ब्रेक बेलुका ७ बजे समापन भएको थियो। प्रतियोगीता भरि डक्टर देभेन्द्र न्यौपाने र आर एन याम राईले स्वास्थ बिभागको पाटो समाल्नु भएको थियो ।

प्रतियोगीतालाई सम्पूर्ण भुटानी/नेपाली अमेरिकनका संघ संस्था, उद्धोग ब्यबशाई र व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए। उक्त प्रतियोगीताको सफलताको शुभकामना सहित सिटी ओफ रेनाल्डबर्ग्सले प्रोकलामेसन दिएको थियो जुन काउन्सिलम्यान भुवन प्याकुरेलले सेन्सेइ शिव जोगीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमको सुरुमा विश्व कराते फेडेरेसन कि रेफ्र्री सेन्सेइ फारिबा मदानीलाई आयोजक प्रमुख सेन्सेइ शिव जोगीले खादा ओडाएर स्वागत गरेका थिए।

यती ठुलो कार्यक्रम सभ्य र भव्य रुपले सफल भएको भनेर उपस्थित सम्पूर्णले मुक्त कण्ठले प्रसंसा गरेका थिए।

प्रतिक्रिया