बंगलादेशमा चाँडै शान्ति छाओस

इनेप्लिज २०८१ साउन २३ गते १९:४८ मा प्रकाशित

विष्णु शीतल

दक्षिण एसियामा तीब्र गतिमा आर्थिक उन्नती गर्दै भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा समेत उल्लेख्य प्रगति गर्र्दै आएको नेपालको मित्र राष्ट्र बंगलादेशमा एकाएक जनविद्रोह भड्किएर अगष्ट ५ २०२४का दिन त्यहाँकी प्रधान मन्त्री शेख हसिनाले राजीनामा दिएर देश नै छोडेकी छिन ।

यो अप्रत्यासित लाग्ने राजनीतिक घट्नाले विश्व कै राजनीतिलाई तरंगित मात्र पारेको छैन नयाँ राजनीतिक कोर्स पनि थपेको महसुस हुन्छ । बंगलादेशमा पछिल्लो डेढ दशक अवामी लिगले शासन सत्ता समालेको थियो । यसले शेख हसिनालाई प्रधान मन्त्री बनाएर शासन सञ्चालन गर्दै आएको थियो । शेख हसिना तेश्रो पटक बंगलादेशको प्रधान मन्त्री भएकी थिइन । हुन त त्यहाँ बहुदलीय पद्धति थियो । सेनाले पटक पटक राज्य सत्तामा हस्तक्षेप गरेको भए पनि पछिल्ला बर्षहरुमा बहुदलीय पद्धतिकै आधारम निर्वाचित जनप्रतिनिधिहरुबाटै सरकार चुनिन्थ्यो ।

त्यो निर्वाचनलाई अमेरिकालगायत पश्चिमा देशहरुले स्वीकार गरेका थिएनन् । यद्यपि शेख हसिना सरकारसँगको सम्बन्धमा भने खासै आँच पुुगेको थिएन

तर यसै बर्ष २०२४ को जनवरी ७ मा भएको निर्बाचनमा भने त्यहाँको प्रमुख प्रतिपक्ष बंगलादेश नेशनलिष्ट पार्टीले चुनाव बहिष्कार गर्दा गर्दै पनि अवामी लिग नेतृत्वको सरकारले चुनाव गराएर आफ्ना पार्टीले बहुमत ल्याएको घोषणा गरेको थियो । यस पार्टीकी नेतृ शेख हसिना नै फेरि पनि लगातार प्रधान मन्त्री भएकी थिइन । त्यो निर्वाचनलाई अमेरिकालगायत पश्चिमा देशहरुले स्वीकार गरेका थिएनन् । यद्यपि शेख हसिना सरकारसँगको सम्बन्धमा भने खासै आँच पुुगेको थिएन । यति भएर पनि यति छिट्टै र यस्तो अप्रत्यासित रुपमा सत्ता पलट हुने अनुमान कसैले गरेका थिएनन । बंगलादेश सन १९७१मा पाकिस्तानबाट छुट्टीएर बनेको मुलुक हो । त्यस अघि यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो र पाकिस्तानकै एक हिस्साको रुपमा यहाँ शासन सत्ता चल्दथ्यो ।


बंगलादेश निर्माणमा निवर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबर रहमानको नेतृत्वमा पाकिस्तानसँग बिद्रोह गरेर दक्षिण एसियामा एक स्वतन्त्र राष्ट्रको रुपमा उदय भएको थियो । हुन त सेनाले सत्ता हत्याउन शेख मुजीबर रहमानलाई सन १९७५ मा हत्या गरिदियो । बंगलादेशको इतिहासले उनलाई राष्ट्रपिता मानेको छ ।

यस पटकको जन विद्रोहमा अगष्ट ५ तारिकका दिन तिनै राष्ट्रपिता मुजीबरको शालिकमा प्रशदर्शनकारीले तोडफोड गरे जसलाई नसोचिएको र एक राष्ट्रबादी बंगलादेशीका लागि कालो दिन मान्नु पर्दछ ।


बंगलादेशको पछिल्लो घटनाक्रम र त्यसको परिणाम हेर्दा शासन सत्ता चलाउनेले देखाउने कुनै पनि किसिमको दम्भ र उन्माद वा आडम्बर जनतालाई स्वीकार्य हुदैन । चाहे त्यो देश सम्पन्न होस, त्यहाँका जनता धनी हुन, देशले भौतिक पूर्वाधार–शैक्षिक सामाजिक क्षेत्रमा राम्रो प्रगति गरेको होस, यदि प्रशासकले जनताको भावना बुझ्न सकेन भने र दम्भ त्याग गरेन भने शेख हसिनाले झें राज्य सत्ताबाट मात्र हैन देशबाटै विस्थापित हुनु पर्ने दिन कुनै पनि बखत आउने छ ।

के गरिन त्यस्तो राष्ट्रपिताकी छोरीले ? यो प्रश्नको जवाफलाई संक्षेपमा राखौं । जब बंगलादेश स्वत्न्त्र राष्ट्र भयो तबदेखि नै शेख परिवार सम्मानित नै थियो । शेख मुजीबरको अवामी लिग लोकप्रिय नै थियो । सेनाले बारम्बार कुु गर्दा पनि यहि लोकप्रियताले अवामी लिग अधिकांश समय सत्तामा नै रह्यो । यस दलको सरकारले भारत र चीन जस्ता छिमेकी मुलुकहस्सँग पनि सुमधुर र सन्तुलित सम्बन्ध राखिरह्यो । भौतिक पूर्वाधारमा ऐतिहासिक विकास गर्यो ।

सेनाले बारम्बार कुु गर्दा पनि यहि लोकप्रियताले अवामी लिग अधिकांश समय सत्तामा नै रह्यो ।

ढाकामा मेट्रोेरेल चलाउन,जमुना र गंगा मिसिएर बनेको मेघना नदिमा आधुनिक जल यातायात चलाउन,आधुनिक सडक सञ्जाल निर्माण गर्न, देशैभर चलाइएका गार्मैन्ट उद्योग र यसमा झण्डै ४० लाख बंगलादेशीलाई रोजगारी र अबौं बैदेशिक मुद्रा आर्जन जस्ता उल्लेख्य प्रगति गरेको बंगलादेश एक महिना लामो विद्यार्थी आन्दोलनबाटै तहस नहस भएको छ । यो अनपेक्षित र अकल्पनीय परिणाम आउनमा मैले माथि भने जस्तै शासनको बागडोर सम्हालेर बसेका प्रमुख व्यक्तिको उन्माद र घमण्ड नै जिम्मेवार देखिन्छ ।


एक महिना अगाडि अर्थात जुलाई एक तारिक ढाका विश्वविद्यालयका विद्यार्थीहरुले सरकारी सेवामा आरक्षण प्रणालीको खारेजीको माग राखेर आन्दोलनको घोषणा गरेका थिए । शेख हसिनाको सरकारले बंगलादेश स्थापनाका बेला आन्दोलनमा सहभागीका दरसन्तानलाई ३० प्रतिशत सरकारी सेवामा आरक्षण दिने कानुनी व्यबस्थाको विद्यार्थीहरुले हटाउन माग गरेका थिए । जुन जायज हो भनेर सर्बत्र आवाज उठिरहेको थियो । यहि माग उठाउदै विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका थिए । उच्र्च शिक्षा हाशिल गर्ने शिक्षित वर्ग नै बेरोजगार भए पछि यो आवाज उच्च हुनु स्वभाविक थियो ।

त्यसमा पनि मुलुकमा एउटा पार्टीका सदस्यहरुले राज्यबाट ३० प्रतिशत रोजगारीको हिस्सा लिने, त्यो दल बाहेकका उच्च शिक्षा लिने योग्य व्यक्तिहरु बेरोजगार बस्नु पर्ने अवस्था आउनु नै यो आन्दोलनको केन्द्रिय कारण(जड) हो भन्ने कुरा अहिले सबैको लागि छर्लंग छ । जब यो अवस्था सत्तारुढ पार्टीबाट सिर्जना हुन्छ जनतामा भित्र भित्रै आक्रोश बढ्दै जानु स्वभाविक थियो । जनताले यसलाई शेख हसिना र उनको पार्टी अवामी लिगप्रति आक्रोश बढ्दै गयो र यो सतहमा आउन थाल्यो अनि यो दल र यसका नेताहरु प्रति आक्रोश बढ्दै गयो । यता सत्ता पक्ष आफूसँग मजबूद राष्ट्रबादी शक्ति बर्करार रहेको भ्रममा थियो । विपक्षी बंगलादेश नेशनालिष्टि पार्टी र यसकी नेतृ बेगम खालिदा जियालाई जनता नभड्काउन चेतावनी दिदै आएको थियो ।

तर परिस्थिति यसरी बदलिदियो कि न त सत्ता पक्ष न प्रमुख विपक्षी दल, न सुरक्षा निकाय न कुनै बाह्य शक्ति कसैले पनि आन्दोलन रोक्ने वा परिस्थितिलाई काबुमा राख्न सकेनन । यसो गर्ने साहस पनि गरेनन । अगष्ट ४ का दिन प्रधानमन्त्रीको निबास,कार्यालय,गृह मन्त्रालय, सत्तारुढ अवामी लिगको मुख्यालय सब तिर आक्रमण हुदैछ भन्ने सूचना व्यापक भयो । यहि बीचमा प्रधान मन्त्री शेख हसिनाले राष्ट्रपति शाहबुद्दिन समक्ष राजीनामा दिएर सेनाको हेलिकोप्टरमा भारतको नयाँ दिल्ली तर्फ उडिन । माथि भनिएका सबै ठाउँहरु आन्दोलनकारीको कब्जामा गए । जताततै हुरी बतास जस्तै आन्दोलन चर्कियो । अदालतले आरक्षण प्रणाली खारेज गरेको फैसला सुनायो ।

आन्दोलन मथ्थर भएन । सेनाले शान्त रहन आग्रह गरिरह्यो ,जनताले सुनेन । उल्टै देशभर लुटपाट र आगजनी हुन थाल्यो । सरकारले इन्टरनेट सेवा बन्द गरे पनि करोडौं मानिस देशैभर सडकमा निस्किए । हवाई सेवा र सार्बजनिक यातायात बन्द गरियो तैपनि आन्दोलन मथ्थर भएन । सेना मुक दर्शक बन्यो । ठूला ठूला सरकारी भवनमा आगो दन्कीयो । बंगलादेशको इतिहासमा एउटा डरलाग्दो चक्रपात(टोर्नाडो) आयो । अब के हुन्छ ? कसले सम्हाल्छ बंगलादेश ? अब लोकतन्त्र के होला ? कस्तो रहला अर्थतन्त्र ? के होला बाह्य कुटनीतिक सम्बन्ध ? याबत प्रश्नहरु अनुत्तरित छन ।

शेख हसिनाको बहिर्गमन पछि राष्ट्रपति शाहबुदिनले संसद विघटन गरेका छन । सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्नासाथ आन्दोलनकारीले ठाडै अस्वीकार गरेका छन भने अन्तराष्ट्रिय समर्थन पनि पाउने छाँट नदेखे पछि सेना यो मामलामा केही पछि सरेको जस्तो देखिएको छ । राजनीतिक शुन्यता हटाउन फ्रान्स निर्वासनमा रहेका सन २००६मा नोवल शान्ति पुरस्कार विजेता मोहमद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आव्हान गरिएको छ । उनले स्वीकार गरिसके पछि यो बंगलादेशको संबैधानिक संकटको शुरुवात मान्नु पर्ने हुन्छ । उनी राजनीतिक व्यक्ति नभएका हुनाले उनको नेतृत्वबाट गलत शक्तिले फाईदा उठाउन सक्ने आशंका पनि गरिदै छ ।

आन्दोलन मथ्थर भएन । सेनाले शान्त रहन आग्रह गरिरह्यो ,जनताले सुनेन । उल्टै देशभर लुटपाट र आगजनी हुन थाल्यो ।

यसो भएमा अझै दुर्भाग्यपूर्ण हुने छ । लोकतन्त्र बलियो बनाउन देश राजनीतिक दलहरुले नै चलाउनु पर्दछ । जनमत लिएर जनताको प्रतिनिधि भएर नै देश चलाउनु पर्दछ । तर सेनाले वा सामाजिक अभियान्ताले वा कुनै पेशा व्याबसायमा लागेकाले शासन चलाउन गएमा त्यहाँ सुशासनको प्रत्याभूति हुन सक्दैन ।

शेख हसिना देशै छाडेर जानु पर्ने कुनै तानाशाह हैनन । उनले १५ बर्षको आफ्नो शासन अवधिमा जतिसुकै राम्रो गर्छु भन्दा भन्दै पनि कतै न कतै कसैन कसैलाई अप्रिय लाग्ने निर्णय भइनै हाल्छन । आन्दोलन मथ्थर बनाउन अपनाइएका तरिका बढी निरंकुश प्रकारकारका हुन सक्छन । त्यसमा सेना प्रहरीजस्ता सुरक्षा निकायले पनि आफ्नो भूमिका राम्रोसँग निर्बाह नगरेको हुन सक्छ । बरु उनले आाम बंगलादेशी जनतासँग एक पटकको लागि क्षमा याचना गर्दै देशलाई थप उचाइमा पुर्याउन मद्धत गर्नु पर्दथ्यो । बंगलादेशी सेनाले आफ्नो ७६ बर्षिय नेतालाई भारत लगेर छाड्नुको सट्टा देश भित्रै सुरक्षा दिन सक्नु पर्दथ्यो । उनले राजीनामा दिइसके पछि सेना उनको आदेश मान्न बाध्य हुने थिएन ।

तर उनको संरक्षण पनि गरेन । सेनाको नियतमा खोट थिएन भन्न सकिन्न । राजनीतिक स्थिरताका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुको सट्टा सत्ताको बागडोर आफ्नो हातमा आउला कि भनेर मौका हेरे जस्तो देखिएको छ । तर सेनाको यो आकांक्षा यस पटक पूरा हुने अवस्था देखिदैन । हुन त बंगलादेशको छोटो इतिहासमा सेनाले सत्ता कब्जाको प्रयास २९ पटक गरिसकेको छ ।

जनदबाव पछि मोहमद युनुसलाई पेरिसबाट फर्काएर अन्तरिम प्रधानमन्त्री बनाउन लागिएको छ । मोहमद युनुुुसले प्रतिशोध लिएर अवामी लिगलाई निशेध गरेर बंगलादेशमा शान्ति र राजनीतिक स्थिरता कायम गर्छु भन्ने सोच बनाए भने यो गलत हुन सक्छ । उनले अब अवामी लिग विएनपी, सेना प्रमुख विद्यार्थी नेताहरुलाई बोलाएर आफूले नेतृत्व नगर्ने गरी अन्तरिम सरकार निर्माण गर्न सहजीकरण गर्नु पर्दछ । बंगलादेशमा चाँडै लोकतान्त्रिक सरकार बनोस । पूर्ण शान्ति स्थापना होस ।

प्रतिक्रिया