अमेरिकाकी महिला कुस्ती खेलाडी सारा हिल्डब्रान्डलाई ५० केजी फ्रिस्टाइल कुस्तीमा स्वर्ण पदक

इनेप्लिज २०८१ साउन २४ गते ०:१९ मा प्रकाशित

अमेरिकाकी महिला कुस्ती खेलाडी सारा हिल्डब्रान्डलाई ५० केजी फ्रिस्टाइल (जुनसुकै तरिकाले खेल्न पाइने )कुस्तीमा स्वर्ण पदक प्राप्त भएको छ । हिल्डब्रान्डले महिला तर्फको ५० केजी समूहको फ्रिस्टाइल कुस्तीमा स्वर्ण जितेकी छन् ।

हिल्डब्रान्डले क्युबाकी युस्नेलिस गुज्म्यानलाई ३–० ले हराउँदै स्वर्ण जितेकी हुन् ।

हिल्डब्रान्ड्टको सुरुमा अन्तिम चरण(फाइनल)मा भारतीय विनेश फोगतसँग लड्ने योजना रहेको थियो तर भारतीय पहलवानले बुधवार पहिले तौल ठीक बनाउन असफल भए पछि उनले स्वर्ण पदक हात पारेकी हुन् । उनले स्वर्ण पदक जिते पछि सामाजिक संजालमा हे भगवान मैले भर्खरै ओलम्पिक जितें भन्दै हर्ष व्यक्त गरेकी छिन ।

कांस्य पदक जापानकी युई सुसाकीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया