चौथो स्थानमा रहेका अमेरिकी खेलाडी क्विन्सी हलले पुरुषको ४०० मिटरको दौडमा अद्वितीय र आश्चर्यजनक रुप प्रस्तुत गर्दै जीते स्वर्ण पदक

इनेप्लिज २०८१ साउन २५ गते १:०२ मा प्रकाशित

पेरिस ओलम्पिकमा चौथो स्थानमा रहेका अमेरिकी खेलाडी क्विन्सी हलले पुरुषको ४०० मिटरको दौडमा अद्वितीय र आश्चर्यजनक रुपमा आफूलाई प्रस्तुत गर्दै स्वर्ण पदक जितेका छन्।

हलले पुरुषको ४०० मिटर स्वर्ण जित्नको लागि शानदार पुनरागमन गर्दै बाजी मारेका छन् । प्रतियोगितामा उनि ३०० मिटर सम्म निकै टाडा थिए । उनि चौथो खेलाडीहरु बीच दौडी रहेका थिए । उनि कुनै पनि हालतमा अगाडी आउने भन्ने कसैले सोचेका थिएनन ।

५० मिटरको यात्रा तय गर्दै उनले पूर्व ओलम्पिक बिजेता किरानी जेम्सलाई पछि पारे । त्यस पछि एक पछि अर्कोलाई पछि पार्दै अन्त्यमा हलले स्वर्ण पदक जिते । बुधवार राती भएको ओलम्पिकमा हलले इतिहास कोरे । उनको यो प्रस्तुति संसारले बिर्सिने छैन । उनले हडसन-स्मिथलाई १० मिटरको दूरीमा उछिनेका थिए ।

हलले ४३.४० सेकेन्डमा दौड पुरा गर्दै प्रथम भए । उनि चौथो सबैभन्दा छिटो दौडने व्यक्ति भएका छन् ।

अन्तिम चरण (फाइनल)मा आठ पुरुष मध्ये पाँचले सबैले ४४-सेकेन्डमा पुरा गरे। जाम्बियाका मुजाला सामुकोंगाले ४३.७४ मा दौड पुरा गरि कांस्य जिते। यो उनको देशको दोस्रो र १९९६ पछिको पहिलो पदक हो। हललाई तपाईले जित्नु हुन्छ भन्ने लागेको थियो भन्ने प्रश्न गर्दा तिनीहरूले त्यो बन्दुक चलाउने बित्तिकैमा जित्छु भन्ने लागेको बताए ।

प्रतिक्रिया