कृश्चियन कि हिन्दु?

नबिन बिक २०८१ साउन २५ गते १:२६ मा प्रकाशित

संसारमा भगवान छन भनेर अहिले सम्म कुनै ब्यक्ति वा बिज्ञानले पुष्टि गर्न सकेको छैन तर पनि अरबौकौ संख्यामा मानिसहरु बिभिन्न धर्म र ईश्वरलाई मान्ने गर्छ।सबैले आआफ्नै धर्म र भगवान ठुलो भनेर अरु धर्मलाई तल्लो र निच देखाउने तथा बिभिन्न प्रलोभनमा पारेर आफ्नो धर्ममा प्रबेश गराउने लहर नै चलेको छ। धर्मकै नाममा संसारमा कहालिलाग्दो नरसंहार भएको छ, पढेर डाक्टर, ईन्जिनियर, पाईलट वा पिएचडि नै गरे पनी कहिल्यै नदेखिएको, कहिल्यै प्रकट नभएका कथित भगवानलाई पुज्नेहरुको यो संसारमा कुनै कमी छैन, जब कसै संग कुनै उपाय लाग्दैन, कुनै पार लाग्दैन तब मान्छेले हे प्रभु, हे ईश्वर भनेर उनकै शरणमा जानी गर्छन तर कति जनाको पिडा ति प्रभु र ईश्वरले हरण गरिदिएका छन त्यो सत्य तथ्य अहिले सम्म बाहिर आएको छैन।

अहिले मेरो अवस्था न म हिन्दु हुँ भनेर गर्व गरेर मन्दिर जान सक्छु, न म क्रिश्चियन हुँ भनेर चर्च जान सक्छु

अहिले नेपालमा हिंदु धर्म मान्ने जनसंख्या यति नै छन भनेर यकिन गरिहाल्न सक्ने स्थिति छैन, किनकी पछिल्लो चरणमा राज्यले यस्ता सत्य सुचनाहरु लुकाएर हिंदुको जनसंख्या धेरै देखाउने प्रयास गरिएको छ भनेर बारम्बर आरोप लागी रहेको छ भने, त्यही आरोपलालाई बल पुग्ने गरेर, समाजमा कृश्चियनिटी दिन दुईगुना र रात चौगुना बढिरहेको छ भने हिन्दुबादीहरु त्यसरी क्रिश्चियनिटी फैलाईएकोमा चर्को बिरोध गर्नुको उनीहरु माथि हातपात पनि गर्दै आएका छन तर ,के हिन्दुहरुले कहिल्यै सोचेका छन किन मानिसहरु धर्म छोडेर अरुको धर्ममा जान्छन? किन मानिसहरु आफ्नो देश छोडेर, आफ्नो मातृभुमी छोडेर परेदश जान्छन? आफ्नो देश छोडेर जाने र आफ्नो धर्म छोडेर जानीको पिडा उस्तै हो। देशको बिग्रिएसी देश छोडेर गए , धर्म बिग्रीएसी धर्म छोडेर गए ।

हिन्दु धर्मका गुरुहरु र अभियान्ताहरुलाई म एउटा प्रश्न गर्न चाहन्छु, तपाईहरुले अहिले सम्म कति जना दलित तथा जनजातिको घरमा गएर धर्म ग्रन्थ बाँडनु भएको छ?

आफ्नो देशमा गास, बास, कपासको राम्रो ब्यबस्था गर्न गार्हो भएसी, देश छोडेका हुन भने, सम्मान ईज्जत नभएसी धर्म छोडेका हुन।कस्ता मान्छेहरु हिन्दु छोडेर कृश्चियन धर्ममा गएका छन ? हिन्दु धर्मले तिरस्कार गरेका, अपमान गरेका, मान्छेलाई कुकुर भन्दा पनि तल्लो ब्यबहार गरेका , हेपिएका समुदायहरु नै हिन्दु धर्म छोडेर कृश्चियन धर्ममा लागेका छन। हिन्दु धर्म भनेको सरकारी र कृश्चियन धर्म भनेको बोर्डिङ स्कुल जस्तै हो, सरकारी स्कुलले बिध्यार्थीलाई राम्रो संग पढाएर पास गराउन नसकेसी, बिध्यार्थीहरु सरकारी छोडेर बोर्डीङ स्कुल गए जस्तो हो ।

हिन्दु धर्म भनेको सरकारी र कृश्चियन धर्म भनेको बोर्डिङ स्कुल जस्तै हो ।

हिन्दु धर्मका गुरुहरु र अभियान्ताहरुलाई म एउटा प्रश्न गर्न चाहन्छु, तपाईहरुले अहिले सम्म कति जना दलित तथा जनजातिको घरमा गएर धर्म ग्रन्थ बाँडनु भएको छ? कति जना दलित तथा जनजातिको घरमा गएर लौ हिड आज मन्दिर जाउँ, त्यहा सत्संग छ भनेर निम्तो दिनुभएको छ? कति जनाको घरमा गएर हिन्दुधर्म छोड्न हुदैन, तिमीहरुलाई के मा चित्त बुझेन भनेर कहिल्यै धर्म परिबर्तनको कारण बुझ्न खोज्नुभयो? तपाईहरु त केवल धर्म परिबर्तन गरे भनेर , धर्म परिबर्तन गराउने र गर्नेको बिरोध मात्र गरिरहनुभयो, मान्छे बिरामी भएमा, उसको उपचार गराउने की किन बिरामी भईस भनेर उसलाई झपार्ने?

तर जतिनै चित्त दुखे पनि, कुनै मन्दिर सामु पर्दा, वा कुनै भजन कानमा ठोक्किन पु्ग्दा श्रदाले शिर आफै निहुरिन्छ

अचेल दलित समुदायहरु कृश्चियननै नभए पनि चिनेको आफ्नो गाउँ ठाउँको मन्दिर जादैनन, त्यहा कसैले त नआईज तैले पुजा गर्न पाउदैनस भनेर मुखै फोरेर नभने पनि कहि न कहि कुनै न कुनै रुपमा बिभेद र अपमान भईहाल्छ, उनीहरुको अनुहारमा र ब्यबहारले त तल्लोजातको होस, अलि परै बस है भनेको भान दिलाईहाल्छन, त्यसरी अपमानित भएको देखेको र भोगेको धेरै नमिठा अनुभव छन, पहिलापो दलितहरु गरिब थिए, अशिक्षित थिए जति हेपिएनी, अपमान गरे पनि चुप लागेर बस्थे, अहिले त त्यसरी चुपलागेर कोही पनी बस्नेवाला छैनन, बरु त्यसरी अपमानित हुनु र आफ्नै छिमेकी संग झगडा गर्नु भन्दा मन्दिर नै नगईदिए ढुक्कै भनेर म लगाएत, मेरै आमाहरु पनि मन्दिर जान रुचाएनौ। कसैले पनि कुनै त्यस्तो यज्ञ, होम, पुराण वा रुद्री पुजा लाउदा जाउँ वा आउ भनेर कसैले पनि बोलाएन, क्रमश बिस्तारै मन्दिर जान छुट्यो। मेलै चिनेका धेरै दलितहरु तथा जनजातिहरु सबै क्रिश्चियन भै सके, क्रिश्चियन भएसी स्वर्ग जान पाईन्छ भनेर होईन, सम्मान पाईन्छ भनेर हो।

क्रिश्चियन भएसी स्वर्ग जान पाईन्छ भनेर होईन, सम्मान पाईन्छ भनेर हो।

अहिले मेरो अवस्था न म हिन्दु हुँ भनेर गर्व गरेर मन्दिर जान सक्छु, न म क्रिश्चियन हुँ भनेर चर्च जान सक्छु, बिभिन्न समयमा धर्मगुरुहरुले दिने तुच्च प्रबचन र हिन्दु धर्मालम्बीहरुको तुच्छ ब्यबहारले गर्दा मलाई नास्तिक बनाएको छ। भजन गाउन ओठ भन्दा सेवा गर्ने हात र मन पबित्र हुन्छन भन्ने कुराले प्रेरित गर्छन,मलाई धर्म हैन कर्ममा बिश्वास गर्न सिकाएको छ। तर जतिनै चित्त दुखे पनि, कुनै मन्दिर सामु पर्दा, वा कुनै भजन कानमा ठोक्किन पु्ग्दा श्रदाले शिर आफै निहुरिन्छ।आउनुस चित्त दुखाएका समुदायहरुलाई, अपमान गरिएका समदायहरु संग माफी माग्दै, गीता र पुराण थमाउनुस, हिन्दु धर्मको हरेक पुजापाठमा उहाँहरुलाई ससम्मान सरिक गराउनुस, यदि सक्नुहुन्न भने अरुले ( कृश्चियनहरुले) दिएको सम्मान र आफ्नो पनालाई तपाईहरुले बिरोध गर्ने कुनै अधिकार छैन। यस्दै दम्भ रहिरेहमा अबको २० बर्षमा हिन्दुहरु अल्पसंख्या समुहमा परी, कोटा प्रयोग गरेर संरक्षण गर्नुपर्ने अवस्था आउने छ। त्यसैले बेलैमा पशुपतिनाथले सबैको चेत खोलीदिउन भनेर यहि बाट प्राथना गर्दछु।

नबिन बि.क, अमेरीका,बाल्टीमोर
Navin B.K , Baltimore , USA

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया