बोत्सवानाका खेलाडीले पेरिस ओलम्पिकमा २०० मिटर दौडमा स्वर्ण पदक जितेकोमा देशमा सार्वजनिक बिदा

इनेप्लिज २०८१ साउन २५ गते ११:४७ मा प्रकाशित

दक्षिणी अफ्रिकी देश बोत्सवानाका लेट्सिली टेबोगोले पेरिस ओलम्पिकमा २०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक जितेकोमा देशमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । बोत्सवानामा अगस्त ९ शुक्रबारका दिन सार्वजनिक बिदा दिइने भएको छ ।

उनले अमेरिकाका बिश्वकै तेज धावक नोआ लायल्स हराउदै स्वर्ण पदक हात पारेका हुन् । लायल्स १०० ,२०० र ४०० मिटर रिलेका बिश्व बिजेता हुन् । उनलाई गत मंगलबार कोभिड-१९ भए पनि उनले २०० मिटरको दौडमा भाग लिए तर उनि तेश्रो स्थान प्राप्त गरेका थिए ।

अब उनि ४०० मिटरको रिलेमा भाग लिने छैनन् ।

बोत्सवानाले लेट्सिली टेबोगोको २०० मिटर दौडमा ऐतिहासिक जितको सम्मानमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बोत्स्वानाले पहिलो ओलम्पिक स्वर्ण जितेको छ भने र ओलम्पिक २०० मिटर जित्ने इतिहासमा पहिलो अफ्रिकी मुलुक बनेको छ । बोत्सवानाका राष्ट्रपति मोक्ग्वेत्सी मासिसीले शुक्रबार उक्त उपलब्धिलाई मान्यता दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।

बिहीबार २०० मिटरमा स्वर्ण जितेपछि टेबोगोले आफ्नो जीत आफ्नी दिवंगत आमालाई समर्पण गरे। “उनी त्यहाँबाट हेरिरहेकी छिन्, र उनी साँच्चै खुसी छिन्,” गत वर्षको विश्व प्रतियोगितामा २०० मिटर कांस्य जित्ने टेबोगोले दौडपछि पत्रकारहरूलाई भने।

टेबोगोकी आमा एलिजाबेथ सेराटिवाको गत मे महिनामा निधन भएको थियो ।

प्रतिक्रिया