नागपन्चमी – महत्व र विशेषता ज्योतिष पण्डित राजेन्द्र खनाल

इनेप्लिज २०८१ साउन २५ गते १२:२१ मा प्रकाशित

राजेन्द्र खनाल

अमेरिकामा यस वर्ष २०२४ को नाग पञ्चमी पर्व यहीं अगस्टको ९ तारिख शुक्रवार पर्दछ, हामीले बिगत १० वर्षदेखि नै आफ्नै हातले बनाएको नागलाई प्रिन्ट गरी हजुरहरुको घरघरमा हुलाकमार्फत वा आफै आई हजुरहरुको घरको ढोकासम्म पुर्याउने व्यवस्था गर्दै आईरहेका छौं । यो हाम्रो प्राचीन सभ्यता र सॅस्कार हो । नाग पन्चमीको दिन नेपाल, भारतलगायतका सनातनीय देशहरुमा गुरुद्वारा प्रत्येक यजमान(भक्त)को घरमा नागको तस्बिर लिई आउने परम्परालाई निरन्तरता दिनको लागि यो सेवाको सुरुआत हिन्दु कल्चरल सेन्टरमार्फत यसरी सुरु गरेका हौं ।

प्राचीन परम्परा अनुसार नागको तस्बिर घरको ढोकामा टॅासेपछि घर पनि सुरक्षित हुने र आई पर्ने प्रकृति प्रकोपजन्य बिघ्नबाधा र नाग तथा अन्य भयबाट मुक्त हुन सकिने जनविश्वास नै घरको ढोकामा नाग टॅास्नुको प्रमुख कारण हो । यसबारेमा हजुरहरुलाई के कस्तो लागिरहेको छ ? हजुरहरुको प्रतिक्रिया, सद्भाव, माया र प्रोत्साहनलाई स्वीकार गर्दै यसपाली पनि नाग उपलब्ध गराएका छौं, धेरै महानुभावहरुले अलि सानो साईज भए उपयुक्त र राम्रो हुने भनी अनुरोध गर्नु भएकाले सोहीअनुरुप यसपाली अलि सानो साईजमा पनि उपलब्ध छ ।

यदि समयमै हुलाकमार्फत पठाएको नागको तस्विर आई पुगेन भने ईमेलबाट प्रिन्ट गरी टांस्न सक्नु हुनेछ वा सम्पर्क गर्नु भएमा हामी तुरुन्त पठाउन सक्नेछौं ।

यदि अगस्ट ९ तारिख शुक्रवारसम्म पनि नागको तस्विर हुलाकबाट आइ पुगेन भने ईमेलबाट पठाएको नागलाई प्रिन्ट गरी पूजा गरी घरमा टाँस्नु होला वा वेबसाईटको यो लिंक https://hinduculturecenter.com/product/nag-picture बाट पनि प्रिन्ट गर्न सक्नु हुनेछ । कुनै कारणवश ढिला हुन गएमा अगस्ट १९ तारिख सोमवार जनैपूर्णिमासम्म नागपक्ष भएकोले नागको पूजा गरी नाग टाँस्न सक्नु हुनेछ ।

हिन्दु कल्चरल सेन्टरलाई यसरी साथ दिइरहनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।

२०८१/2024 को नाग पन्चमी पर्व सुरु भएसॅगै क्रमश आउने हाम्रा चाडपर्वहरुको हार्दिक मंगलमय शुभकामना । जय होस् ।

नाग पन्चमीको बारेमा विस्तृत जानकारी यससम्बन्धी कथा र पूजा कसरी गर्ने भन्ने सम्बन्धमा थप बुझ्नका लागि तलको लेख पढ्नु भएमा सबै कुरा लेखिएको छ ।

पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? किन टांस्न थालियो? भन्ने सम्बन्धमा विस्तृत जानकारीका लागि यो लिन्कलाई खोली हेर्न सक्नु हुनेछ ।

नागपन्चमी – महत्व र विशेषता ज्योतिष पण्डित राजेन्द्र खनाल

नागपञ्चमी पूजाविधि तथा प्रार्थना मन्त्र

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो

दिन बिहानै उठेर स्नान गरी नगको चित्रमा वा मूर्ति तथा प्रतिमा बनाई पूजा गर्नाले नाग तथा अन्य चिजको पनि भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दूबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङ, भूकम्प आदिको भय हुँदैन । नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ ।

आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारीणि।

एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।

अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः।

कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।।

”भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि र जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।”

वैवाहिक (Wedding match) सेवाको सुरुआत https://hinduculturecenter.com/archives/7591

धार्मिक तथा आध्यात्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय विवाह हो । वैवाहिक सम्बन्ध सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ । विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र नेपाली सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर-वधुको मिलनका लागि हिन्दु सॅास्कृतिक केन्द्रले www.Merojivansathi.com नामक आधिकारिक वेबसाईटको सुरुआत गरेको छ । विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा गरेको विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुनसुकै कुनावाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दु मेरोजिवनसाथीडट्कम धेरै लामो समयको खोज आनुसन्धानपछि यस छेत्रका अनुभवी र दक्ष विज्ञवाट समाजमा केही परिवर्तन ल्याउनका लागि ल्याएको कुरा जानकारी गराउॅछौं । यदि हजुरहरुसॅग पनि परिवार/ आफन्तको विहे गर्ने उमेर (२०-५०) पुग्नु भएको छ भने यो माध्यमको बारेमा जानकारी गराउनु होला । धन्यवाद

Note: धार्मिक तथा सॅस्कारिक सम्पूर्ण काम,पूजापाठ, जाप, विवाह, ब्रतबन्ध, श्राद्ध, पितृतर्पण, र पूजा सामग्री तथा डेलिभरी सेवालगायत, भर्चुअल, फोन र अनलाईनमाध्यमबाट हुने सेवाको लागि 703-870-6480 वा 804-564-7610 मा सम्पर्क गर्न सक्नु हुनेछ । धन्यवाद ।

नाग पन्चमीको दिन नेपाल, भारतलगायतका देशहरुमा गुरुद्वारा प्रत्येक यजमान (भक्त)को घरमा नागको तस्बिर लिई आउने र गुरुलाई आफ्नो शक्तिअनुसार यथाशक्य दान दक्षिणा दिई विदा गर्ने चलन भएकोले हामीले पनि यसको निरन्तरताको लागि यो सेवाको सुरुआत हिन्दु कल्चरल सेन्टरमार्फत यसरी सुरु गरेका हौं ।अहिलेको चलनचल्तिमा घरको ढोकामा हामीले जसरी सिसी क्यामेरा जडान गरी घरको सुरक्षा अपनाएका हुन्छौं त्यस्तै पुरानो चलनअनुसार नागको तस्बिर घरको ढोकामा टॅासेपछि घर पनि सुरक्षित हुने र आई पर्ने बिघ्नबाधा र भयबाट मुक्त हुन सकिने जनविश्वास नै नाग टास्नुको प्रमुख कारण हो ।

नाग पन्चमीको बारेमा विस्तृत जानकारी यससम्बन्धी कथा र पूजा कसरी गर्ने ? भन्ने सम्बन्धमा थप बुझ्नका लागि तलको लेख पढ्नु भएमा सबै कुरा लेखिएको छ । यदि अगस्ट 9 तारिखसम्म पनि नागको तस्विर हुलाकबाट आइ पुगेन भने ईमेलबाट पठाएको नागलाई प्रिन्ट गरी पूजा गरी घरमा टाँस्नु होला वा वेबसाईटको यो लिंक https://hinduculturecenter.com/product/nag-picture बाट पनि प्रिन्ट गर्न सक्नु हुनेछ । कुनै कारणवश ढिला हुन गएमा अगस्ट 19 तारिख जनैपूर्णिमासम्म नागपक्ष भएकोले नागको पूजा गरी नाग टाँस्न सक्नु हुनेछ ।

नागपन्चमी पर्वको महत्व

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ । परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

प्रतिक्रिया