ओलम्पिकमा अफगानी महिलालाई स्वतन्त्र गर भन्दै ध्वजा बोकेको कारण अफगानी महिलालाई अयोग्य घोषित 

इनेप्लिज २०८१ साउन २६ गते १०:३७ मा प्रकाशित

पेरिस ओलम्पिकमा अफगानी महिलालाई स्वतन्त्र गर भन्दै ध्वजा बोकेको कारण अफगानी महिलालाई अयोग्य घोषित गरिएको छ ।

 शरणार्थी एथलीट खेलाडी मनिझा तलास शुक्रबार अयोग्य ठहर गरिएको हो।

उनले खेलहरूमा शरणार्थी टोलीलाई बि -गर्ल ( महिला) को रूपमा प्रतिनिधित्व गरेकी थिईन ।

सन २०२१ मा तालिबानले नियन्त्रण गर्न थालेपछि अफगानिस्तानबाट भागेकी २१ वर्षीया किशोरी अहिले स्पेनमा बस्छिन् । 

उनले शरणार्थी टोलीको प्रतिनिधित्व गरेकी थिईन । उनको पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेको कारण अयोग्य घोषित गरिएको सिएनएनले जनाएको छ।

मैले अफगानिस्तान छोडने थिइन किनभने म तालिबानसँग डराउँछु र म अफगानिस्तानमा बस्न सक्दिन , तलाशले कारबाही बढ्नु अघि भनिन ।

मैले अफगानिस्तानका महिलाहरुको लागि, मेरो जीवनको लागि, मेरो भविष्यको लागि, सबैका लागि जे गर्न सक्छु गर्न चाहन्छु।”उनले  थपिन ।

प्रतिक्रिया