पाचाैँ टुक्का कविता वार्षिकाेत्सवकाे अवसरमा भर्च्युअल माध्यमबाट टुक्का साहित्य समाजकाे आयाेजनामा मिति २०८१ साउन २५ गते ( सन् २०२४ अगष्ट ९ ) शुक्रबारकाे दिन गुगल मिट मार्फत भएकाे पाँचाै साधारणसभा तथा तेस्राे महाधिवेशनले श्री ताराप्रसाद चापागाईँ अध्यक्ष सहित नयाँ कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मत चयन गरेकाे छ ।
समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त अधिवेशनमा प्रमुख अतिथि डा.देवी पन्थी, विशिष्ट अतिथीहरू रामशरण न्याैपाने, जनार्दन अधिकारी धड्कन र राजेशराज गड्ताैला, विशेष अतिथिहरू हन्नाह छेत्री, बि.के मुखिया तथा साहित्यकारहरू माेति सुब्बा, दिपा गुरुङ, पुष्पा सुवेदी, भगवती दवाडी, राजकुमार राजभण्डारी, भेष कुमारी लामीछाने, ममता भण्डारी, ठुक्का साहित्य समाजका पदाधिकारीहरू लगायत करिब तीन दर्जन साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
टुक्का साहित्य समाजका महासचिव चूडा निर्भिकले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा समाजकाे सदस्य शाेभा आचार्यले स्वागत मन्तव्य, सभाध्यक्ष ताराप्रसाद चापागाईँले टुक्का कविता र टुक्का साहित्य समाज बारेमा मन्तव्य, काेषाध्यक्ष रचना शर्मा प्रतीक्षाले संस्थाकाे आर्थिक प्रतिवेदन, महासचिव चूडा निर्भिकले संस्थाकाे प्रतिवेदन प्रस्तुत गरे पश्चात रामशरण न्याैपानेकाे अध्यक्षतामा ३ सदस्यीय निर्वाचन कमिटि गठन गरी २ वर्ष कार्यकाल पूरा भएकाे कार्य समिति भङ्ग गरिएकाे थियाे । निर्वाचन कमिटिकाे सहयाेगमा अधिवेशनले ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा नयाँ कार्यसमिति मनाेनयन गरेकाे थियाे । उक्त कार्य समितिका सबै पदाधिकारीहरू निर्विराेध निर्वाचित भएका थिए ।
नयाँ निर्वाचित कार्य समिति निम्न अनुसार रहेकाे छ :-
अध्यक्ष : ताराप्रसाद चापागाईँ
उपाध्यक्ष : वसन्त अनुभव
महासचिव : चूडा निर्भिक
सचिव : जमुना आचार्य
काेषाध्यक्ष : हाेमप्रसाद नेउपाने
सदस्य : बेदु न्याैपाने
सदस्य : शाेभा आचार्य
सदस्य : रामप्रसाद पुरी
सदस्य : पुष्पा राई
सदस्य : सुस्मिता अधिकारी
सदस्य : अच्युत घिमिरे
अधिवेशनले समाजकाे संस्थापक काेषाध्यक्ष रचना शर्मा प्रतीक्षालाई ससम्मान विदाई गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका थियाे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा.देवी पन्थीले हामीले हरेक कुरा आयात मात्र गर्नु भन्दा नेपाली भाषा साहित्यमा नै शुरुवात भएका टुक्का कविता, उदक, चारु, बाछिटा, खाेरिया, पञ्चाङ्ग, झिल्का, घुँगेत्राे जस्ता विधाहरूमा कलम चलाउँदै यसकाे विकास विस्तार गर्दै विश्वव्यापी बनाउनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
नेपाली समय साँझ ५ बजे देखि राति ८:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा वसन्त अनुभव, रामशरण न्याैपाने, रचना शर्मा प्रतीक्षा, दीपा गुरुङ, भगवती दवाडी, सुस्मिता अधिकारी, राम प्रसाद पुरी, अच्युत घिमिरे, हन्नाह छेत्री, भेष कुमारी लामीछाने, पुष्पा राई, शाेभा आचार्य, ममता भण्डारी, जमुना आचार्य, बि के मुखिया लगायतका टुक्काकारहरूले टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।
प्रतिक्रिया