अशोकनाथ तिवारीका ५ कृति अमेरिकामा लोकार्पण

इनेप्लिज २०८१ साउन २८ गते १:०४ मा प्रकाशित

अनिलभक्त खरेल । पुर्व उप प्राध्यापक, सर्वोच्च अदालतका अधिवक्ता, राष्टियसभाका पुर्व साँसद अशोकनाथ तिवारीका ५ कृति “मैजु महारानी, नचिनेको म, चुनौती, पितृलोकको वर्णन र हिरासत” अमेरिकाको लागि अगष्ट ११, २०२४ मा भर्जिनियाको मनाससमा अमेरिकाका कावा राजदुत कुमार खरेल, पुर्व मन्त्री डा दुर्गा पोखरेल, होमनाथ सुवेदी, भुपनारायण घर्तिमगर लगायतकाले सामुहिक रुपमा लोकार्पण गर्नुभएको छ ।

अमेरिकाको बसाईका क्रममा लेखिएका यी ५ कृतिहरु आप्mना नाति रोहन मैनालीको प्रेरणाका कारण लेखिकएको लेखक अशोकनाथ तिवारीले आज आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बताउनु भएको थियो । नाति रोहन मैनालीले हजुरबुबा लेखक तिवारीलाई संस्कृत शब्द र श्लोक प्रयोग नगरि आफुले बुझ्न सक्नेगरि विशुद्ध नेपाली भाषामा लेख्न आग्रह गरिएकोमा सो पुस्तक विशुद्ध नेपाली भाषमा लेखिएको कृतिका सर्जक तिवारीले राज खोल्नु भएको थियो ।

मैजु महारानीको जन्म देखि विवाह र अन्तिम क्षण सहित १३ शिर्षकमा विभाजित १८७ पृष्ठको “मैजु महारानी” कृतिमा तत्कालीन समयमा महिलामाथिको विभेद तथा उपत्यका विजयसंगै मल्लराजाका आसेपासेबाट शाह राजतन्त्र कमजोर बनाउन गरिएको षडयन्त्रमा लेखक स्वयं प्रत्यक्षदर्शी बने जस्तैगरि वर्णन गरिएका छ ।

त्यस्तै ७ अध्याय विभाजित १५५ पृष्ठको “मैले नचिनेको म” नामक कृतिमा मैले नचिनेको म अर्थात् आफुभित्रको म र आत्मा यो हो भनेर स्पष्ट देखाउने शक्ति कसैसंग नभएको बरु योग र आत्मज्ञानबाट म चिन्न सकिन्छ भन्ने बताईको छ ।

त्यसैगरी ६ अध्यायमा विभाजित ११४ पृष्ठको “पितृलोकको वर्णन” नामक कृतिमा मरेपछि के होला? कहाँ जाने ? कस्तो अवस्थामा होला ? पितृहरु कसरी बस्छन् ? पितृहरु बस्दा के नाता लाग्ला ? पितृहरु सबै एकै ठाउँमा बस्छन् कि बेग्लै ठाउँमा भेटिएलान् ? पितृहरुले सुख पाएका छन् कि दुख ? जस्ता जिज्ञासा मेटाउने जमर्को गरिएको छ । नबिराउनु नडाराउनु अर्थात् जस्ले सत्कर्म गरेको छ उस्ले डराउनु नपर्ने सन्देश दिइएको छ । लेखक स्वयं पितृलोकमा फर्केर आएजस्तै गरि निबन्ध शैलीमा लेखिएको छ ।

त्यस्तै ५ अध्यायमा विभाजित ९६ पृष्ठको चुनौती नामको कृतिमा हाम्रो आँखा अगाडि सबैले देख्ने, भोग्ने र व्यहोरेका विषयवस्तुलाई सुक्ष्म दृष्टिले नियालेर चिन्ता प्रकट गरिएको छ । अर्थात् विज्ञानले हामीलाई कति सुख सुविधा दिएको छ ? कति सुविधाभाभमेगी बनाएको छ ? सुविधाभोगी बन्दा मानव जीवन, प्रकृति र प्राणी जगतमा कस्तो चुनौती परेको छ ? सुविधाभोगी बन्दा कतै प्रकृति नै नासिने त हैन ? भन्ने चिन्ता पनि प्रकट गरिएको छ । धर्म र विज्ञानको के कस्तो सामन्जस्यता वा तालमेल हुनसक्छ भन्ने कुराको विवेचना गरिएको छ ।

त्यसैगरि ७ अध्यायमा विभाजित १३१ पृष्ठको हिरासत नामक कृतिमा कुमालेको चक्रजस्तै घुमिरहने सुख दुखको एकात्मकता सुन्दर ढंगले वर्णन गरिएको छ । हिरासतको अर्थ अभियुक्तलाई निश्चित समयसम्म थुन्ने काम, कैद, थुना, नजरबन्दी, बन्दी खान, खोर, झ्यालखाना आदि हो । जगत, जीव र आत्मा सम्वन्धी अर्थात् पुर्व जन्मको बारे लेखकले इन्द्रीयको मद्दतले ब्रम्हाजीसंग गरेको संवाद पनि रोचक छ । पुर्वजन्मको कुकर्मको फल पृथ्वीमै आएर भोग्नुपर्ने सत्यता पनि उजागर गरिएको छ ।

स्मरण रहोस् यी ५ कृतिहरु नेपालमा यस अघि २०८० साल फागुन ११ गते अर्थात् फेब्रुअरी २३, २०२४ मा लोकार्पण गरिएको थियो । झण्डै १ दर्जन भन्दा बढी कृति लेखेका लेखक तिवारीलाई अझै अरु कृति लेख्ने जाँगर चलोस शुभकामना छ ।

प्रतिक्रिया