अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट बिगत १२ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टलाई अझै फेला परेकी छैनन् ।
उनि गत अगस्त १ देखि हराई रहेकी छिन्। मनासस पार्क प्रहरी चौकीले यसको अनुसन्धान गरि रहेको छ भने समुदायलाई उनको बारेमा जानकारी प्राप्त भएमा सूचना समेत दिन आग्रह गरेको छ । नेपाली समुदायहरु उनको खोजीमा ब्यापक लागि रहेका छन् भने उनलाई खोज्न सामाजिक संजाल मार्फत सबैले सूचना जारी गरि रहेका छन् ।
ममतालाई खोज्न गर्ने र सूचना आदान प्रदान गर्न सामाजिक संजाल समूह निर्माण गरि उनि बारे चासो देखाउदै सबैले आफ्ना भनाई ,विचार ,तर्क ,उपाय ,सुझाव ,सल्लाह तथा ममता जहाँ रहे पनि सुरक्षित रहुन र फर्किन सकुन भन्दै प्रार्थना गरि रहेका छन् । साथै प्रहरीले अध्यावधिक (अपडेट)गरेका ,स्थानीय पत्रपत्रिकामा प्रकाशित भएका समाचारहरु पनि उक्त समूहमा राखिएको छ ।
लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट भन्ने सामाजिक संजाल मार्फत आज अगस्त १२ का दिन ७ :३० बजे राती मनासस शहर स्थित न्याक भवनमा ममता काफ्ले भट्ट सुरक्षित रुपमा घर फर्किउन भन्दै शान्तिपूर्ण भेलाको समेत आयोजना गरिएको जनाईएको छ । सबैलाई त्यहाँ जम्मा हुन् समेत आग्रह गरिएको छ ।
त्यस्तै आज बिहान देखि भर्जिनिया राज्यको मनासस शहरको वरपर रहेका शहरहरुमा नेपाली समुदायको पहलमा बिभिन्न क्षेत्रहरुलाई बिभिन्न समूहमा छुट्याई स्वयमसेवक रुपमा बिभिन्न शहरमा उनि हराएको पोष्टर (पर्चा)हरु टासिएको छ । यो क्रम जारी रहेको छ ।
प्रतिक्रिया