जीन्दगी भन्दा ठुलो ग्रीनकार्ड र सम्पति होईन,सन्तान भन्दा ठुलो समाज होईन

नबिन बिक २०८१ भदौ ८ गते २०:०० मा प्रकाशित

भर्खरै अमेरिकाको भर्जिनिया राज्यको मनासास शहरमा घटेको घटनाले सारा नेपाली समाज तथा अमेरीकी नागरीकहरुलाई ठुलो चोट पुर्याएको छ।जहाँ एक नेपाली चेली ममता काफ्लेलाई आफ्नै श्रीमान नरेश भाटले बेपत्ता बनाएको आरोपमा उनका पति जेलमा थुनिएका छन, उनिहरुको १ बर्षकी छोरी पनी छिन।

नरेश भाट अमेरिकी सेनामा काम गरेर सेवा निबृत भएका र अहिले पनि सरकारी जागीरे हुन, राम्रो पढेलेखेका र अफिसर लेभलका मान्छे हुन।तर उनले आफ्नै जीबन संगीनीको यस्तो पाशबिक हत्या किन गरे त? ममता काफ्लेको लास फेला नपारे पनी अब सास पनि नपाईने कुरामा कसैको सायद दुई मत नहोला।

उनी मानबको रुपमा दानब रहिछन। अपराधी जति नै चलाख भए पनी अमेरीकी प्रहरीले एक न एकदिन समाएरै छाड्छ, अरुलाई सके म पनी सकिन्छु भन्ने थाहा हुदा हुदै किन मारे त? श्रीमतीलाई मारेमा भर्खर ११ महिनाकी छोरी के गर्लीन भनेर सोचेन होला र? के उनको दिमागी हालात ठिक थिएन र? किन यस्तो कदम चाल्यो त? यस्ता प्रश्न अहिले सबैको मनमा उब्जिरहेको छ।हत्यारा नरेशले धेरै पहिले देखी प्लान गरेर, कसरी मार्नी, कसरी लास लुकाउने? कसरी प्रमाण नष्टगर्ने? कसरी प्रहरी र मिडिया संग बच्ने? सबै पुर्ब तयारी गरेका रहिछन। हत्यारा जति नै चलाख भए पनि यसको उत्तर समय र थप प्रहरी अनुसन्धानबाट थाहा अवस्य हुनेछ।

मैले चाहे भने यसलाई प्याक गरेर नेपाल पठाई दिन सक्छु वा यसको ग्रीनकार्ड क्यानसिल गरेर घर न घाटको बनाई दिन सक्छु भनेर केटा पक्षमा दम्भ आउछ, अनि केटा पक्षले भरपुर दबाउछ, दलाउन खोज्छ र केटी पक्षले पनी मैले ३ बर्ष अर्थात सिटिजन्स नलिईन्जेल सहनुपर्छ भन्ने भाबनाले ग्रसित छन

ममता काफ्ले र नरेश भाटको चिनजान ममता संगै पढ्ने साथीले गराई दिएको बुझ्नमा आएको छ।ममता २५ बर्षकी र नरेश नरेश ३४ बर्षको थिए र सुन्नमा आएअनुसार उनीहरुको सम्बन्ध ममताका बाबु आमालाई खासै मन परेको थिएन। अनेकौ कारण मध्ये एउटा थियो नरेशको उमेर, उनी ममता भन्दा ९ बर्ष जेठा थिए ।

सम्बन्धमा उमेर धेरै फरक भयो भने बिचार मिल्दैन, बिचार नमिलेसी जीन्दगीमा केही मिल्दैन अनी त्यही बाट कलह सुरु हुन्छ। लभ परिन्जेल र बिबाह गरेर हनिमुन पिरियड चलिरहदा चै केटीले जे गरे पनि मतलब हुदैन, मेरो मुटु, मेरो बेबी भन्दै शिरमा चढाएर राख्छन, मोज गर्छन। बिहे पुर्ब उसलाई बिन्दास मोडर्न केटी प्रेमिका चाहिन्छ, जब बिहे गरेर हनिमुन सकिन्छ , जब पाउने हुन्छन र बच्चा पाउछन ,अनी उसलाई संस्कारी, आफ्नै आमाको पालाको जस्तो घुंघटले मुख ढाक्ने र बोली नफर्काउने श्रीमती चाहिन्छ।असल बुहारी, असल भाउजु, के के चाहिन्छ चाहिन्छ, अनि आफ्नै काईदा कानुन लादेर नियन्त्रण गर्न खोज्छ। अनी अहिलेकी पढेलेखेकी जोकोही ईन्डिपेन्डेन्ट केटीहरुलाई यो कदापि स्विकार्य हुदैन। अनि त्यै बाट कलह सुरु हुन्छ।

अहिले अमेरिकामा के चलिरहेको छ भने, योकेटी कन्डिसनल ग्रीनकार्ड अर्थात बिबाह गरेसी अमेरीका नागरीकको पत्नीलाई दिईने कार्डमा छ, मैले चाहे भने यसलाई प्याक गरेर नेपाल पठाई दिन सक्छु वा यसको ग्रीनकार्ड क्यानसिल गरेर घर न घाटको बनाई दिन सक्छु भनेर केटा पक्षमा दम्भ आउछ, अनि केटा पक्षले भरपुर दबाउछ, दलाउन खोज्छ र केटी पक्षले पनी मैले ३ बर्ष अर्थात सिटिजन्स नलिईन्जेल सहनुपर्छ भन्ने भाबनाले ग्रसित छन।

उनले धेरै पहिले देखी प्लान गरेर, कसरी मार्नी, कसरी लास लुकाउने? कसरी प्रमाण नष्टगर्ने? कसरी प्रहरी र मिडिया संग बच्ने? सबै पुर्ब तयारी गरेका रहिछन

अनि त्यही पनी मन मुटाब भईदिन्छ। मैले यहा उल्लेख गरेको कुरावचै सबैलाई लागु नभए पनि धेरै जनाको मनस्थिति यस्तै प्रकारको हुन्छ। ममताको पनी यस्तै हालत थियो, जुन कुरा उनले बिभिन्न फेसबुक ग्रुपमा हालेकी छिन।

आफ्नो ज्यान भन्दा प्यारो र ठुलो अमेरिकाको ग्रीनकार्ड र सिटिजन होईन, आफुलाई अन्याय भयो भने तुरुम्तै घरेलु हिंसामा केस हाल्न सकिन्छ, र सित्तैमा तपाईको केस लडिदिने र तपाईलाई ग्रीनकार्ड सम्मको बाटोमा लैजान सहयोग गर्ने धेरै संस्थैररु छन। तपाई जति सहनु हुन्छ त्यति तपाईले आफ्नो दुर्गतिलाई निम्तो दिदै हुनुहुन्छ। त्यसैले पहिले घटनामै बिरोध गर्नुस, प्रतिकार गर्नुस। यदि तपाईलाई जुन दिन यो मान्छे संग मेरो जीबन जादैन जस्तो लाग्छ, तुरुन्तै त्यो घर बाट निक्लिएर अन्तै बसाई सर्नुस।अनि बल्ल अरु डिभोर्स सम्पति बाँडफाडको कुरा पछि गर्नुहोला।

जुन माईती वा अन्य नातपाताले तपाईको लागी सोच्दैन भने तपाईले पनि उनीहरुको लागी सोचीरहनु पर्दैन

यदि आफ्नो चेलीबेटी यस्तो अप्ठेरोमा परेको खन्डमा, तपाईहरुले पनि पुर्ण रुपमा साथ र सहयोग गर्नुहोला। तपाईको खोक्रो शान बचाउनलाई तपाईकी छोरी चेलीलाई मृत्युबरण गर्न बाध्य नपार्नुस। संसारमा आफ्नो मान्छेको जीबन भन्दा ठुलो कुरा केही छैन, डिभोर्स हुदैमा, घरबार बिग्रीदैमा संसारै डुब्दैन, के थाहा अझ गतिलो र राम्रो ज्वाई पो पाउनु हुन्छ की? त्यसैले यदि कसैको सम्बन्ध खराब छ भने कहिल्यै पनि जबरजस्ती सन्तानको लागी वा समाजको लागी भनेर नर्कमा बाच्न बाध्य नबनाउनु होला र जस्लाई यस्तो घटना परिरहेको छ, उहाले पनी सोच्नुहोला,जुन माईती वै अन्य नातपाताले तपाईको लागी सोच्दैन भने तपाईले पनि उनीहरुको लागी सोचीरहनु पर्दैन, आफ्नो खुशीको लागी जे गर्दा ठीक लाग्छ त्यही गर्नुहोला,आफु छ त संसार छ, यहाँ आफ्नो खुशी र सुरक्षा आफैले गर्नु पर्छ, आफै जागरुक हुनुपर्छ।

नबिन बि.क, बालेटीमोर, अमेरिका
Navin BK, baltimore , America

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया