अनिलभक्त खरेल
अमेरिकाको मनासस पार्कमा हिटलरलाई नै बिर्साउने किसिमले नेपाली समुदायमा घटेको कारुणिक, क्रुर, विभत्स, बर्बरतापुर्वक गरिएको घटना निन्दनीय छ । यस घटनाका कारण एकातिर सबैको मन, मस्तिष्क खल्बलिएको छ भने अर्कोतिर अमेरिका, अष्टेलिया, युरोपतिर बस्नेहरु प्रति सामाजिक सञ्जालमा तीखो प्रहार भैरहेको छ ।
यो परिघटनाले अमेरिका मात्र हैन नेपाल लगायत विश्वमा छरिएर रहेका कुनैपनि नेपाली श्रीमान, पिता, पुत्र, नाती, दाजु, भाई, श्रीमा ज्वाँई, भान्जा लगायतका पुरुषको शीर निहुरिएको छ । समुदायमा एकजनाले गरेको गलत कार्यले सिंगो देश, जाति, भाषिक, समुदाय, वर्ग, पेशा, क्षेत्र, लिंगलाई हेर्ने सोचमा मानिसको फरक दृष्टिकोण आउनु स्वभाविक नै हो ।
यस घटनाका कारण एकातिर सबैको मन, मस्तिष्क खल्बलिएको छ
एउटा अमेरिकन आर्मी जस्तो अनुशासित अफिसर पदसम्म पुगेका व्यक्तिबाट यस्ता निकृष्ट, क्रुर र जघन्य, कार्य हुनसक्छ भने समाजले को प्रति भारोक्ष्सा र विश्वास गर्ने ? एऊटै बेडमा सुत्ने मान्छेलाई विश्वास र भरोसा नगरे कस्लाई गर्ने ? भरोसा गर्ने एऊटै आधार छ जुन औलामा विष लाग्यो त्यही झर्छ र त्यही काटिन्छ । अरु औलामा बिष नसरोस् भनेर सबैजना सचेत चाँही हुनैपर्छ ।
हुन त नेपाली समाजमा घटेको यो नै पहिलो घटना भने होईन । नेपालमै १२ वर्ष अगाडि सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाले आफ्नी पत्नी गीता ढकाललाई घरमा मारेर हेटौडा जाने जंगलमा फालेका थिए । त्यसबेलाम पनि समाज स्तब्ध नै बनेको थियो । त्यसैगरी अमेरिकाकै ओहायो राज्यमा नेपाली भाषी जेम्स रिमालले पनि फेब्रुअरी २१ मा आफ्नी श्रीमती चन्द्रमाया पौडेल रिमाललाई मारेका फालेका थिए ।
उनले पनि ६ दिनपछि मात्रै श्रीमती हाराएको प्रहरीमा ऊजुरी गरेका थिए । ती हत्यारा जेम्स रिमालले जुन ९ मा कारागारमा नै झुण्डिएर आत्महत्या गरिसकेका छन् र उनको दाहसंस्कार भैसकेको छ । यस्ता घटना बारम्बार दोहोरिनु एकदम दुःखद र निन्दनीय छ । यी त केही उदाहण मात्रै हुन् यस्ता घटनाका समाचार दिनानुदिन घटिरहेका छन् ।
नेपालमै १२ वर्ष अगाडि सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाले आफ्नी पत्नी गीता ढकाललाई घरमा मारेर हेटौडा जाने जंगलमा फालेका थिए ।
६ महिनाको अन्तरालमा अमेरिकामा अमेरिकन नेपाली र नेपाली भाषीले गरेको श्रीमती हत्याका कारण आप्mना चेलिबेटीहरु युरोप अमेरिका बस्ने केटा भन्ने बित्तिकै मरिहत्ते गरेर बिहे गर्न खोज्ने केटी र तिनका अभिभावकलाई भने सोच्न बाध्य तुल्याएको छ । युरोप, अमेरिकामा बस्नेहरु कुनै न कुनै मासिक तनावबाट गुज्रिरहेका त छैनन् त्यतापनि ती अभिभावकको ध्यान जाओस् ।
हैनभने १ वर्षको अन्तरालमा नेपाली समुदायमा घरायसी झगडाका कारण दुई पुरुषहरु (न्युयोर्कका सामाजिक अभियन्ता अर्जुन मैनाली तथा टेक्सासका अभियन्ता कृष्ण लामिछाने) तथा दुई महिललाहरु (मनासस पार्ककी ममता काफ्ले र ओहायोकी चन्द्रमाया पौडेल) गरि ४ जनाले किन ज्यान गुमाउनु पर्यो सोचनीय छ ।
हुन त नरेश भट्ट, जेम्स रिमाल, रञ्जन कोईराला जस्तै सबै श्रीमान, पिता, पुत्र, नाती, दाजु, भाई, ज्वाँई, भान्जा हुदैनन् । त्यस्तै सबै श्रीमती, छोरी, आमा, बुहारी, नातिनी, दिदी, बहिनी, भाञ्जीको नियती ममता काफ्ले, चन्द्रमाया पौडेल, गीता ढकालको पनि हुँदैन र नहोस् पनि । त्यसैगरी अमेरिकाका सबै पुरुषहरु अर्जुन मैनाली र कृष्ण लामिछाने जस्ता समस्यासंग भाग्ने पनि नहोलान् र नहुन् पनि ।
जसरी दाऊरा नठोसी राम्रोसंग बल्दैन त्यसैगरी श्रीमान श्रीमती बीच सानातिना ठाकठुक पर्नुलाई सामान्य मानिन्छ । सीमा नाघेपछि त्यो बाहिर निस्कन्छ, निस्कयो पनि । भनिन्छ नि झगडा र आगो बिऊ ठुलो चाहिदैन । यी दुवै बिऊलाई सानोमा नै निदान गर्न सकिएको भए आज एक अबोध १ वर्षकी बालिकाले आमा बाबुको काख गुमाउनु पर्ने थिएन ।
भनिन्छ नि झगडा र आगो बिऊ ठुलो चाहिदैन ।
होला ममताको पक्षबाट पनि केही कमजोरी भएका थिए होलान् ? तर पनि सानोतिनो गल्तीको सजाय क्रुर, बिभत्स, बर्बरतापुर्वक हत्या हुनु हुँदैनथ्यो र मान्य पनि छैन । “त्यसैले जीवन आफुले जिऊने हो, आफुलाई सजिलो नभए कसले के भन्ला भनेर आफनो ज्यानको बाजी नखेलौं, कसैले पनि परेको बेला सहयोग गर्दैन, आफनो लागि आफै सोचौ ।”
जहाँसुकै जुन अवस्थामा भएनि आत्माले चीर शान्ति पाओस् ।
अस्तु । भर्जिनिया, अमेरिका
प्रतिक्रिया