बरिष्ट साहित्यकार डा. दामोदर पुडासैनीबाट कफी विथ किताब कक्ष उद्घाटन

इनेप्लिज २०८१ भदौ १० गते १०:३६ मा प्रकाशित

काठमाडौको बसुन्धरामा सन्चालित डायमण्ड रेष्टुरेण्ट एण्ड बैङ्क्वेटमा डायमण्ड कफी विथ किताब कक्ष शुरू गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि बरिष्ट साहित्यकार डा. दामोदर पुडासैनी किशोरले आज एक समारोहबिच उक्त कक्षको उद्घाटन गर्नुभयो ।

सो अबसरमा डायमण्ड रेष्टुरेण्टमा पुगेका ग्राहकहरूले बिभिन्न खाद्य र पेय पदार्थहरूको साथसाथै पुस्तककोपनि स्वाद लिन सकुन् भन्ने उद्देश्यले यस्तो कक्ष संचालन गरिएको जानकारी दिइयो ।

प्रमुख अतिथि डा . दामोदर पुडासैनीले सो अवसरमा रेष्टुरेन्टहरूमा पुस्तक पनि उपलब्ध गराउँदा ग्राहकहरूमा सकारात्मक मानसिक असर पर्ने र पठन सँस्कृतिको पनि बिकास हुने कुरा बताउँनु भयो ।

सो कार्यक्रम सँचालन गर्न डायमण्ड रेष्टुरेण्टले र्याक सहितको कक्षको ब्यबस्था गरेको छ । उक्त कक्षमा डा . दामोदर पुडासैनीले लेख्नुभएका अठार पुस्तकहरू राखिएका छन् । ती पुस्तकहरू आजै डा. पुडासैनीले डायमण्ड रेष्टुरेन्ट एण्ड क्याफेका प्रोपाइटर लीला कँडेललाई हस्तान्तरण गर्नुभयो ।

सभाध्यक्षको आसनबाट प्रोपाइटर लीला कँडेलले डा. पुडासैनीकै प्रेरणाबाट रेष्टुरेण्टले कफी विथ किताब कक्ष सँचालन गरेको र यसले रेष्टुरेण्टको साख बढने र बौद्धिक पाठकहरूको समेत रेष्टुरेण्टमा आकर्षण बढने विश्वास ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा आनन्द श्रेष्ठ, पार्वती पुडासैनी , मेलिना राई आदिले यस किसिमको कार्यक्रम सँचालनले समाजमा असल सँस्कारको विकास हुने धारणा ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया