हामी छोरा मान्छे जति सवैलाई अपराधी जस्तो सोच्न थालिसके समाजमा – गोविन्द कोइराला

इनेप्लिज २०८१ भदौ १२ गते १:२० मा प्रकाशित

अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा बस्दै आएका गोविन्द कोइरालाले ममता काफ्ले बेपत्ता भए पछि र उनको पति नरेश भट्टलाई पक्राउ गरि कारागारमा लिए पछि समाजले पुरुष मान्छेलाई हेर्ने दृष्टिकोणमा फरक भएको आफ्नो विचार पोखेका छन्।

समाजमा छोरा मान्छे जति सवैलाई अपराधी जस्तो सोच्न थालिसकेको आफूलाई लागेको लेखेका छन् । उनि अगाडी लेख्छन ,हाम्रो पनि आमा छन,छोरी छन,दिदी वहिनी छन,सम्झदा हामीलाई पनि आसु आउछ तर समाजले छोरो मान्छे रुनु हुदैन भन्छ ।

अपराध कुनै लिंग विशेषले भन्दा पनि नकारात्मक सोचले गर्ने हो । आज तराई क्षेत्रमा हुने अधिकांश घरेलु हिसामा सासु र नन्दको सहभागिता हुने गर्छ। हिजो ममतालाई पिट्ने ममताकी सासु पनि महिला नै हुन भनि आक्रोश पोखेका छन् । यो उनको भनाई हो । ईनेप्लिजले यो कुरालाई पुष्टि गर्न सक्दैन ।

अपराध आखिर अपराध हो ,चाहे महिलाले गरुन वा पुरुषले । उनले आफ्नो छोटो विचारमा सल्लाह र सुझाव पनि दिएका छन् । उनि भन्छन् , हामी पुरुषहरुले पनि श्रीमतिको अनुहारमा एउटी आमा,दिदी वहिनी वा छोरीको अनुहार देख्न सकौ । त्यस्तै महिला दिदी वहिनीहरुले पनि श्रीमानको अनुहारमा एउटा वाउ वा दाजु भाईको अनुहार देख्न सक्नुहोस भन्दै हामी सवैमा सकारात्मक उर्जाको विकास होस् भनि कामना गरेका छन्।

प्रत्येक शुभ विहानीमा नित्य सुमधुर भजन र शंख ध्वनि सुन्ने गरौ भन्दै आग्रह गरेका छन् ।

साथै प्रत्येक वेलुकी शयन कक्षमा गईसकेपछि कल्पनामा भगवानको आकृति वा तस्वीर कल्पना गरेर गरौ सुत्ने गरौ । यसले नकारात्मक सोच र सपनाहरुलाई कम गर्न सहयोग पुग्ने लेखेका छन् ।

प्रतिक्रिया