मान्छे म त चुलबुली चुलबुली
लाएकी छु नाकैमा फुली
हातैमा चुरा छनछन छनछन् छन्
लजाउने बानी मेरो चुलबुली छ यो मन !!
तिजको अबसर पारेर गायिका रीता श्रेष्ठको डान्स भर्सनको गीत हालै आफ्नै युट्युब च्यानल रिदम म्युजिक प्लस मार्फत रिलिज भएको छ।जुन गीतमा शब्द शमिर राई, संगीत आदेश गुर्बाचन, संगीत संयोजन बिसन मानन्धर र स्वर रीता श्रेष्ठ को रहेको छ।
रीता श्रेष्ठ हाल अमेरिकाको भर्जिनिया राज्यमा बस्नु हुन्छ भने उहां परदेश रहेर पनि आफ्नो ब्यस्तता समयबाट बचेको समय नेपाली गीत संगीतलाई नै दिनु हुन्छ र गीत संगीत प्रतिको आफ्नो चाहनालाई बचाइ राख्न बेला बेलामा यस्तै मिठो मिठो गीतहरु ल्याइरहनु हुन्छ।
गायिका रीता श्रेष्ठलाई माया गरी उहांको यस्तै मिठो मिठो गीतहरु सुन्न चाहनु हुन्छ भने उहांको युट्युब च्यानल रिदम म्युजिक प्लस लाई पनि like and subscribe गरिदिनु हुन रीता श्रेष्ठले बिशेष अनुरोध गर्नु भएको छ।
प्रतिक्रिया