अमेरिकाको केन्टकी राज्यमा रहेको लुभिल शहरमा त्यहॉ बस्ने नेपाली समुदाय जस्ले नेपाली कला भाषा संस्कृति मन पराउछन उहॉहरुको सक्रियतामा मोती जयन्ती भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व अनेसास केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहालले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो ।
अनेसास अमेरिकाका वर्तमान अध्यक्ष सर्वाज्ञ वाग्ले त्यस्तै अतिथिको रुपमा यहाँका स्थानिय संस्थाहरुलाई आमन्त्रित गरिएको थियो ।
स्थानिय संस्थाहरुमा नास्क लुभिल, एन्का लेक्जिड्टन, एन आर एन ए केन्टकी च्याप्टर, ईनास केन्टकी, सुदुर पश्चिम समाज, बि एच के, भुटनिज हिन्दु सोसाईटी, लुभिल किरात समाज, विश्व मानव धर्म समाज, हिमालय ताईकन्दो, र अन्य समाजसेवी सहयोगदाताहरुको उपस्थिति थियो ।
अनेसास अमेरिकाका अध्यक्ष सर्वाज्ञ वाग्लेले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो त्यसमा अनेसास केन्टकी च्याप्टरका अध्यक्ष र उपाध्यक्षले सहयोग गर्नु भयो भने अनेसास केन्टकी च्याप्टरकी उपाध्यक्ष रेखा जोशीले प्रमुख अतिथिलाई खादा ओडाएर सम्मान गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा मोतीराम भट्टका बारे जानकारी राख्नु भएको थियो अनेसास की उपाध्यक्ष रेखा जोशीले त्यस लगत्तै कार्यक्रममा रचनावाचन सुरुभएको थियो । खेम रेग्मी, चम्पा अर्याल,किसोर सुवेदी,दिनेश अर्याल, थोमस वास्तोला, श्रेया खरेल, लक्ष्मी रेग्मी , बद्री दाहाल, अर्जुन थापा , अतुल पोख्रेल, जिवन निरौलाले गजल तथा आफ्ना सृजना वाचन गर्नु भएको थियो । त्यस्तै गुन्जय सापकोटा रुपेश ताम्राकार,राजु रसाईली, आदित्य बिष्ट ले गजल तथा गीत गाउनु भएको थियो र सानी नानी प्रिसा पौडेलले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अनेसास अमेरिकाका अध्यक्ष सर्वाज्ञ वाग्लेले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै उहॉले हामीले नेपाली भाषा साहित्यका माध्यमबाट हाम्रा आउदा पिढीलाई जोड्नु पर्छ ।
प्रवासमा बसेर लेख्ने हरेका कलमप्रेमीहरुको अभिलेखन तथा त्यस्को अर्काईभको व्यवस्था गर्नु पर्छ यो हाम्रो दायित्व हो भन्नु भएको थियो । हामी हाम्रा नानी बाबुहरुलाई नेपाली भाषा संस्कृतिको ज्ञान बाड्दै नेपाली भाषालाई विश्व व्यापी गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमको अन्तमा बोल्दै कार्यक्रम सभापतिले हामी नेपाली साहित्य भाषा संस्कृतिमा अझ सदस्य जोड्दै आउदादिनहरुमा अझ बृहत कार्यक्रम गर्दै जाने जानकारी गराउनु भयो । अग्रजलाई सम्मान अनुजलाई माया गर्दै सबै एकै थलोमा अटाउने सबैको साझा संस्था बनाउने कुरामा जोड दिनु भयो । कार्यक्रम संस्थाका सचिव जीवन निरौलाले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया