संस्थागत तथा निजी विद्यालय तथा महाविद्यालयमा कार्यरत प्राध्यापक/शिक्षक/कर्मचारीहरूको पेसागत संस्था निस्टाको पाँचौँ स्थापना दिवसको सुअवसरमा “निस्टा आवाजः सृजनामा श्रम आवाज” भन्ने मूल नाराका साथ मिति २०८१ साल आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँको सिद्धिचरण सभाकक्षमा भव्यताका साथ आयोजना गरिने राष्ट्रव्यापी बृहत् खुला कविता प्रतियोगितामा सहभागी हुन चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण कविहरूबाट कविता आह्वान गरिएको छ ।
कविता प्रतियोगितासम्बन्धी सर्त तथा नियमहरू:
१. कविता प्राध्यापक, शिक्षक एवं आम श्रमिकहरूको कर्तव्य र अधिकार, श्रम चेतना, श्रम सम्बन्ध, ट्रेड युनियन आन्दोलनको अभ्यास, ट्रेड युनियन संस्कृति जस्ता विषयक्षेत्रभित्र रहेर शास्त्रीय लोक वा मुक्त लय ढाँचामा मौलिक तथा प्रतियोगिता अवधिसम्म अन्यत्र प्रकाशन–प्रसारण नभएको हुनुपर्ने छ ।
२. कविता प्रीति/युनिकोड फन्टमा टाइप गरी हालसालैको एकप्रति पासपोर्ट साइजको फोटो तथा कविको सङ्क्षिप्त परिचयसहित पठाउनुपर्ने छ ।
३. निर्धारित समयभित्र प्राप्त भएका कविताहरूलाई निर्णायक मण्डलबाट मूल्याङ्कन गराई कविहरूको सङ्क्षिप्तसूची प्रकाशित गरिने छ ।
४. निर्णायक मण्डलद्वारा वाचनका लागि छनौट भएका कविहरूलाई असोज १६ गतेको अन्तिम प्रतियोगितामा सहभागी गराइने छ । कविता वाचनका लागि उपत्यका बाहिरबाट आउनु पर्ने कविहरूलाई तोकिएबमोजिम आवागमन तथा वासस्थानको सुविधा उपलब्ध गराइने छ । साथै विदेशबाट कविता पठाई छनोटमा पर्नुभएका कविहरूको कविता प्रविधिको प्रयोगद्वारा प्रत्यक्ष वाचन गराइने छ ।
५. अन्तिम प्रतियोगिताका लागि छनोट भएका र अन्य उत्कृष्ट कविताहरू समावेश गरी सङ्ग्रहका रूपमा कृति प्रकाशित गरिने छ ।
६. कविता मिति २०८१ असोज ८ गते बेलुका १२ बजेभित्र [email protected] इमेल ठेगानामा पठाउनु पर्ने छ ।
७. छनोट भएका कविताबाट वाचन समेतको मूल्याङ्कन गरी चारजना कविहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिनेछ । पुरस्कारसम्बन्धी विवरण निम्नानुसार रहने छः
क) प्रथम पुरस्कार : १ जनालाई नगद रू ५०,००० तथा प्रमाणपत्र
ख) द्वितीय पुरस्कार : १ जनालाई रू ३५,००० तथा प्रमाणपत्र
ग) तृतीय पुरस्कार : २ जनालाई रू २०,००० तथा प्रमाणपत्र
८. कविता प्रतियोगितासम्बन्धी सर्वाधिकार प्रतियोगिता आयोजना समितिमा निहित रहने र निर्णायक मण्डलको नतिजालाई अन्तिम मानिने छ ।
९. कविता प्रतियोगिता सम्बन्धी थप जानकारी लिनु परेमा कार्यक्रम संयोजन समितिमा रहनु भएका सुधा भट्टराई (९८४१५४५९३०), रामरञ्जन पौडेल (९८४१४५७४३८), एकराज दाहाल (९८५१३४९१३८) लाई सम्पर्क गर्न सक्नुहुने छ । प्रदेशगत संयोजनको लागि श्री किरण कोइराला, कोशी प्रदेश ९९८४१८११३७७०, श्री महादेव कुश्वाहा, मधेश प्रदेश ९९८४५०९९२३९०, श्री देवकान्त काफ्ले, वागमती प्रदेश ९९८४५२१२३४४०, श्री उदय नेपाली, गण्डकी प्रदेश ९९८५६०५४६५६०, श्री विष्णुप्रसाद भण्डारी, लुम्बिनी प्रदेश ९९८५७०२९२७४०, श्री यामराज गिरी, कर्णाली प्रदेश ९९८४८०३७३०००, डा. योगेन्द्र बजगाइँ, सुदूरपश्चिम प्रदेश ९९८५८४२३०६९० लाई सम्पर्क गर्न सकिने छ ।
१०. विदेशका लागि स्थानअनुसार सहजीकरण सल्लाहकारका रूपमा रहनु भएका व्यक्तित्वहरूः–
(क) उत्तर अमेरिका ; डा. जितु उपाध्याय (क्यानाडा), सुरेन उप्रेती (क्यानाडा), टङ्क चन्द
(यूएसए), पङ्कज दाहाल (टेक्सास)
(ख) अष्ट्रेलिया : महेश्वर शर्मा (अनेसास, पूर्व उपाध्यक्ष, अन्तर्राष्ट्रिय समिति), हरि अधिकारी
(अनेसास, उपाध्यक्ष, अन्तर्राष्ट्रिय समिति), डा.केशव शर्मा (वृसबेन), तुलसा पाण्डे
(क्यानबेरा)
(ग) युरोप: मुकुल दाहाल (अनेसास, स्कटल्याण्ड), ईश्वर शर्मा (स्कटल्याण्ड), रमेश भट्टराई ‘तेन्गम’ (पोर्चुगल), कृष्ण बजगाईं (बेलायत)
(घ) अरब तथा मध्य पूर्व: माया के.सी. (अनेसास, पूर्व अध्यक्ष, कतार), दीप मिलन (कतार)
(ङ) पूर्वी एशिया: लक्ष्मण दाहाल (नेजसस, उपसभापति, द. कोरिया), लोकराज न्यौपाने
(अनेसास, कोरिया), डा.लेखनाथ काफ्ले (ताईवान), चूडामणि भण्डारी (द. कोरिया), रबिन शर्मा (अनेसास, पूर्व अध्यक्ष, जापान), सोम सुवेदी (मलेसिया)
(च) भारत तथा सार्क : नवीन पौडेल (कालेम्पोङ), रत्ना सुब्बा (अनेसास, भारत), राजु पाठक
(कोलकाता), सृष्टि पौडेल र दीपक पन्थ (मणिपुर)
प्रतिक्रिया