डिसी क्षेत्रमा हुने “कलिवुड नाईट २०२४” को तयारी तीब्रगतिमा अगाडी बढी रहेको र कुनै कसर नछोड्ने प्रतिबद्धता आयोजकले गरेका छन् । बिगत बर्षमा झैँ अझ माझिने र थप उत्कृष्ट प्रस्तुती गर्न अहोरात्र मेहनत गरि रहेको केसी डान्स सेन्टरका नबिन केसीले ईनेप्लिजलाई बताए ।
यस पटक पहिलो पटक प्रत्यक्ष लोक दोहोरी प्रस्तुती हुने भएको छ । “कलिवुड नाईट” २०१४७ बाट शुरुवात भए देखि दोहोरी गीतको प्रत्यक्ष प्रस्तुती यस बर्ष गरिन लागिएको हो । दर्शक र समुदायको आग्रह र अनुरोधलाई विशेष महत्व दिदै लोक दोहोरी राखिएको केसीले बताए ।
कलिवुड नाइट २०२४ छैठौ हो भने २०१९ को कलिवुड नाईट पछि फेरि सुपर मम्स(महा आमा)हरुको बेजोड प्रस्तुती हुने भएको छ ।
पहिलो पटक आयिजना हुने लाईभ लोक दोहोरीमा वरिष्ठ लोक तथा दोहरी गायक भगवान भण्डारी, चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल तथाचर्चित गायिका रेशमा सुनुवारले प्रस्तुती दिने छन् ।
साथमा केसी डान्स सेन्टरका प्रतिभाशाली कलाकारहरुद्वारा विभिन्न जनजाति तथा आधुनिक नृत्यहरुको बेजोड पप्रस्तुति हुनेछ । यस बर्ष १०० जना भन्दा बढी कलाकारहरुले “कलिवुड नाईट २०२४” को रंगमंचमा आफ्नो कलाकारिता देखाउने छन्। यस पटकको नारा “तपाईहरुको उपस्थिति हाम्रो हौसला “ राखिएको छ ।
आयोजकले बिगत बर्ष झैँ यस बर्ष आयोजना हुने कार्यक्रम समय मै शुरु ,समय मै अन्त ,कुनै भाषण नहुने ,कुनै आसन ग्रहण नहुने,केवल मनोरंजन मात्र हुनेछ । साथै आयोजकका अनुसार हसाउने ,गवाउने ,नचाउने वाचा गरेका छन् ।
टिकट दर ३०,५० र १०० राखिएको छ ।
कार्यक्रमः Saturday, Sept 28th
Time: Sharp 5:30 Pm.
Theater door open: 4:45 Pm
Vendors open: 3 Pm.
कार्यक्रममा मध्यान्तर (ब्रेक )नहुने :
Tickets:
General: $30
Premiere: $50
VIP: $100
For Details: 703.386.6457/ 703.362.7255/ 202.674.7174/ 703.302.0338
No Tickets for Lap Baby.
कार्यक्रम स्थल :
Venue: Hylton Performing Arts Center, Manassas
10960 George Mason Cir.
Manassas, VA 20110
प्रतिक्रिया