बोस्टन, अमेरिका
अनेसास बोस्टनले आज मिती 2024 सेप्टेम्वर 15 का दिन बिभिन्न कार्यक्रमका साथै कविता तथा गजल वाचन गरेर
मोती जयन्ती मनाएको छ।
उक्त समारोहको सभापतित्व अनेसास बोस्टनका वरिष्ठ उपाध्यक्ष विजय शर्माले गर्नु भएको थियो। समारोहमा बोस्टन
च्याप्टरका अध्यक्ष महेश्वर पन्त, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, वर्तमान वरिस्ठ उपाध्यक्ष लालगोपाल
सुवेदी, राजमित्र प्रतिस्ठानका समंरक्षक सुसिल नेपाल। बोस्टन च्याप्टरका कोषाध्यक्ष तथा हिमालयन लायन्स क्लवका
अध्यक्ष थानीरत्न कंडेल, ब्लड डोनर्स अफ अमेरिका म्यासाचुसेट्सका अध्यक्ष राम थापा, प्याबफोन बस्टनका बिओटी
सभापति सुशील पौडेल, प्याबफोन बोस्टनका कार्यसमिति अध्यक्ष बिरोचन नेपाल, नेपाली पशुपतिनाथ मन्दिरका पडिंत
गोकुल कंडेल लगायत अनेसासका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु सहित साहित्यकार साहित्यानुरागीहरुको बाक्लो
उपस्थिति थियो।
कार्यक्रमको पहिलो चरणमा अनेसासका केन्द्रिय निवर्तमान अध्यक्षको बिदाई र हालै निर्वाचित वरिष्ट उपाध्यक्षको स्वागत
कार्यक्रम थियो। सो समारोहलाई सम्बोधन गर्दै बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले दुबै स्रष्ठाहरुलाई खादा
पहिराऊँदै स्यागत तथा बिदाईका दुई शब्द राख्नु भएको थियो। बोस्टनको कार्यसमितिले पाएको माया र अब पाउने माया
दुबैको मुल्याकंन हुने भन्दै अध्यक्षले निवर्तमान अध्यक्षले गर्दा बोस्टन च्याप्टरलाई विश्वब्यापीकरण गर्न सजिलो भएको
भन्नु भयो। त्यसै क्रममा बोल्दै निवर्तमान अध्यक्ष गोवर्धन पूजाले पनि बोस्टनले आफुलाई सफल बनाउनमा ठूलो भूमिका
खेलेको भन्दै सबै कार्ससमिति सदस्यहरु र आजीवन सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमलाई स्वागत भाषण गर्दै सदस्य दिपेन्द्र पोखरेलले मोती को बारे पनि सानो कथा र उनको एक गजल वाचन गर्नु
भएको थियो। अन्तमा धन्यवाद ज्ञापन गर्दै वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीले बस्टनका कार्यसमिति सदस्यहरु र सबै
मतदाताहरुलाई धन्यवाद भन्नु भएको थियो।
मोतीको समंझनामा कविहरु विनिता काफ्ले, दिपा राई पून, अभि गजुरेल, थानीरत्न केंडेल, भीम पाध्याय, प्रकाश खड्का,
महेस्वर पन्त, गोवर्धन पूजा, लालगोपाल सुवेदी, सुशिल नेपाल, हरि काफ्ले ‘शैव’ लगायतले हाईकु, कविता तथा गजल
वाचन गरेका थिए।
अन्तमा कार्यक्रमलाई अर्को मोड दिँदै बोस्टन च्याप्टर अध्यक्षले आगामी वर्ष 2024 देखी 2026 सम्मका लागि नयाँ
कार्यसमितिको चयन गर्नका लागि निर्वाचन समितिको नाम सुनाऊँदै सम्योजकमा गोवर्धन पूजा, सह-समंयोजकमा हारि
काफ्ले र सदस्यमा सानु वर्मा अधिकारिको नाम तोक्नु भएको थियो र समितिले तालि बजाएर अनुमोदन गरेको थियो।
उक्त समितिले यही अक्टुवरको 25 तारीख सम्ममा निर्वाचन सम्मपन्न गरेर नयाँ कार्यसमितिको घोषँणा गर्नु पर्ने छ।
अनेसास बोस्टनले नोभेम्वरको पहिलो हप्ता साधारण सभा तथा लक्ष्मि जयान्ती गरेर नयाँ कार्यसमितिको पद
हास्तान्तरण समेत गर्ने छ। सोहि अवसरमा अनेसासका नयाँ बोर्डअफ ट्रस्टि द्वए थानीरत्न कंडेल र बिरोचन नेपाललाई
बिओटिमा आउन स्वागत र बधाई दिँदै गोवर्धन पूजाले खादा लगाएर सम्मान गर्नु भएको थियो।
उक्त कार्यक्रममा बोस्टन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विजय शर्माज्यूको जन्मदिनको उपलक्ष परेकोले बोस्टन च्याप्टरले
जन्मदिनको शुभकामना दिँदै मीठो केक काटेर मनाईएको पनि थियो।
अन्तमा शभाका सभापति विजय शर्माले शभा विसर्जन गर्दै बोस्टन च्याप्टरका सबै पदाधिकारी तथा आजीवन
सदस्यहरुलाई मिलेर काम गर्न सुझाउनु भएको थियो।
कार्यक्रमको सन्चालन सचिव प्रकाश खडकाले गर्नु भएको थियो।
कार्यक्रम 594 वासिगंटन स्ट्रिट, ब्रेनट्रि, बोस्टन म्यासाचुसेट्स, नेपाली कम्यूनिटि सेन्टरमा गरिएको थियो।
प्रतिक्रिया