नेपाली राजदूतावासले,आफनै भवन वासीङटन डिसीमा यहि भाद्र ३० गते नेपालका युगकवि स्वर्गीय मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा एक कवि गोष्ठीको आयोजना गरेको थियो । सो कार्यक्रम कार्यवाहक राजदूत कुमार राज खरेलको नेतृत्वमा राजदूतावासका सम्पूर्ण कुुटनैतिक तर्फबाट तपाईहरुलाई स्वागत गर्दर्छौ भन्नु भयो । कुटनैतिक कर्मचारीहरु तथा स्थानीय कर्मचारहरुले आफ्नो सहभागिता जनाएका थिए, “हामीहरु केहि समयका लागि आऊछौ, बिस्तारै चिनजान हुने समयमा हाम्रो फर्कने समय हुन्छ” तपाईहरुले नेपाल बाहिर रहेर पनि आफनो देशको कला संस्कृतीहरुलाई जोगाई राख्नु भएको छ, त्यसका लागि मातृभूमी नेपालले सदा प्रसंसा गरिरहने छ भन्नु भयो ।
कार्यक्रमको संचालन पहिलो चरणको राजदूतावासका सेकेन्ड सेक्रेटरी उत्तम घिमिरेले गरेका थिए भने बाकि साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेका थिए । साहित्यकार बसन्त श्रेष्ठले मोतिराम भट्टको नेपाली साहित्य विकासको बारेमा प्रकाश पारेका थिए । मेरिल्याण्ड, भर्जिनिया तथा पेन्सिलभनियका साहित्यकारहरुको उपस्थितीले उत्साहको माहौल सृजना भएको थियो राजदूतावासका बैठक हलमा ।
अन्तरास्ट्रिय साहित्य समाजका संस्थापक अधक्ष्य होमनाथ सुवेदी,आजीवन सदस्य डिग बहादुर तामाङ्ग, अन्तरास्ट्रिय साहित्य समाजका पूर्व अधक्ष्य बसन्त श्रेष्ठ, प्राडा हरिराज भट्टराई, प्रोफेसर शरद निरौला, प्रेम सग्रौला, लोकनाथ तिवारी,खसखस डटकम तथा अमेरिकी कोठे कविका संस्थापक बासु श्रेष्ठ, सुदिप भद्र खनाल,महिला कवियात्रीहरु मन्जु निरौला, तारा पाराजुली, पुष्प खनाल, सीता पाण्डेहरुले आफना कविता बाचन गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यवाहक राजदूतले सहभागी कविहरुलाई प्रमाण पत्र वितरण पछि अन्तमा स्वदिष्ट भोजनद्वारा आतिथ्य सत्कार गरेका थिए।
डिग बहादुर तामाङ्ग,मेरिल्याण्ड, अमेरिका
प्रतिक्रिया