यति लामो जिन्दगी साथै बितायौ।
भगवानसग आज एउटा बर्दान मागौ।
म राझा बन्छु तिमी हिर बन।
तिमी मेरो भाग्य बन म तिम्रो निमित्य बन्छु।
विभिन्न रङ्गका गुलाफका फुलहरु,
तिम्रो कालो कपालमा सजाउछु।
तिम्रा हरेक मुस्कान समेटेर,
तिमीलाई दिलमा सजाउछु बसाउछु।
भगवानको दिब्य दृस्टी नखुले,
भगवानको दिब्य दृस्टी खोल्न,
तिमी मेरो मुमताज बन आज देखि ,
म तिम्रो शाहजाहा बन्छु।
सबैको दिलमा चाहना हुन्छ ।
हरेक चाहनाको साथमा मुमताज हुन्छ।
हरेक मानिसले ताजमहल बनाउन,
कसरी सक्छन र प्रिय ?
सबैले सबै केटिका भावना,
पढन कसरी सक्छन र प्रिय ?
सजिलै सबैले मुमताज जस्ती ,
स्वप्न सुन्दरी कसरी पाउन सक्छन र?
जहाँ तिमी चादनी झै चम्किन्छौ ।
त्यही हेरेर रात कटाउछु म।
तिमिलाइ भेटन नसके पछि ,
तिमिलाइ हेर्ने समय गुमाउदिन म।
ए तीन त्रिलोकका सम्राट सुन,
मुमताजले मलाई छोडेर गएपछी अब,
मुमताजको अनुहारको झझल्को दिने,
सगमरमरको सुन्दर ताजमहल बनाउछु।
शाहाजहाका गरेक शब्द दिलमा गाडिए,
सम्राट आसुले मेरो अनुहार पखालियो।
जहाँ शाहजहा उभिएर मलाइ हेदै थिए।
त्यहा मेरो चिहान थियो।
ताजमहल भित्र अमर प्रेम जोडिको,
एउटै चिता देखिने स्तम्भ बनाएर,
यो हाम्रो प्रेम पिडाको स्तम्भ हेर्ने,
सबै प्रेमीका आखाबाट आँसु झारी दिन्छु।
यो ससारका हरेक दुखी प्रेमी ,
यो ताजमहलको अगाडी पुगेपछी,
अतीत सम्झिदै आँसु पिउदै,
हाम्रो अमर प्रेम सम्झिने छन।
हाम्रो फेरि भेट मुमताज,
ती प्रेमी को दुखेको दिलमा हुनेछ।
प्रतिक्रिया