बागलुङ घर भै हाल अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियामा बसोबास गर्ने बागलुँगेहरुले बागलुङ समाज भर्जिनियाको स्थापना गरेका छन् ।
गत १५ सितंबर २०२४ मा सम्पन्न बागलुङ समाज भर्जिनियाको वनभोज पिकनिक कार्यक्रममा करिव २५० को संख्यामा उपस्थित भएका थिए
उक्त वनभोज कार्यक्रममा महिला छेलो प्रतियोगिता ,पुरुष छेलो तथा बच्चाहरुको चम्चा दौड़ प्रतियोगिताहरुको समेत आयोजना गरिएको थियो ।
बागलुङ क़रीब १२,५०० किलोमिटर टाडा रहेर पनि एकै ठाउँमा जम्मा भै रमाईलो गर्दै कार्यक्रम सम्पन्न गरिएको छ ।
पिकनिक कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण बागलुङवासीको सर्बसम्मत निर्णयबाट लालकुँवरको अध्यक्षतामा ११ सदस्यीय बागलुङ समाज भर्जिनियाको स्थापना भएको छ । साथै ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको गरिएको छ ।
समितिमा आवश्यकता अनुसार कार्यसमिति थप गर्न सकिने र समितिले आगामी बर्ष चैते दशै कार्यक्रम र समर पिकनिक तथा तीज कार्यक्रम संचालन गर्नेछ ।
बागलुङ समाज भर्जिनियाको कार्यकारी समिति तथा सल्लाहकार समिति यस प्रकार छ :
अध्यक्ष – लाल कुवर
उपाध्यक्ष – नेत्र काउचा
सचिव – शिब गैरे
सह-सचिब – हकं कुवर
कोषाध्यक्ष -प्रकाश सापकोटा
सदस्य – टिका रायमाझी
सदस्य – मोहराज शमां
सदस्य – सुनिता गौतम
सदस्य – कमल कडेल
सदस्य – नारायण आचार्य
सदस्य – कल्पना गौतम
सल्लाहकारहरु :
१. हरी प्रसाद शमां
२. माधव शमां
३. मुक्तिनाथ पन्त
४. डा प्रेम शमा
५. डिल्लीराम कडेल
वनभोज कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैमा नव निर्वाचित अध्यक्ष कुँवरले सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया