१९ सेप्टेम्बर, वाशिंटन डिसी
अमेरिकाका लागि कार्यबाहक राजदूत महामहिम कुमार राज खरेलले वाशिंटन डिसी स्थित राजदूत निवासको सभाकक्षमा नेपालको राष्ट्रिय दिवसको उपलक्षमा एक समारोहको आयोजना गर्नुभयो ।
कार्यक्रममा उपस्थित बिभिन्न मुलुकका कुटनैतिक नियोगका पदाधिकारीहरु, नेपालका लागि पूर्व अमेरिकी राजदूतहरु, अमेरिकी निकायका बिभिन्न ब्यक्तिहरु, पिस कोरका प्रतिनिधिहरु, नेपाली अवैतनिक बाणिज्यदूतहरु , स्थानिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा बिभिन्न पेशा ब्यवसायका नेपालीहरुलाई सम्बोधन गर्दै कार्यबाहक राजदूत खरेलले नेपाल अमेरिका द्विपक्षिय सम्बन्ध, गैर आवासिय नेपालीहरुको चासो र चिन्ताको विषयलाई समेत सम्बोधन गर्नु भएको थियो ।
साथै उहाँले नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई सहज हुने तथ्यलाई पनि अगाडि राख्नु भएको थियो ।
सो अवसरमा गैर आवासीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अर्जुन बन्जाडेले समारोहलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली नागरिकता उपलब्ध भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको औंल्याउँदै त्यो समस्यालाई नेपाल सरकारले यथाशिघ्र समाधान गर्ने आशा व्यक्त गर्नु भयो ।
सो समारोहमा अमेरिकाका डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया लगायतका राज्यहरूका तथा क्यालिफोर्निया सम्मका नेपालीहरू सामेल थिए ।
प्रतिक्रिया