अध्यावधिक गरिएको : अगस्त १ देखि हराई रहेकी २८ बर्षिय ममता काफ्लेको शव लुकाएको आरोप खेपी रहेका नरेश भट्टले मस्तिष्कको रेखाचित्र र नजिकै कुखुरा फार्म गुगलमा खोजेको अभियोजकहरुले खुलासा गरेका छन् । सरकारी पक्षले प्रमाण प्रस्तुत गरे पछि न्यायाधिशले धरौटी अस्विकार गरि दिएका छन् ।
आज सेप्टेम्बर २० शुक्रबारका दिन भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको अदालतमा हाजिर भएका नरेश भट्ट कारागारमै रहने छन् ।
ममता काफ्ले अन्तिम पटक अर्थात् जुलाई ३१ सम्म भर्जिनियाको मनासस पार्कमा देखिएकी थिइन् । अगस्त ११ आइतबारका दिन दिउसो नरेश भट्टले ईनेप्लिजलाई उनको घरमै दिएको अन्तर्वार्तामा समेत जुलाई ३१ सम्म ममतासंगै भएको अन्तर्वार्तामा बताएका थिए ।
शुक्रबारको लामो सुनुवाइमा भट्टलाई हिरासतमा राख्न अभियोजकहरूले मूलतः आफ्ना सबै प्रमाणहरू पेश गर्नु परेको थियो।
अदालतमा प्रहरीहरुले भर्जिनियाको वरपरका विभिन्न फोहोर फ्याक्ने स्थल (डम्पस्टर)हरूमा फोहोर झोलाहरू फ्याकेको श्रब्यदृश्य (भिडियो ),छोरीलाई बाल हेरचाह गृहमा लैजादाको साथै फल्स चर्चमा रद्दी टोकरीमा समेत फोहोर झोला फ्याकेका श्रब्यदृश्य(भिडियो),श्रीमती बेपत्ता भएपछि उनले रबरको पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाईका सामानहरू किनेको श्रब्यदृश्य( भिडियो )पनि उनीहरूसँग भएको बताए ।
त्यति मात्र नभई उनले आफ्नै टेस्ला गाडी प्रयोग गर्दै रद्धि झोला (ट्रयास ब्याग )लादै फोहोर फ्याक्ने भाडोमा फ्याकेका थिए ।
नरेश भट्टको मुख्य शयन कक्ष र मुख्य स्नानगृहमा शव रहेको संकेत देखिएको समेत अभियोजकहरूले बताए । नरेश भट्टले प्रहरीलाई ममता न्यूयोर्क वा टेक्ससमा हुन सक्छिन् समेत भनेका थिए ।
ममताकी साथी होली विर्थले भयानक बयान सुनेको एनएबीसीन्यूजले समाचारमा उल्लेख गरेको छ । ममता काफ्ले भट्टका परिवार र समर्थकहरूले न्यायाधीशलाई उनका पतिलाई धरौटीमा रिहा नगर्न आग्रह गरेका छन्।
३७ वर्षीय नरेश भट्टलाई शव लुकाएको अभियोग लगाइएको छ । ममता काफ्लेको खोजीमा रहेका समर्थकहरुको ठुलो भिड शुक्रबार अदालतमा जम्मा भएको थियो । साढे दुई घन्टासम्म चलेको सुनुवाईमा भट्टका वकिलले अगस्तको अन्त्यमा पहिलो पटक उनको धरौटी अस्वीकार गरेपछि धरौटीको लागि प्रस्ताव दायर गरे पछि आज सेप्टेम्बर २० का दिन अदालतमा पुन : सुनुवाई भएको हो । आज पहिला १२:३० बजे दिउसो सुनुवाई रहेता पनि पछि २ बजे दिउसो समय परिवर्तन गरिएको थियो ।
नरेश भट्टलाई कथित रूपमा लाउडन काउन्टीमा फोहोरको झोलाहरू, कहिलेकाही तौलिया वा झोलाहरू फ्याक्न रुमाल प्रयोग गरेको भेटिएको थियो।
अभियोजकहरूले नरेश भट्टलाई लुगा दान दिने भाडो (बिन)मा स्नानकोठाको सुकुल (म्याट )पनि फालेका थिए, जसको रगत परीक्षण गरिने भएको छ ।
फक्सन्यूज५ का अनुसार ममता काफ्लेका समर्थकहरूले शुक्रबार सुनेका प्रमाणहरू स्तब्ध पार्ने र केही ग्राफिक ( चित्रात्मक )विवरणहरू सुन्न तयार नभएको समाचार लेखेको छ ।
पहिलो समाचार हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया