एक नम्वर प्रदेशमा झापा जिल्ला धेरै नेताहरू उत्पादन गर्ने जिल्लामा गनिन्छ । सिँगो नेपालको राजनीति तिनै नेताहरूको वरिपरि केन्द्रित छ । केपी ओली त प्रधान मन्त्री र एमालेको अध्यक्ष नै हुनु भयो । सिपी मैनाली, आर के मैनाली, राजेन्द्र लिङ्गदेन ,कृष्ण सिटौला विश्वप्रकाश शर्मा ,आदि शीर्षस्थ नेताहरू हुन । झापाको बिर्तामोड बजार तिव्रगतिमा बढ्दै गरेको शहर हो । बिर्तामोडको नजिकै रहेको सानो तर पुरानो बजारको नाम गरामनी बजार । सहिदहरू नेत्र घिमिरे कृष्ण कुइँकेल र नारायण श्रेष्ठहरूलाई गरामनीले नै जन्माएको थियो । यो गरामनीले राष्ट्रिय रूपमा चिनिएका टङ्क कार्की, दिनेश शर्मा, मेनुका पौडेल आदिलाई जन्माएको छ । त्यस्तै भविष्यका उज्जल नक्षेत्रको रूपमा उदयमान सङ्गीतकारो नाम हो विकास चौधरी ।
हिन्दीमा भन्छन् नी “ दुख् तो मेरा साथी है ,सुख तो आति है जाती है” । त्यस्तै भयो विकासलाई पनि । दुखमा विचलित नभै निश्चित उधेश्य राखेर निरन्तर अभ्यास गर्ने हो भने सफलताले शिखर चुम्छ भन्छन् । विकास चौधरीको निरन्तर मेहनतले आज उनलाईमात्र हैन गरामनी र झापालाई पनि नेपाल भरी नै परिचित बनाएको छ ।
गरामनी बजार भनेको मध्यम वर्गीय र निम्नवर्गीय परिवारहरूको बाहुल्यता रहेको बजार हो । यहाँका श्रमजीवी मानिसहरू आफ्नो श्रम र पसिनासँग विश्वास गर्दछन् । श्रम गर्न कत्ती पनि पछाडि पर्दैनन् । छलछाम गर्न र अरूलाई दुख दिएर गरामनीले अगाडि बढ्न कहिलै जानेन । त्यहीको हिलोमाटोसँग खेल्दै हुर्किएको बालक हो विकास चौधरी । बजारमा बजेको रेडियो, टिभी र क्यासेटका गीत सुन्दै हुर्कियो । अरूले नदेख्ने र नसुन्ने गरी गीतहरू गुनगुनाउन थाल्यो । उसका गुनगुनाइलाई मिल्ने साथीहरूले सुनेछन् । तेरो स्वर कस्तो राम्रो छ । गीत गाएर सुना न, भन्दै कर गर्न थाले । उसले केही दिन त आउँदैन भन्दै टार्यो । अनि सारै कर गर्न थाले पछि गीत गायो । एक कान, दुईकान मैदान भनेझैँ धेरै ले उसले गाएको थाहा पाए । सबैले राम्रो भन्दै प्रशंसा गरे । उसलाई पनि प्रेरणा मिल्यो । श्री दुर्गा मावी गरामनी स्कुलको आफ्नो अध्ययनसँगै गायनलाई पनि निरन्तरता दियो । उसका बुबा केदार चौधरीले पनि छोरालाई गीत नगाऊ भनेर कहिलै भन्नु भएन । गीत गाउँदै जाँदा आत्म विश्वास पनि बढ्दै गयो । साथीभाइहरूले तेरो स्वर सारै राम्रो छ । जा रेडियो नेपालमा स्वर परिक्षण गर भनेर सल्लाह दिए । रेडियोमा स्वर परीक्षणमा पास भयो भने आफूले गाएको गीत रेडियोमा बज्ने छ । आफ्नो गीत रेडियोमा बज्दाको पल कस्तो होला भन्ने उत्शुकताले उसलाई कल्पनामा बेगमार्न सिकायो । मनले धेरै सुन्दर पलहरूको काल्पनिक उडान भर्यो । उसलाई काठमाण्डौ गएर रेडियो नेपाल सम्म पुग्न तेती सहज थिएन । तर जहाँ ईच्छा त्यहाँ उपाय भनेझैँ साथीभाइ र परिवारको सहयोगले उसको काठमाण्डौ जाने ईच्छा पुरा भयो । रेडियो नेपालमा पुग्यो । गीत गाएर स्वर परिक्षण पनि पास गर्यो ।
तर उसको रेडियोमा गीत गुन्जाउने सपना अधुरै रह्यो । गीत गाउँनलाई अवशर पाउन सजिलो थिएन । परिचय ,पहिचान र पैसा नभएका मानिसलाई आकाशको फल जस्तै थियो रेडियो नेपाल । केही नगरी फर्किएर गरामनी जान विकासको मनले मानेन । उसका सँघर्षका दिनहरू राजधानीका कठाङ्ग्रिने चिसोमा बित्न थाले । दुखलाई सानै देखि देखेको र भोगेको विकासलाई दुखले विचलित बनाउन सकेन । हिन्दीमा भन्छन् नी “ दुख् तो मेरा साथी है ,सुख तो आति है जाती है” । त्यस्तै भयो विकासलाई पनि । दुखमा विचलित नभै निश्चित उधेश्य राखेर निरन्तर अभ्यास गर्ने हो भने सफलताले शिखर चुम्छ भन्छन् । विकास चौधरीको निरन्तर मेहनतले आज उनलाई मात्र हैन गरामनी र झापालाई पनि नेपाल भरी नै परिचित बनाएको छ ।
विकासको बिसौँ बर्षको अभ्यास र संगीत साधनाले उनलाई एउटा उचाईमा पुर्यायो । सयौँ चलचित्रका गीतहरूमा संगीत दिए । सयौ लोकपृय गीतहरूमा मिठो संगीत भरे । महात्मा गान्धीले भने झैँ “नम्रताले सत्रु त के, देवता पनि तिम्रो बसमा पर्छन्” । विकासको नरम वोली र व्यवहारले सबैलाई मन्त्र मुग्ध बनाउँ छ । उनको अर्को विशेषता भनेको आफु उचाईमा पुगे पछि पनि आफ्नो धरातल नबिर्सनु हो । उनी कुशल र स्थापित संगीतकार बनेको कुरा उनले पाएका सम्मान र अवार्डहरूले आफैँ भन्दछ ।२०८१ सालको संविधान दिवसको उपलक्षमा राजधानीमा एउटा भव्य कार्यक्रमको आयोजना भएको थियो । सो संबिधान दिवसको पावन अवसरमा चलचित्र क्षेत्रकै गरिमामय संस्था चलचित्र विकास बोर्डले “ सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१” विकास चौधरीलाई सम्मानितगर्यो । यो राष्ट्रिय स्तरको सम्मानले गरामनीको त्यो यूवा संगीतकार बनेर कार्यक्रमको मञ्चमा आउँदा सबैका आँखाहरूमा हर्षका आँसुहरूटिल्पिलाएका थिए । देश विदेशमा रहनेहरूले प्रशंसा गरेका थिए । उनी गायक बन्न राजधानी पसेका संगीतकार बनेर पुरस्कृत बनेका थिए । तरउनी गायनमा पनि उत्तिकै निपूर्ण छन् । उनको जादूमय स्वर बिभिन्न गीतहरूमा गुञ्जिसकेका छन् । अझ बिभिन्न भाकाहरूमा गुञ्जदै जानेछन् ।उनको संगीतकार तथा गाएको परिचयले चाँडै आकाश चुम्ने छ । बधाई तथा हार्दिक शुभकामना विकास चौधरीलाई ।
प्रतिक्रिया