नेता ज्यूहरुले देशको परिवर्तन राम्रै तरिकाले गर्दै हुनुहुन्छ !
जनताहरुले अब पनि नबुझे कहिले बुझ्ने?
देशका आशालाग्दा नागरिकहरुले केही बोल्न नै नपाउने, अन्यायको विरुद्धमा आवाज उठाउँदा जेलमा पुर्याई हाल्ने!
शिक्षा देखि रोजगार हरेक क्षेत्रमा समस्या नै समस्या देखिन थालेको छ! पाठ्यसामग्रीहरुमा मिसावट, पाठयक्रममा लावरवाहीले गर्दा देशका जनशक्तिहरुको भविष्य अन्धकार बन्दैछ!
घर- घरमा दिन- दहाडै डकैती अनि लुटपाट बढ्दैछ ! नागरिकहरुको सुरक्षा छैन! पर्यटन क्षेत्र पनि पहिलेको जस्तो छैन, बिदेशी पाहुनाहरु नेपाल घुम्न आउन डराउन थालेका छन् ! शिक्षा देखि रोजगार हरेक क्षेत्रमा समस्या नै समस्या देखिन थालेको छ! पाठ्यसामग्रीहरुमा मिसावट, पाठयक्रममा लावरवाहीले गर्दा देशका जनशक्तिहरुको भविष्य अन्धकार बन्दैछ! यातायातको असुविधादेखि बाटोघाटो हरेक क्षेत्रमा समस्या मात्र देखिन्छ तर मर्मत संभार देखिन्न अनि यस्तै कारणले बर्सेनी हजारौं दाजुभाइ दिदीबहिनीहरुले अकालमा ज्यान गुमाउनु परेको छ!
अन्तिममा कुर्सीको मात्र लडाइ छ तर देश बिकास कार्यमा ठप्प अनि शून्य- शुन्य नै देखिन्छ।
त्यसैले त सबैले प्रश्न गर्न थालेका छन् कि
नेपालमा यो कस्तो खाले गणतन्त्र हो भनेर ???
( चित्तबुझ्दो लागे कमेन्ट गर्न नभुल्नु होला है)।
कमला प्रसाईं
प्रतिक्रिया