वाल्टिमोरमा सेप्टेम्बर २९ मा हुने पाचौ येन्या पुन्ही (इन्द्रजात्रा)को भब्य तयारी लगभग पूरा, बालबालिकाको जातीय भेषभूषा प्रदर्शनको लागि आवेदन पत्र भर्न आह्वान

इनेप्लिज २०८१ असोज ८ गते ०:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा आगामी सेप्टेम्बर २९ का आइतबारका दिन आयोजना हुने पाचौ येन्या पुन्ही (इन्द्रजात्रा)को तयारी भव्यताको साथ अगाडी बढी रहेको आयोजकको तर्फबाट श्रीजन ताम्राकारले ईनेप्लिजलाई बताए ।

साथै ताम्राकारले जातीय भेषभूषा प्रदर्शन समेत हुने भएकोले सहभागी हुन् इच्छुक बालबालिकाहरूलाई पुरस्कृत समेत गरिने भएकोले आवेदन पत्र भर्न आग्रह गरे । आवेदन पत्र आगामी सेप्टेम्बर २५ का दिन सम्म भर्नु पर्ने छ भने सहभागी हुने बालबालिकाले २० डलर दस्तुर बुझाउनु पर्ने छ । बिस्तृत जानकारी आवेदन पत्रमा जनाइएको छ ।

नेपाः कम्युनिटी यूएसएले आयोजना गर्ने उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर २९ आइतबारका दिन गरिने भएको छ । इन्द्र जात्रा दिउसो १२ बजे देखि ५ बजे सम्म चल्ने छ ।

नेपालकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्रा अब काठमाडौंमा मात्र सिमित रहेन । अमेरिकाको वासिङ्‍गटन डिसीबाट १२ बर्ष अगाडीबाट शुरू भएको इन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको वाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।

बाल्टिमोरमा हुने इन्द्र जात्रामा नेवाः समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन , धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू समेत प्रस्तुत गरिने छ ।

इन्द्रजात्रामा नेवाः समुदायको साथै वरपर तथा विभिन्न राज्यहरूबाट समेत आउने अपेक्षा गरीएको छ । विशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवाः समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

नेपाः कम्युनिटी यूएसए तथा इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ, विक्रान्तमान श्रेष्ठ, सृजन ताम्राकार, दिलिप श्रेष्ठ ,समाजसेवी विजय श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरु येन्हा पुन्ही सफल बनाउन लामोदेखि अहोरात्र मेहनत गरि रहेका छन् । बाल्टिमोर क्षेत्रवर बसोबास गर्ने सबै नेपाली समुदायलाई सहभागी हुन् आह्वान गरिएको छ ।

आयोजकको तर्फबाट सबैलाई चुलो निम्तो समेत दिइएको छ ।

आवेदन पत्र भर्न यहाँ थिच्नु होला :

https://docs.google.com/forms/d/e/1FAIpQLSe7IMitwRhB7_6qkdGi6tMroOsKjNRVPfWEz58QXqlcZhLnmA/viewform

प्रतिक्रिया