फूल त्यसै कहॅा फुल्छ नगरी मलजल
कर्म बिना कसले कैले गुथेको छ पगरी झलमल?
गुथे पनि कोहि कसैले चाकडीको भरमा
रहन्न त्यसको महत्व कतै कहिल्यै उसको शिरमा।
साधनाले ल्याउछ निखार बिचार र सोचमा
राम्रो फूल फूल्न सक्छ पहरा र खोचमा।
भूल कहिल्यै गर्नहुन्न चिन्न प्रतिभालाई
बिषैसरी हुन जान्छ चुने अयोग्यलाई।
खप्नु पर्छ आलोचना, सक्नुपर्छ सुन्न फरक मत
निको हुन्छ पूर्ण रूपमा घाउ बसेपछि खत।
लेख्नुपर्छ गुदी भित्रै पसी सन्तुलन मिलाई
कहॅा आउछ तरॅग त्यसै शान्त तलाउ नचलाई।
समालोचक बन्न लेखक स्वलाई मार्नु पर्छ
नसकेमा मात्रै मसि, कागज, समयको खर्च।
दिन हुन्न मर्न नव विचार प्रबर्धकलाई
गरी उजागर सबल बनाउ उ भित्रको “म” लाई ।
जरै खने, फेदै काटे कहिले ऊ जाग्ला फेरि?
देखाऊ दोस, सुझाऊ मार्ग सुधार गर्ला फेरि।
सम सहित आलोचना पाच्छ हुन्छ सदा
गुथ्नु हुन्न त्यसै वा-वाहिको पगरी र फेता।
प्रतिक्रिया