अमेरिकाको टेक्सस राज्यको ड्यालसमा तेह्रौ गोर्खा कप भकुण्डो प्रतियोगिता आगामी शनिबार र आइतबार सेप्टेम्बर २८-२९ का दिन हुने भएकोले अन्तिम तयारीमा पुगेको आयोजकका तर्फबाट बिनोद बिष्टले ईनेप्लिजलाई बताए ।
बिजेताहरुलाई कूल २१ ,००० हजार डलरको नगद तथा पुरस्कार समेत वितरण गरिने बिष्टले जानकारी दिएका छन । अमेरिकाको पूर्वीय क्षेत्र न्यूयोर्क देखि पश्चिम क्यालिफोर्नियाबाट ३९ वटा खेल टोलीले भाग लिएका छन् ।
यस पटक ७ का बिरुद्ध ७ खेल प्रणाली अन्तर्गत खेल खेलाइने भएको छ । यसै गरि बिगत बर्ष झैँ यस बर्ष पनि ३५ बर्ष माथि उमेरको खेल प्रतियोगितालाई समेतलाई निरन्तरता दिईएको छ । उक्त प्रतियोगितामा १७ वटा टोलीहरु रहेका छन् । साथै ३ वटा यु-९ टोलीहरुले भाग लिएका छन् ।
आयोजक समितिका अनुसार १३ औं वार्षिक भकुण्डो कप प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । क्लबका अध्यक्ष विनोद विष्टले हामी हाम्रो समुदायमा यस्तो कार्यक्रम ल्याउन पाउँदा र सबैलाई खेल्ने अवसर प्रदान गर्न पाउँदा हर्षित भएको बताए ।
ड्यालस गोर्खा फाउन्डेसनले डलास क्षेत्रका सबै भकुण्डो खेलाडी तथा खेलप्रेमीहरूलाई रोमाञ्चक खेल हेर्न खुला निमन्त्रणा दिएको छ। यस बर्ष प्रमुख अतिथि रहेका पूर्व राष्ट्रिय खेलाडी राजकुमार श्रेष्ठलाई सम्मान समेत गरिने छ ।
प्रतिक्रिया