मेरिल्याण्डमा विध्युत आपूर्ती केन्द्रलाई ध्वस्त गर्न नाजी षड्यन्त्रमा संलग्न एक महिलालाई १८ वर्षको कारागार सजाय 

इनेप्लिज २०८१ असोज १० गते १८:३७ मा प्रकाशित
Screenshot

मेरिल्याण्डमा विध्युत आपूर्ती केन्द्रलाई ध्वस्त गर्न नाजी षड्यन्त्रमा संलग्न एक महिलालाई १८ वर्षको कारागार सजाय सुनाईएको सिविएसन्यूजले जनाएको छ।

बाल्टिमोर क्षेत्रको पावर ग्रिड( उर्जा आपूर्ती विधुतिय तार गुच्छा)मा  हमला गरी नष्ट गर्ने प्रयास गरेको आरोप स्वीकार गरेकी सारा बेथ क्लेन्डनियललाई १८ वर्षको जेल सजाय सुनाइएको छ । 

अभियोजकहरूका अनुसार क्याटोन्सभिलकी ३६ वर्षीय क्लेन्डनियलले स्वेत सर्वोच्चतावादी षड्यन्त्रमा सरकारलाई अस्थिर बनाउन बाल्टिमोर वरपरका आपूर्ती उर्जा केन्द्र(पावर स्टेशन) उडाउने योजना बनाएकी थिइन।

अभियोजकहरूका अनुसार आक्रमणको परिणामस्वरूप ७५ मिलियन क्षति हुने र मेरील्याण्ड  राज्यका धेरै भागमा बिजुली आपूर्ती बन्द हुने थियो ।

यो सजाय क्लेन्डनियलले एक निवेदन सम्झौता स्वीकार गरेपछि गत मे महिना अपराधको लागि उनलाई दोषी पाइएको थियो ।

प्रतिक्रिया