यस वर्ष (२०२४ ) विजयादशमी टीका (दशैं) १३ अक्टोबर आईतबार

इनेप्लिज २०८१ असोज ११ गते २३:०४ मा प्रकाशित

यस वर्ष (२०२४ ) विजयादशमी टीका (दशैं) १३ अक्टोबर आईतबार तिथिका कारण यस वर्ष विजयादशमी टीका अष्ट्रेलियामा र नेपालमा फरक फरक दिन परेको छ । विजयादशमी तिथि परक पर्व हो , तिथि घटबढ भएका कारण यस्तो हुन गएको भन्दै प्रमाण सहित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्ति जारी गरेको छ।

त्यसो त नेपाल र अष्ट्रेलियाको समय करिव सवा चार घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरु तिथिका आधारमा मनाउनु पर्ने हुँदा यस वर्ष अष्ट्रेलियामा आश्विन २७ गते अर्थात अक्टोबर १३ गते आईतबार मात्र उदयकालीन दशमी तिथि परेको हुँदा १३ अक्टोबर २०२४ का दिन दशैको टीका लगाउनुपर्ने हुन्छ ।

नेपालमा भने २७ गते सूर्योदय कालमा दशमी तिथि नभएको हुनाले २६ गते अर्थात १२ अक्टोबर शनिबार २०२४ कै दिन दशैको टीका लगाउनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको निर्देशन परिपालन अनुशरण गर्दै साथै धर्मशास्त्रमा उल्लेख भए अनुरुप नक्षत्र विजया दशमीको कारक नभएको र तिथि परक आधारले नेपालमा विजया दशमी आश्विन २६ गते र अष्ट्रेलियामा २७ गते त्यस्तै गरि तिहारको लक्ष्मी पूजा नेपालमा कार्तिक १५ गते अक्टोबर ३१ र अष्ट्रेलियामा कार्तिक १६ गते १ नोभेम्बर मनाउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौ ।

प्रतिक्रिया