गायक सुदन गैरेको स्वर तथा अमेरिकामा बस्दै आएकी गीतकार तथा समाज सेवी राधा पौडेलको शब्दमा दशैँ गीत सार्वजनिक भएको छ । शब्द राधा पौडेलको रहेको छ भने यसलाई सुदन गैरेले स्वर दिएकाछन् ।
त्यसै गरि संगीत देवेन्द्र बरालको रहेको छ भने एरेन्ज(प्रवन्ध/संयोजन)विश्व अधिकारीले गरेका हुन् ।
यो गीतको बारेमा भन्नु पर्दा हामीले बाल्यकालमा मनाउने गरेको दशैँको सम्झना गर्न खोजिएको छ । जस्ले बिर्संदै गरेको हाम्रो चाड पर्वको महिमालाई पुन: बचाउन सकोस् । अनि हाम्रो देश्रो पुस्तालाई आफूहरु भन्दा अघिल्लो पुस्ताले हाम्रो राष्ट्रिय चाड दशैं कसरी मनाउने रहेछन् भन्ने कुराको थाहा होस् भन्ने पनि हो ।
अनि गाउँ घरमा कसरी मिलेर बसेका रहेछन् एउटा चाड मनाउँदा घर परिवार, इष्टमित्र र गाउँले सबै मिलेर रमाइलो गर्दा रहेछन् । केटाकेटीले मिलेर चङ्गा उडाउने , खड्खडे खेल्ने, पिङ्ग खेल्ने आदि आदि।
राष्ट्रिय मीडिया रेडियोबाट मालश्रीको धुनले हाम्रो धार्मिक संस्कारलाई जीवन्त बनाएको हुन्छ । गाउँभरि ढिकीबाट च्युरा कुट्ने घर पोत्ने ,मिलेर खसी काट्ने, बा ले नयाँ लुगा ल्याइदिने यस्तै यस्तै अत्यन्त रमाइला कुराहरु संगाल्न खोजिएको छ यहाँ।
जस्ले हाम्रो उमेरका व्यक्तिहरूलाई पनि यी मीठा कुराहरूको याद आओस् भन्ने हेतुले यो गीतको रचना गरिएको हो । गीतकार राधा पौडेल हाल अमेरिकाको नर्थ क्यारोलाइनामा बसोबास गर्दै आएकी छिन् ।
प्रतिक्रिया